सामूहिक प्रयासमा महिलाहरु आर्थिक क्षेत्रमा जम्दै

  • नारायण वली

बुटवल । घरवार र परिवारको लालन पालन र रेखदेख गर्दै भान्सामा मात्रै सिमित रहेका महिलाहरुलाई गा्रमिण स्तरमा सञ्चालन हुँदै आएका विभिन्न संघसंस्थाहरुले साक्षात्कार मात्रै वनाएन आर्थिक पाटोमा स्थानमा वलियो वन्ने आाधार पनि प्रदान गरेको पाईएको छ ।

पछिल्लो समय पाल्पाका महिलाहरु सामूहिक आलु खेतीतर्फ आकर्षित बन्दै गएको पाईएको हो । जिल्लाको माडीफाँट, हुँगीफाँट, दोभान, अर्गली, कचल र रामपुर लगायतका क्षेत्रहरुमा बढी मात्रामा आलुखेती गरिए पनि पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा समूहमा महिला मिलेर आलुखेती गर्नाले राम्रो आम्दानी हुने भएपछि त्यसतर्फ आकर्षित हुने गरेको महिलाहरुले वताएका छन्् ।

भू–वनावट र समथर जमीन तथा बालुवा र माटो मिसिएको बलौटे माटोमा आलु उत्पादन राम्रो हुने कृषि प्राविधिकको भनाई रहेको छ । जिल्लाको रामपुर नगरपालिका, पूर्वखोला गाउँपालिका, रम्भा गाउँपालिका तथा मदनपोखरा माडी क्षेत्रमा पनि महिलाले सामूहिक आलु लगाउन थालेका छन्् ।

पूर्वखोला गाउँपालिकामा गठित शुभसन्देश महिला समूहका अध्यक्ष चद्रीसरा सारुले गत वर्ष पूर्वखोलाको ५४ रोपनी जमीनमा ५० क्विन्टल आलु रोपेर २ सय क्विन्टल आलु उत्पादन गरेको वताउनु भयो ।

आलु बाट राम्रो आम्दानी भएपछि आलुखेती गर्न हौसला मिलेको सारुको धारणा रहेको छ । त्यस्तै रामपुर नगरपालिकाको अन्य वडामा भन्दा रामपुर नगरपालिका वडा न–६ मा समूहमा आलु लगाउने १० जना महिलाहरुको एउटा समूह रहेको वताईएको छ ।

रामपुरमा करीब नौ वर्षअघि गठन भएको रामपुर नगरपालिकाको नदीकिनार आयआर्जन महिला समूहले विगतका वर्ष देखि नै समूहमा मिलेर धान र मकै लगायतका खेती गर्ने गरेको अध्यक्ष भगवती देवकोटाले जानकारी दिनुभयो ।

यस्तै माटोको अवस्था हेरेर कृषिको विकास विना समृद्धि असम्भव भएको भन्दै कृषिलाई तह छुट््याएर महिलाहरुलाई उत्साहित गर्दै आलुखेतीमा यस वर्ष बढी जोड दिईएको वडाध्यक्ष हुमनाथ न्यौपाने वताउनु भएको छ ।

केराखेती, मौरीपालन र बाख्रा पालन लगायत कृषिमा अनुदानमा सहयोग गर्दै आएको वडामा १७ जना कृषकहरुले झण्डै ४० रोपनी क्षेत्रफलमा केराखेती, ६८ जना कृषकहरु तथा १० समूहले सामूहिक आलुखेती, २७ जना कृषकले मौरीपालन र एक सय केजी मासु उत्पादन गर्ने कृषकलाई अनुदान दिने गरी बाख्रापालनमा कृषकहरुलाई प्रोत्साहित गरेको उक्त वडा कार्यालयले जनाएको छ ।

आलु पकेट क्षेत्रका रूपमा विकास गर्दै आलुबाट आयआर्जन वृद्धि गराउने र कृषकलाई आत्मनिर्भर गर्ने उद्देश्यले ढुवानी खर्च समेत गाउँपालिकाले व्यहोरेर आलु कृषकहरुलाई दिईएको जनाईएको छ । यस्तै पाल्पाको रम्भा गाउँपालिकाको हुँगी, फोक्सिङ्कोट, पिपलडाँडा, हुमिन र ताहुँ क्षेत्र आलु उत्पादनका लागि राम्रो क्षेत्र मानिने गर्दछ ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…