चितुवाले सुरुमा हरिणको बच्चालाई आमाले जस्तै माया गर्यो र अन्तिममा मा२रिदियो

दक्षिण अफ्रिकाको पूर्वी क्षेत्रमा १९ हजार वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको क्रुगर नेशनल पार्कमा २६ वर्षीय फोटोग्राफर रेन्जर रेनार्ड मुलम्यानले पोथी चितुवाको तस्बिर क्यामेरामा कैद गरे । उक्त चितुवाले हरिणको बच्चालाई मा°र्नुअघि खेलेको तस्बिर उनले क्यामेरामा कैद गर्न भ्याएका छन् ।

उक्त चितुवाले बच्चा हरिणसँग सुरुमा साथी जस्तो व्यवहार गर्छे र माया दिन्छे । आमाले जस्तै उसलाई खेलाइरही तर करिब एक घण्टापछि उक्त बच्चा हरिण भाग्नुभन्दा पहिले मा°रिदिइ ।

यो घटनाको बारेमा बाहिरिएको तस्बिरमा चितुवाले हरिणको बच्चाको निधारमा चुमेको देख्न सकिन्छ । उसले कहिले खेलाउँदै उक्त हरिणको बच्चाको खुट्टा आफ्नो मुखमा राखेकी छे । कहिले गर्दनलाई मायाले सुम्सुम्याएजस्तो देखिन्छ ।

मुलम्यानका अनुसार चितुवाले उक्त हरिणको बच्चालाई खेलाई खेलाई मा°रेको दृश्य र हरिणको बच्चाको चिच्याहट निकै पीडादायी थियो ।

‘हरिणको बच्चालाई नजिकैबाट उनको आमाले कराउँदै बोलाएको देख्दा लाग्थ्यो कि हरिणले बच्चालाई सतर्क गराइरहेको थियो ।’ फोटोग्राफर मुलम्यानले सुनाए ।

फोटोग्राफर मुलम्यानले त्यसलाई प्रकृतिको नियम भएको भन्दै केही गर्न नसकिने उल्लेख गर्छन् ।

मुलम्यानले भने, ‘एक दिन बिहानै मैले हरिणको बच्चासँग खेलिरहेको चितुवालाई देखेँ । शुरुवातमा एकै झट्कामा मा°रिदिन्छे तर चितुवाको व्यवहार देखेर मलाई झट्का लाग्यो । तर उसले आमाले जस्तै खेलाइरह्यो ।

तर बच्चा हरिण भाग्न खोज्थ्यो । जब हरिण भाग्न खोज्थ्यो चितुवा फेरि समाएर नजिकै राख्यो । यसैबीच बारम्बार भाग्ने र समात्ने क्रमपछि चितुवाले हरिणलाई मा°रिदियो । यो सबै घटना आमा हरिण हेरेर बसिरहेको थियो ।’

भर्खरै प्रकाशित

टीकटकमा रातभरी लाइभ बसेर दुई दिनमै दुई लाख कमाए पुण्य…

काठमाडौं । युट्यूवरलाई अन्तर्वार्ता दिएर दिन बिताउने पुण्य गौतम विश्वासको अचानक दिनचर्या फेरिएको छ । अचेल उनी दिनरात टीकटकमा झुण्डिइरहेका हुन्छन् । टीकटक लाइभमा बसेकै…

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…