‘एमसीसी’को विरोध गर्ने तीन जना प’क्राउ

भोजपुर – मिलेनियम च्यालेन्स कर्पाेरेशन (एमसीसी) को विरोध गरिरहेका तीन जनालाई प्रहरीले प क्राउ गरेको छ ।

एमसीसीको विरोध गरेको आरोपमा भोजपुर नगरपालिका देउरालीका भीम राई, विदुर राई र नगेन्द्र तामाङलाई प्रहरीले प क्राउ गरेको हो ।

तीनै जनालाई माघ २ गते साँझ भोजपुरको देउराली चोकबाट प्रहरीले गि रफ्तार गर्न खोजेको थियो । स्थानीयले प्रतिकार गरेपछि फर्किएको प्रहरीले उनीहरुलाई बिहीबार राति घरैमा सुतिरहेको बेला प क्राउ गरेको हो ।

स्थानीयले प्रहरी नायब उपरीक्षक (डीएसपी) नरबहादुर सलामी मगरलाई शान्तिपूर्ण प्रदर्शन गर्न दिन अनुरोध गरेका थिए । तर उनले एमसीसीको विरोधमा उत्रिनेलाई थुन्नै पर्ने भन्दै प्रहरी खटाएका थिए ।

सदरमुकामनजिकै देउराली चोकमा ‘नो एमसीसी’ लेखिएको ब्यानर नै टाँगिएको थियो । उनीहरुले सामाजिक सञ्जालमा पनि एमसीसीको विरोध जनाइरहेका बेला प क्राउ परेका हुन् ।

शान्तिपूर्णरुपमा गरिएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको उनीहरुले गुनासो उनीहरुले गरेका छन् । । तर प्रहरीले भने प्रहरी प्रशासनलाई समेत गालीगलौज र अभद्र व्यवहार गरेपछि प क्राउ गरेको जनाएको छ ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…