किन पलाउँछ महिलाको शरीरमा अनावश्यक रौँ ?

पुरुषको शरीरमा रौँ र अनुहारमा जुँगा-दाह्री आउनुलाइ स्वाभाविक मानिन्छ। तर, कतिपय महिला हरुको शरीर तथा अनुहारमा समेत रौँ आउने गर्दछ। संसारमा अधिकांस पुरुषको अनुहारमा हल्का दाह्री जुँगा आएकै हुन्छ। तर, अपवादमा कतिपय महिलाहरु अनुहारमा पनि पुरुष सरह दाह्री जुँगा देख्न सकिन्छ। पुरुषमा शरीरमा रौँ आउनुलाइ सामान्य मनियता पनि महिलामा भने यसलाई समस्याका रूपमा हेरिन्छ।

हाम्रो नेपालमा पनि महिलामा अनावश्यक रूपमा दाह्री–जुँगा पलाउनुलाई समाजमा नराम्रो दृष्टिकोणले हेरिन्छ । कतिपय अवस्थामा जिस्क्याएर अपमानित पनि गरिन्छ । तसर्थ, अनावश्यक रौँकै कारण महिलाहरू मानसिक रूपमा पीडित भएको पाइएको छ । हुन पनि दाह्री–जुँगा आउँदा महिलाको सौन्दर्यमा नै असर परिरहेको हुन्छ । जसकारण वेलावेलामा लेजर तथा कस्मेटिक पद्धतिद्वारा रौँ हटाउनुपर्ने झन्झट हुन्छ ।

के कारणले आउँछ रौँ ?

१.  महिलामा टेस्टोस्टेरोन हर्मोनको उत्पादन बढी भयो भने शरीरका विभिन्न भागमा पुरुषको जस्तै बाक्ला रौँँ आउँछन् । टेस्टोस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भनिन्छ । पुरुषमा बढी हुने यो हर्मोन महिलामा पनि केही मात्रामा हुन्छ । महिलामा यसको मात्रा बढ्न गयो भने पुरुषमा जस्तै रौँ पलाउन थाल्छन् । टेस्टोस्टेरोन हर्मोन बढ्दा महिलामा दाह्रीजुँगा आउने, छाती तथा यौ नांगमा धेरै रौँ आउने हुन्छ । त्यसैगरी छाती, पेट, हात, खुट्टा तथा यौ नांगमा समेत अनावश्यक रौँ देखा पर्छ ।

२. पोलिसिस्टिक सिन्ड्रोमका कारण पनि महिलाको शरीरमा पुरुषमा जस्तो रौँ देखा पर्छन् । महिलाका से’क्स हर्मोन एस्ट्रोजिन र प्रोजेस्टेरोनको सन्तुलन गुम्नुलाई पोलिस्टिक सिन्ड्रोम भनिन्छ । यसले महिलाको महिनावारी प्रक्रिया, गर्भधारण लगायतमा त असर पार्छ नै अनावश्यक रौँ पनि उमार्न भूमिका खेल्छ ।

३. महिलाको डिम्बाशयमा कुनै ट्युमर छ भने पनि शरीरमा धेरै रौँ उम्रिने हुन सक्छ । ट्युमरको असर रौँमा देखिएको हुन सक्छ ।

४. पेटमा एड्रिनल भन्ने ग्रन्थी हुन्छ । यो मिर्गौलाको माथिपट्टि हुन्छ । यस ग्रन्थीले डिएचइएएस नामको अर्को हार्मोन बढी निकालेमा पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

५. स्वास्थ्यमा आउने गडबडी, विनाकारण हुने इडियोपार्थिक, पुरुषको तुलनामा महिलामा छिटोछिटो हर्मोन गडबड हुने कारणले पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

६. छालासम्बन्धी रोग, थाइराइडमा समस्या, पेटमा हुने समस्या भएमा पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

७. वंशानुगत गुणका कारण पनि पनि महिलाको शरीरमा धेरै रौँ आउने हुन्छ ।

कसरी हटाउने ?

रौँ हटाउन अस्थायी र स्थायी दुइटा तरिका अपनाउन सकिन्छ । स्थायी रूपमा हटाउन थे्रडिङ गर्ने । घरेलु उपाय अनुसार कपडामा चिनी लगाएर निकाल्ने । एपोलिङ र वासिङजस्ता विभिन्न तरिका अपनाउन सकिन्छ । बजारमा पाइने कपाल हटाउने क्रिमको प्रयोग गरेर अस्थायी रूपमा हटाउन सकिन्छ । जो कपालको प्रकृति हेरी हप्ता वा महिनादिनको फरकमा प्रयोग गर्न सकिन्छ ।

चिकित्सकीय विधिद्वारा लेजर गरेर कपाल स्थायी रूपमै हटाउन मिल्छ । कपाल उत्पादन गर्ने एड्रिनल ग्रन्थि मिर्गौलाको ठीक माथि हुने भएकाले यसको उपचार सामान्य तरिकाले गर्न सकिँदैन । तर, चिकित्सकीय विधि लेजरका माध्यमले समस्याको दीर्घकालीन समाधान गर्न सकिन्छ ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…