एमसीसी भन्दै उफ्रने ६० प्रतिसतले एमसीसी भनेको कराउनु मात्रै हो भन्ने बुझ्या छन् : दिपकराजा गिरी

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ‘हट टपिक’ बनेको छ। सामान्यतय यसबारे नेताहरुले मात्र कुरा गर्ने गरेता पनि पछिल्लो समय जनस्थरबाटराष्ट्रघाती सम्झौता भदै एमसीसीको विरोध हुन थालेको छ। नेकपाका नेता देव गुरुङले त झन् मसीसी सम्झौता भए महाकाली सन्धिभन्दा ठूलाे राष्ट्रघात हुने भन्दै आएका छन्।

सरकारमै रहेको पार्टीका ठुला नेता र आम जनताले समेत विरोध गर्दै आएता पनि एमसीसी सम्झौता गर्दा राष्ट्रको हित हुन्छ भन्नेहरुको कमि छैन। कांग्रेसका नेता शेरबहादुर देउवाले एमसीसी कुनै पनि हालतमा पास गर्नुपर्ने बताईसकेका छन्।

जनस्थरबाट एमसीसी सम्बन्धि चर्को विरोध भइरहेको सन्दर्भमा हास्य कलाकार दिपकराज गिरीले एमसीसी भन्दै उफ्रने ६० प्रतिसतले एमसीसी भनेको कराउनु मात्रै हो भन्ने भुझेको बताए ।

आफ्नो देशको हालत नबुझी सम्झौता भयो कि उफ्रने बानि नेपालीमाझ रहेकाले विगतमा धेरै हानि भएको उनको भनाइ छ। आफ्नो फेसबुकमा आएको एक कमेन्टको प्रतिक्रिया दिदै गिरीले भनेका छन्, “कुनैपनि सम्झौतामा शर्त हुन्छ जसमा केही फाइदा र घाटा हुन्छन, त्यसको निर्धारण जनप्रतिनिधिले गर्छन यो देश उनीहरुको पनि हो” ।

गिरीको स्ट्याट्समा प्रतिक्रिया दिदै दाङका रोदन महरा लेखेका छन्, “एमसीसी मच्ची-मच्ची उफ्रने खुराक कलाकारिताका जोकरलाइ मात्र हो । आम देशभक्त युवाले राम्रैसंग बुझेका छन कहाँ उफ्रने र कहाँ थचक्क बस्ने । कुनै पनि वैदेशिक राष्ट्रसंग गरिव मुलुकले सहयोग लिनु ठूलोकुरा रहेन तर के-के शर्तमा लिने भन्ने कुरा हो !  देश विरुद्धका देशघाति सम्झौता छक्कापन्जा जस्तो होइन । हेक्का होस !”

माग्ने बुढाको व्यंग्यात्मक प्रतिक्रिया 

अर्का हास्य कलाकार केदार प्रसाद घिमिरे दिपकराजा गिरीकोको उक्त स्ट्याट्समा व्यंग्यात्मक प्रतिक्रिया दिएका छन्। एमसीसी भनेको मुन्द्रेको कमेडी क्लव हो भन्दै दिएको उनको प्रतिक्रियामा तिनसय जनाले लाइक गरेका छन्।

भर्खरै प्रकाशित

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…

अत्याधिक मदिरा सेवनले छाप्रोमै थलिदै राउटे समुदाय, मृत्युदर पनि बढ्यो

दुर्गा विसि  सल्यान । चुहिने पाल, काठको अड्यस, चिसो भुइँमाथि पातलो खुइलिएका म्याट,कपडा । बुढ्यौलीले शरीर दिनप्रतिदिन चाउरिँदैछ। शरीर ढाक्ने कपडा छ न पानीबाट ओत…

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…