एमसीसी पास गराउन प्रधानमन्त्रीलाई विपक्ष दल काङ्ग्रेसको दह्रो साथ

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को पक्षमा अझ दह्रोसँग उभिएको छ ।

सभापति शेरबहादुर देउवाले नै एमसीसीबारे गलत सन्देश फैलिएको बताउँदै पार्टीपंक्ति यस विषयमा सतर्क र सचेत हुनुपर्ने बताएका छन् ।

एमसीसीका बारेमा सत्तारुढ नेकपाभित्र विवाद बढिरहेका बेला प्रमुख कांग्रेसले त्यसका पक्षमा आफ्नो अडान दोहोर्याएको हो ।

देउवाको अडान, रिजालको व्याख्या

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहीबार बसेको संसदीय दलको कार्यालयमा एमसीसीबारे गलत सन्देश फैलाइएको भन्दै सभापति देउवाले पार्टीका नेताहरुलाई सतर्क रहन आग्रह गरे ।

उनले ‘नेपाली कांग्रेस एमसीसीको विपक्षमा रहेको भ्रम फैलाइएको’ बताउँदै यसप्रति सचेत रहन भने । उनको भनाइ थियो, ‘नेपाली कांग्रेस एमसीसीकै पक्षमा छ ।’

सभापति देउवाले प्रस्तुत गरेका एमसीसी एजेण्डामाथि केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले ब्याख्या गरेका थिए । एमसीसी नेपालको समृद्धिका लागि भएको बताउँदै रिजालले यसबारे दोधारमा पर्नुको आवश्यकता नरहेको बताएका थिए ।

एमसीसीको पक्षमा कांग्रेसले दोहोर्याएको अडानले यसलाई संसदबाट पारित गराउन प्रम ओलीलाई थप सहज हुनसक्छ ।

सभामुख चयनमा जोड

बैठकले प्रतिनिधिसभाको बैठक सुरु गराउनुपर्ने भन्दै सरकारको ध्यानाकर्षणसमेत गराएको छ । नेपालको संविधानले सभामुख उपसभामुख फरक–फरक पार्टी र लिङ्गको हुनुपर्ने संविधानको मूल मर्मअनुसार नै सभामुखको चयन हुनपर्ने निर्णय गरेको छ । सभामुख चयन बिलम्ब भएको भन्दै बैठकले छिटो टुंग्याउनु पर्नेमा जोड दिएको छ ।

९ माघमा हुने राष्ट्रियसभाको निर्वाचनमा कांग्रेसलाई सघाउन सबै दललाइ आह्वान गरेको छ । बैठकमा सभापति देउवा, प्रकाशमान सिंहलगायतका नेताहरू उपस्थित थिए ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…