सिसिटिभी फुटेजमा हेर्नुस् विमानस्थलमा आस्थाले के गरेकी थिइन् ?

यिका आस्था राउतले बिहीवार फेसबूक लाइभमार्फत प्रहरीलाई निकै तुच्छ शब्द प्रयोग गर्दै गा ली गरिन् । यतिसम्म कि तल्लो तहका अर्थात् प्रहरी जवानलाई त अनेक भनिन् । उनले प्रहरीलाई ‘डन्ठे, पिपा र प्युसा’ त बारम्बार भनिरहिन् ।

प्रहरीलाई गा ली गर्नुको कारण उनले फेसबूकमार्फत भनेकी थिइन् – त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंमा महिला प्रहरीले दु र्व्यवहार गर्‍यो । तँ भन्यो ।

तर पछि आस्थाले सामाजिक सञ्जालमार्फत माफी मागेपनि प्रहरीले आवश्यक छानविन गरी आवश्यक का रवाही गर्ने जनाएको छ ।

आस्था बुधवार सिक्किम जाने क्रममा एयरपोर्टमा महिला प्रहरी र आस्था राउतबीच ल फडा भएको थियो । त्यसको भोलिपल्ट हिजो अर्थात् बिहीवार उनले सामाजिक सञ्जालमार्फत प्रहरीलाई गा ली गरेकी थिइन् ।

उनले केही सञ्चारमाध्यममा आफूलाई महिला प्रहरीले न्याकेको समेत दाबी गरेकी छन् । तर उनको दाबी गलत ठहरिएको छ । तर लोकान्तर अनलाइनले प्राप्त गरेको सीसीटीभी फूटेजमा उनलाई न्याकेको देखिँदैन । बरू उल्टै औंला ठड्याउँदै गएको देखिन्छ ।

के भएको थियो?

यसैबीच लोकान्तरलाई एयरपोर्टमा भएको घटनाको फूटेज प्राप्त भएको छ । बुधवार दिउँसो एक बजेर ३१ मिनेट जाँदा हातमा कफी बोकेर चेकिङ मेसिनमा आस्था पुग्छिन् । महिला प्रहरीले ज्याकेट खोल्न भन्छिन् । कफी महिला प्रहरीले राखिदिन्छिन् । त्यसपछि आस्थाले ज्याकेट खोलेर बाहिर राख्छिन् । अनि उनको पुन: चेकिङ हुन्छ ।

उनले ज्याकेट लिइन् । महिला प्रहरीले कफी आस्थालाई दिन्छिन् । उनले लिन मान्दिनन् । प्रहरीले आफ्नो कफी लिनुहोस् भनेको जस्तो भाव देखिन्छ । आवाज भने भिडियोमा सुनिन्न । केहीबेर दिन खोज्ने र आस्थाले लिन नखोजेको दृश्य देखिन्छ ।

पछि प्रहरीले झोलामै कफी हाल्न खोजेको जस्तो पनि देखिन्छ । अन्त्यमा कफी टेबलमा राखेर महिला प्रहरी आफ्नो ड्यूटीमा जान्छिन् । त्यसपछि आस्था औंला ठड्याउँदै ज्याकेट लगाएर बाहिर गएको देखिन्छ । साभार : लोकंतर न्युज 

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…