कोमल हृदय भएकी आस्था भन्छिन् : रिसको आवेगमा भुल भएँ माफ पाऊँ, मेरो आक्रोश बढी भयो

रियालिटी शो कार्यक्रममा कोच बनेर बस्ने आस्था कोमल हृदय भएकी छिन्। स्टेजमा अरु रोयो कि आफु पनि रुने कोमल हृदयकी आस्था आजभोली आक्रोश भिडियोको कारण चर्चामा छिन्। महिला प्रहरीले आफुलाई अनावस्यक व्यवहार गरेको भन्दै लाइभ भिडियोमा प्रहरी विरुद्ध बोलेपछि गायिका आस्था रावत अहिले नेपाली मिडियामा छाएकी छिन्। गत बुधबार काठमाडौ एयरपोर्टमा भएको घटनाले उनलाई चर्चामा ल्याएको छ । प्रस्तुत छ यस बिषयमा उनकै शब्दमा उनकै भनाई ।

पेशाले म गायिका । गाउने मेरो कर्म । यहि सिलसिलामा सिक्किम कार्यक्रम जानेबेलामा भोगेको नमिठो पल यहॉ बताउन गईरहेको छु । म बचपन देखिनै हक्की स्वभाबको हुँ । नबिराउ न डराउ मेरो मुल मन्त्र नै हो । सहन सकिने कुरा त सहिन्छ तर हरेक कुराको एउटा हद हुन्छ । हद नागेपछि सहने कुरै आउदैन । प्रतिकार गर्न बाध्य भईन्छ । बुधवार दिउसो १२ बजे मेरो फ्लाईट थियो । निर्धारित समयमै म एअरपोर्ट पुगेकी थिए । बुद्ध एयरको जहाज डिले हुने भएपछि एयरपोर्ट परिशरमै कफि पिउदै समय व्यतीत गरिरहेकी थिए । त्यही बेला मिस आस्था राउत भनेर बोलाइरहेको सुनेँ, म त २ बजे फ्लाइट भनेर ढुक्कले बसिरहेकी थिएँ, बुद्ध एअरका कर्मचारीले बोलाएको सुनेपछि म हतार–हतार चेकिङतिर लागें ।

हातमा कफि थियो । कफि छोडेर जान लागेकी थिए । मलाई बिंदा गर्न आएका आफन्तले लान पाईन्छ भने पछि लिएरै गए । चेकिंगमा रहेकी महिला प्रहरीले ज्याकेट खोल्न भन्नु भयो । मैले आफ्नो प्लेन छुट्न लागेको बताएँ, उहाँलाई ज्याकेट नखोले हुँदैन भनेर सोधेँ । आफूले राम्रोसँग सोधे पनि ती महिला प्रहरीले ‘ज्याकेट खोल्’ भन्दै रुखो व्यवहार गरिन । दुई दिनअघि पोखरा जाँदा त्यसरी ज्याकेट खोल्नु नपरेको तर हिजो जबरजस्ती ज्याकेट खोल्न लगाउँदा मैलेले सहजै ज्याकेट खोले।

मनमनै दुई दिनमै ज्याकेट खोल्नुपर्ने नियम शुरु भएछ भन्ठाने । मेसिनबाट ब्याग चेकिङ भइरहेको थियो, म पनि कफी समाएरै हात माथि उठाएर चेक गर्न अनुरोध गरिरहेकी थिएँ । उहाँले ज्याकेट खोल् भनेपछि मैले फ्लाइटमा बोलाइसक्यो, अस्ति त ज्याकेट नै खोल्न लगाउँथेन त भनेँ । महिला प्रहरीले ‘ज्याकेट खोल्’ भनेर रुखो व्यवहार गरेपछि ज्याकेट खोलेर चेक गर्न दिए। त्यतिबेलासम्म हातमा भएको कफी ती महिला प्रहरीले कतै राखिदिएको र आफूले हतार भएका कारण कफी छोडेरै जान लागेको थिए।

