विमानस्थलको भिडियो सावर्जनिक भएपछी आस्था रावत फेसबुक लाइभमा रुँदै माफी मागिन

काठमाडौं : विमानस्थलमा ड्युटीमा रहेका प्रहरीसँग ‘मुख’ छोडेकी आस्था राउत माफी माग्दै फेसबुक लाइभमा रोएकी छन्।

शुक्रबार दिउँसो फेसबुक लाइभमा रोएकी राउतले एयरपोर्टमा आफूमाथि महिला प्रहरीले दु र्व्यवहार गरेको दाबी गरेकी छन्। प्रहरीले सार्वजनिक गरेको सीसीटीभी फुटेजमा राउतले आफ्नो घमण्ड प्रहरीमाथि देखाएको देखिन्छ।

सामाजिक सञ्जाल र मिडियामा उनले विमानस्थलमा प्रहरी चेकिङपछि सार्वजनिक गरेको भिडियोमा उनले बोलेका शब्दको चर्को आलोचना भएपछि उनी फेरि फेसबुक लाइभा आएकी हुन्। ड्युटीमा रहेका प्रहरीमाथि उनले प्रयोग गरेको भाषाशैलीलाई लिएर चर्को आलोचना भएको हो। आफ्नो चित्त दुःखेको भन्दै उनी लाइभमा रोएकी हुन्। उक्त भिडियोमा उनले ड्युटीमा रहेकी प्रहरीमाथि ‘डन्ठीनी’, ‘प्युसिनी’लगायत अपशब्द प्रयोग गरेकी थिइन् ।

सीसीटीभी भिडियो फुटेज प्रहरीले बाहिर ल्याएपछि शुक्रबार आस्था फेसबुक लाइभमा आएकी हुन्। फेसबुक लाइभमा उनले विमानस्थल घटनाबारे स्पष्टिकरण दिएकी हुन्। उनले आफूले आ क्रोशित हुँदा बोलेका शब्दप्रति माफीसमेत मागेकी छन्।

‘मैले दुई चार शब्द बोल्न हुन्थेन। त्यसको लागि माफी चाहन्छु’, उनले भनेकी छन्, ‘तर, ममाथि दुर्व्य वहार भएकै हो।’

उनले ड्युटीमा रहेकी प्रहरीले सुरुमा ‘ज्याकेट खोल्नुहोस्’, दोस्रोपटक ‘ज्याकेट खोल’ फेरि ‘भनेको सुनिनस् ?’ भनेपछि आफू आ क्रोशित भएको दाबी गरेकी छन्। उनले प्रहरीले दुर्व्य वहार गरेको भन्दै मान्छे र ओहोदा हेरेर नबोल्न आग्रह गरेकी छन्। उनले आफूलाई चित्त दुःखेकाले त्यस्तो अभिव्यक्ति दिएको बताएकी छन्।

उनले आफ्नो प्लेन छुट्ने डरले हतार गरेको अवस्थामा जबरजस्ती कफी ब्यागभित्र हाल्न खोजेका कारण आफूले संयम्मता गुमाएको उनले बताएकी छन्।

उनले प्र हरीले सार्वजनिक गरेको भिडियो फुटेज हेरेरमात्र धारणा बनाउन उनले अपील गरेकी छन्। ‘ममाथि दु र्व्यवहार भएकै हो। मरेर जाने चोला हो यार। मैले किन झुट बोल्नु पर्‍यो ?’, उनले प्रश्न गर्दै भनिन्, ‘भगवान साक्षी छन्। तपाईं आफै पनि हेर्नुस्।मान्छे चिनेर कुरा गर्नुहोस् एउटा महिलाले अर्को महिलामाथि त्यस्तो निस्क्रिष्ट कुरा गर्न सक्छ। अति भएपछि मैले मान्छे चिनेर कुरा गर भनेको हो।’

गायिका राउतले आफूले ८० प्रतिशत प्रहरीको बोली र व्यवहार जनताप्रति रुखो भएको दाबी गरेकी छन्। भिडियोमा पटकपटक माफी माग्दै रोएकी आस्थाले आफू एग्रेसिभ मान्छे भएकाले त्यस्तो भएको बताइन्।

‘म चुप लागेर बस्ने मान्छे होइन। बोल्दाबोल्दै एग्रेसिभ भएको हो। नबिराउनु नडराउनु हो। म यस्तै स्वभावकी मान्छे हुँ। म एग्रेसिभ मान्छे हो’, उनले भनेकी छन्।

उनले आफ्नो स्वभाव नै त्यस्तो भएकाले त्यहाँ समस्या भएको बताएकी छन्। उनले केही शब्द सम्यमित भएर बोल्न सक्ने अवस्था नरहेको भन्दै उनले माफी मागेकी हुन्।

‘मेरो एग्रेसिभ रुप आयो। म मान्छु। मेरै ठाउँमा अर्को कोही भएको भए बबाल हुन्थ्यो होला। तर, मैले त्यो गरिन्। मैले लाइभमा अलिकति सम्यमता अपनाउन सक्थेँ। तर त्यो भएन’, उनले भनिन्, ‘म भन्छु मलाई दु र्व्यवहार भएको हो। आम मान्छेले भनेको भएर ममाथि आलोचना बढेको हो। सर्वसाधारण भएको भए सही भन्नुहुन्थ्यो होला। म कसैको मन दुःखेको भए माफी चाहन्छु।’

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…