उनको गलत निर्णयले दुई नाबालकसहित श्रीमतीको ज्यान गएको भन्दै विनयमाथि कर्तव्य ज्यान मु’द्दा

बिहीबार बिहान चन्द्रागिरी नगरपालीका–४ का ३८ वर्षीय विनय लामिछाने, श्रीमती जमुना र दुई छोराहरू ससुराली जाने भन्दै घरबाट निस्के । जमुनाको माइती परिवार धादिङस्थित आदमघाटमा बस्दै आएका छन् । तर उनीहरु आदमघाटमा पसेनन्, करिब २५ किलोमिटर अगाडि बढेर गाडीबाट ओर्लिए ।

विनयकाे परिवार धादिङ रोराङ गाउँपालिका–४ बाँदरे र पारीपट्टी गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ स्युरेनी जाेड्ने झोलुङ्गे पुलमा पुगे । उनीहरू झोलुङ्गे पुल तरेर पारी पुग्दा साँझकाे ६ बजेको थियो । त्यहाँ खाजा पसलमा पसे । विनय र जमुनाले नास्ता खाएनन्, बच्चाहरूलाई दुध किनेर खुवाए ।

जिल्ला प्रहरी कार्यालय बेनीघाट वृतका प्रमुख डिएसपी खगेन्द्र बहादुर खड्काले दिएको जानकारीअनुसार बच्चालाई दुध खुवाएपछि उनीहरु त्रिशुली नदीको किनार हुँदै अगाडि बढे । एक-एक बच्चा बाेकेका उनीहरु नदीमा बग् न  थालेपछि तत्काल स्थानीय प्रत्यक्षदर्शीले प्रहरीलाई खबर गरेका थिए ।

तत्कालै घ’टनास्थल पुगेका प्रहरीले स्थानीय र्‍याफ्टिङ्ग व्यवसायीको सहयोगमा विनयलाई जिवित उद्धार गर्न सफल भयो । तर श्रीमती जमुना र बच्चाहरूकाे उद्धार गर्न प्रहरी असफल भयाे । जमुनाकाे श’व तीन सय मिटर तल फेला पर्‍याे भने बच्चाहरू बेपत्ता भए । अहिले शसस्त्र प्रहरीको गोताखोर र नेपाल प्रहरीको टाेलीले बच्चाहरूकाे श’व खाेजी गरिरहेकाे छ ।

सु’साइड नोट

विनयले श्रीमतीसहित त्रिशुलीमा डुबेर आ’त्महत्या गरेको सुचना पाएसँगै थानकोट प्रहरीले उनको घरमा पुगेर अनुसन्धान गरेको थियाे । उनी थानकोटस्थित मंगोलदय बहुमुखी क्याम्पसका लेक्चर र १० वर्षदेखि अनलाइन व्यापार गदै आएकाे खुलेको छ ।

सोही व्यापारमा उनले ठूलो रकम गुमाएकाले ऋण तिर्न नसक्ने अवस्थामा पुगेपछि आ’त्महत्याको बाटो रोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूले आ’त्महत्याको प्रयास गर्नुअघि लेखेको सुसाइड नोट प्रहरीले फेला पारेको छ ।

चार लाइनमा लेखिएको सुसाइड नोटमा विनयले ऋण लिएका व्यक्तिको नाम र रकम खुलाइएको छ । सो लिष्टअनुसार उनले विभिन्न व्यक्तिबाट लिएको ऋण झन्डै १ करोड ५० लाख देखिएकाे छ । उनले सु’साइड नोटमा सबैभन्दा पहिला आफ्ना हजुरबुवासँग माफी मागेका छन् । त्यसपछि आमा, बच्चाहरू, आफन्त र साथीभाइलाई आफू ऋणबाट उठ्नै नसक्ने गरी फसेकाले आ’त्महत्याको बाटो रोजेको बताएका छन ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी होविन्द्र बोगटीले प्रहरीको स्थलगत अनुसन्धानबाट विनय ऋणका कारण डि’प्रेसनमा परी यस्तो निर्णयमा पुगेको बताए ।

विनयमाथि क’र्तव्य ज्यान मु’द्दा

जिल्ला प्रहरी कार्यालयले दुई नाबालकसहित श्रीमतीको मृ’त्युमा संलग्न रहेकाे भन्दै विनयलाइ कर्तव्य ज्या’न मु’द्दा अगाडि बढाउने भएको छ । जिल्ला प्रहरी कार्यलय धादिङका प्रमुख एसपी रविन्द्र अधिकारी भन्छन, ‘यो आत्महत्याभन्दा पनि हत्या नै हो । विनय यसका मुख्य अभियुक्त हुन् । उनले गरेको गलत निर्णयबाट दुई निर्दोश नाबालकसहित श्रीमतीको ज्या’न गएको छ । उनीविरुद्ध क र्तव्य ज्या न सम्बन्धी क सुरमा मु द्दा चलाउछौँ ।’

भर्खरै प्रकाशित

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…