उहाँको व्यवहारले मलाई रिस उठिसकेको थियो, तैपनि मैले संयमता अपनाएकी थिएँ, अगाडि जान लागेकी थिएँ । तर उहाँले ठाडो भाषामा तेरो कफी लैजा भन्नुभयो, मैले पनि लान्न भनेँ । कफी लैजान्छस् कि तेरो ब्यागमा खन्याइदिऊँ?,’ ती महिला प्रहरीले ममाथी आक्रोश पोँखिन । मेरो ठाउँमा अरु कोही केटा भएको भए त्यहीँ घुमाएर कुट्थ्यो होला, त्यस्तो बिझाउने थियो उहाँको व्यवहार ।

त्यतिबेलै मलाई बोलाउन आएका बुद्ध एयरका कर्मचारीले ती महिला प्रहरीलाई कानमा केही भनेपछि बल्ल भित्र छिर्न दिएकी थिईन । यो हदसम्मको दुर्व्यहार मैले भोग्नुपरेको थिएन, मेरो त दिमाग नै आउट भयो । उहाँले तँ भनेर मलाई केही फरक पर्ने थिएन, तेरो ज्याकेट खोल् भनेर उहाँले जुन खाले व्यवहार गर्नुभयो, त्यो निकै बिझाउने खालको थियो । प्रहरीको छाप यस्तै छ भन्ने त जगजाहेर नै छ तर उहाँले त कफी लान्नँ भन्दा हात नै हाल्नुभयो, न्याँक्नुभयो । मलाई ती महिला प्रहरीले हातले तानेर न्याँकिन्, नराम्रो व्यवहार गरिन्, चित्त दुख्यो । त्यतिबेला त्यहाँ भएका अन्य प्रहरीले यों घटना टुलुटुलु हेरिरहेका थिए । अरु यात्रीले पनि त्यो दृश्य देखिरहेका थिए ।

माथिको अफिसरले तल्लो तहको प्रहरीलाई यस्तो व्यवहार गर्न सिकाउने त पक्कै होइन होला ! प्रहरीको तल्लो तहमा पनि ‘स्कूलिङ’ र नैतिक शिक्षाको जरुरी रहेको महसुस गरे। कार्यक्रमका सिलसिलामा कैयन् देशका विमानस्थलमा पुगेको छु। विदेशमा पनि प्रहरी हुन्छ यस्तो हर्कत कहल्यै भोगिन । तर नेपालका प्रहरीमा मात्र यस्तो दम्भ किन ?

केही पर चेकिङमा बसिरहेका प्रहरीलाई यो कस्तो शैली हो भनेर सोधेको र ती प्रहरीले मान्छे सबै एकनास नहुने प्रतिक्रिया दिए । त्यस्तो हुँदासम्म प्रहरीले हेरेरै बसे, शायद ती महिला प्रहरीले त्यही रवाफ अरुलाई पनि देखाउने गरेकी थिइन् कि ! एकजना दिदी सिलुगढी जान हिँड्नुभएको रहेछ, उहाँलाई त झन् पातलो खालको पोशाक पनि खोल्न भनिएछ, उहाँले पनि गुनासो पोख्दै मन नदुखाउन भन्नु भयो । प्रहरीका बारेमा नकारात्मक कुरा सुनिन्थ्यो, तर मैले हिजो जे भोगें, त्यसपछि मैले आफूले भोगेजस्तो सुनेर हुन्न रहेछ भन्ने बुझेँ । मैले जुन व्यवहार भोगें, त्यो साँच्चिकै दुःखद् थियो । प्रहरीले अपराधीलाई पनि नगर्ने व्यवहार आम नागरिकलाई गरेको महसुस भएको छ ।

साढे १२ बजे उड्ने भनिएको प्लेनलाई ट्राफिक जामका कारण ३ बजेसम्म काठमाडौं विमानस्थलमा कुर्नुपरेको थियो । भित्र छिरिसकेपछि रन वे मा समेत प्लेन रोकिएको थियो । भद्रपुर विमानस्थल पुग्दा ४ बजिसकेको थियो । यतिबेलासम्म पनि मेरो रिस मरेको थिएन । जिन्दगीमा पहिलोपटक त्यत्रो मान्छेको अगाडि त्यसरी दुर्व्यवहार सहन परेपछि कसरी रिस मर्छ ?

