पोखराकी २६ वर्षीया सुनीता पौडेल जन्माइन ३ छोरी र १ छोरा चम्ल्याहा बच्चा

पोखरा — पोखराको मनिपाल शिक्षण अस्पतालमा बिहीबार चम्ल्याहा शिशुको जन्म भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१ की २६ वर्षीया सुनीता पौडेल प्रधानले ३ छोरी र १ छोरालाई जन्म दिएकी हुन् । चारैजना शिशु र आमाको स्वास्थ्य ठीक रहेको अस्पतालले जनाएको छ ।

डा. महेन्द्र पाण्डेको नेतृत्वमा शल्यक्रियामार्फत चार बच्चाको जन्म दिइएको हो । डा. पाण्डेका अनुसार पहिलो बच्चा छोरी डेढ केजीकीलाई ९ बजेर ४९ मिनेटमा निकालिएको थियो । त्यसपछि दोस्रो बच्चा छोरा (१.३ केजी), तेस्रो र चौथो बच्चा छोरीहरु (१.३ र १.४ केजीका) लाई ९ बजेर ५० मिनेटमा निकालिएको हो ।

पाण्डे नेतृत्वमा ७ चिकित्सक र स्वास्थ्यकर्मीको पहलमा करिब ४० मिनेट लगाएर शल्यक्रियामार्फत बच्चाको जन्म गराइएको हो । ‘भिडियो एक्सरे गर्दा तीनवटा बच्चामात्रै देखिएको थियो’ पाण्डेले भने, ‘तर शल्यक्रिया गर्दा चारवटा भेटिए ।’ पाण्डेका अनुसार प्रति ८ लाखमा एकजनाले चम्ल्याहा जन्माउने गर्छन् ।
सुनीताको यो दोस्रो गर्भ थियो । ३४ साता ४ दिनमा उनले चार सन्तान जन्माएकी हुन् । उनको ५ वर्षीय एक छोरा छन् । गत आइतबार उनी प्रसूतिका लागि मनिपाल भर्ना भएकी थिइन् । तस्बिर – खीम लामिछाने काजी / कान्तिपुर दैनिक 

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…