आस्था प्रकरणमा सीसी क्यामरा फुटेज : गल्ती कसको प्रहरीको कि आस्थाको ?

३ माघ, काठमाडौं । गायिका आस्था राउत प्र करणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्रको सीसी क्यामरा फुटेज सार्वजनिक भएको छ ।

प्रकरणको अनुसन्धान जारी रहेकै वेला विमानस्थलको फुटेज सार्वजनिक भएको हो । फुटेजमा गायिका राउत र महिला प्रहरीबीच वि वाद भएको देखिन्छ ।

राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।

त्यसपछि झोक्किँदै निस्किएकी राउतले पुनः कफी फिर्ता लिएको देखिँदैन । महिला प्रहरीले पनि औंला ठड्याउँदै झोलामा जबरजस्ती कफी राखिदिन खोज्छिन् ।

राउतले चेकजाँच गर्ने मेसिनमा पुग्ने वित्तिकै केही संवाद गरेकी छन् । महिला प्रहरीले खनतलासी लिन खोज्छिन् । त्यसक्रममा ज्याकेट खोल्न लगाएर हातमा बोकेको कफी अर्कोतिर राखिदिन्छन् ।
विवाद भइरहेका वेला अन्य यात्रुले पनि हेरिरहन्छन् । अनुसन्धान समितिले ती यात्रुसँग पनि सोधपुछ गर्ने तयारी गरेको छ ।

राउतले विमानस्थलमा प्रहरीले आफू माथि दु र्व्यवहार गरेको भन्दै बिहीबार भिडियो सन्देश जारी गरेकी थिइन् ।

भिडियोमा उनले प्रहरी संगठनलाई गा ली ग लौज गर्दै अपशब्द बोलेपछि प्र हरी प्रधान कार्यालय, नक्सालले अ नुसन्धान गर्न महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीलाई निर्देशन दिएको थियो ।

आस्था राउतको सुरक्षा जाँच गर्ने प्रहरी जवानले दिइन् उ जुरी

महानगरीय प्रहरी आयुक्तको कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले कुनै ओहोदा अथवा सेलिब्रेटी भन्दैमा सुरक्षा जाँचको छुट नहुने बताएका छन् ।

राउतले भने चेकजाँचका क्रममा महिला प्रहरीले आफूलाई तँ भनेपछि आक्रोशित भएको बताएकी छन् । साथै, उनले हातमा कफी भएकाले आफैं चेक गर्नुस् भनेको पनि बताएकी छन् ।

‘तर, उसले मलाई ज्याकेट खोल भनेर बोलिन् । त्यही हो बोल्ने पारा । यो पुलिस हाम्रो साथी भन्ने नारा हटाए हुन्छ’, उनले यसअघि भनेकी छन् । पछि उनले आफूले आवेगमा अनपयुक्त शब्द प्रयोग गरेको भन्दै क्षमा मागेकी थिइन् ।

भर्खरै प्रकाशित

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…