माघे संक्रान्तिको शुभकामना र सिकिम्ममा आयोजना गरिएको कार्यक्रमका बारेमा जानकारी दिन मात्र ‘लाइभ’ आएको तर विनाकसुर कसैले ज्याकेटमै समाएर अपराधीझैँ सम्झेपछि एक्कासी रिस उठ्यो । हामीलाई सम्मान चाहिएको होइन तर कलाकारलाई त यस्तो व्यवहार हुन्छ भने अरुलाई कस्तो होला भन्ने मुख्य प्रश्न हो । प्रहरीले पनि त्यही कुरालाई राम्रोसँग किन नभन्ने ? हामीले गाली नै खानुपर्ने ? मैले मात्र होइन, हरेक मान्छेले प्रहरीले गर्ने व्यवहारबारे आत्ममूल्याङ्कन गर्न जरुरी छ ।

म प्रशासन र प्रहरीलाई सधै सम्मान गर्ने तर केही प्रहरीले गर्दा सबै प्रहरीको छवि नै बिगारिरहेको देखेको छु । यस्तो अमानवीय व्यवहार भोग्न परेपछि म फ़ेसबुक लाईभमा आउन बाध्य भए । जे पर्ला पर्ला भनेर सत्य कुरा सबै बोलिदिए । मेरो शैली मिलेन होला बोली मिठो भएन होला तर कुरा त सत्य छ नि ! कति सहने हो यस्को पनि त एउटा सिमा हुन्छ नी ! जनताकै गासबाट तलब खाने राष्ट्र सेवकले जनताको सेवा गर्नु पर्दैन ?

फेसबुकमा मेरो आक्रोस देखेर सल्यानमा कार्यरत एक प्रहरी जवान भाइले मलाई सम्झाउने पारामा म्यासेज गर्नु भयो -‘संवाद अथवा वादविवाद एउटा सामान्य विषय हो । तपाईंलाई डिउटीमा रहेको दुर्व्यवहार मेरो लागि पनि स्वीकार्य छैन । कारवाही हुनुपर्छ । त्यसमा मेरो पनि जोडदार माग छ । तर तपाईंले बोलेका शब्दहरुले पनि तल्लो तहको मनोबल कमजोर गरेको छ । आस्था जी, प्युसो, डन्ठेजस्ता शब्द प्रयोग नगरी सम्मान गरेको भए राम्रो हुने थियो । सभ्य भाषामा भनेको भए राम्रो हुने थियो ।’

मलाई ति भाइको कुरा मनपर्यो । रिप्लाई गरे-‘मन नदुखाउनुहोला, रिसको आवेगमा भुल भएँ माफ पाऊँ, अरु जवान मुकदर्शक हुँदा, हिजो हद पार भयो । मेरो आक्रोश बढी भयो । त्यसैले क्षमा चाहन्छु।  मेरो पनि सबै प्रहरी नराम्रो भन्ने सोच होइन, तर केहीको व्यहोरा नराम्रो भएको हो । फेरि पनि मन नदुखाउनुहोला, कहिलेकाहीँ यस्तै हुने रहेछ ।’

गलतलाई गलत नभने के गर्नु, यस्तो व्यवहार खेपेँ भनेर जीवनभर कुण्ठा बोकेर त म सक्दिनँ नि, त्यसैले बोलेँ। भिडियोमा प्रयोग गरेका केही शब्द प्रयोग नगरेको भए हुन्थ्यो भन्ने महसुस गरेर आमरुपमा माफी पनि मागे । नमिठो भोगे तर मलांई नराम्रो गर्ने कि महिलाको सधै उन्नति प्रगति नै होस् । तिनलाई भगवानले सदबुद्दि दिउन् जय होस् तिनको ।

मेरो कुराले आमसंचार माध्यम र जनमानसमा स्थान पाएछ । प्रहरी प्रशासनले पनि छानबिन गर्ने कुरो भएछ । बहुत राम्रो । गर्नुस छानबिन । सत्य तथ्य ल्याउनुस बाहिर । म सहयोग गर्न तयार छु । ग़लत गर्नेलाई गर्नुस कार्यवाहि ।जनताको सेवा गर्नु बसेका प्रहरीलाई जनताप्रति उत्तरदायी बन्न सिकाउनुस होस् । ताकी मैले जस्तो अपमान कसैले भोग्नु नपरोस्

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…