जव ऊर्जामन्त्री पुन कप्तान बनेर फुटबल मैदानमा उत्रिए

रोल्पा । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको नेतृत्व गरिरहेका मन्त्री वर्षमान पुन ‘अनन्त’ गृहनगरमा बुधबार अपरान्ह भिन्न जिम्मेवारीमा देखिए । अपरान्ह तीन बजे माडीचौर फुटबल मैदानमा उत्रनुअघि उनले बाँया पाखुरामा आर्मव्याण्ड बाँधे र यसपाली मन्त्रालयको होइन फुटबल टिमको नेतृत्व गर्न लागेको संकेत गरे ।

माघेसंक्रान्तिको अवसरमा आयोजित माघेमेला तथा खेलकुद कार्यक्रम–२०७६ को औपचारिक शुभारम्भको एकदिनअघि भएको ललितपुर आइएफसी र माडीचौर एफसीबीचको मैत्रीपूर्ण खेलमा ऊर्जामन्त्री पुन माडीचौर एफसीको कप्तान बनेर मैदान उत्रिएका हुन् । उनले करिब पुरै समय मैदानमा बिताए ।

ऊर्जामन्त्री पुन नेतृत्वको टिमले स्पष्ट जित भने निकाल्न सकेन । दुवै टिमले २–२ गोलको बराबरी खेल खेले ।

हरेक वर्ष गृहनगरमा फुटबल खेल्छन् पुन

रोल्पा नगरपालिकाको वडा नं ७ पर्ने माडीचौर मन्त्री पुनको गृहनगर हो । उनी पछिल्ला वर्षहरुमा माघेसंक्रान्ति मनाउन गाउँ पुग्छन् । प्राय वर्षहरुमा माघेसंक्रान्तिमा माडीचौर खेलमैदानमा फुटबलसहितको खेलकुद प्रतियोगिता आयोजना हुन्छ र ती खेलको अवसरमा हुने मैत्रीपूर्ण फुटबलमा उनी भाग लिन्छन् । मन्त्री पुन माघेसंक्रान्ति मनाउन बुधबार विहान आफ्नो गाउँमा आइपुगेका हुन् ।

‘अनन्त कमरेड प्राय माघेसंक्रान्ति मनाउन गाउँमै आउनुहुन्छ । र, यो बेलामा फुटबल पनि खेल्नुहुन्छ, आज पनि खेल्नुभयो,’ स्थानीयसमेत रहेका नेकपाका रोल्पा अध्यक्ष सुरेन्द्र थापा घर्तीले नागरिकखबरसँग भने, ‘उहाँको यो कार्यले स्थानीय सबैलाई ऊर्जा थपिरहेको छ । खेलकूदमा लाग्न प्रोत्साहित गरिरहेको छ ।’ घर्ती बिहीबारदेखि सुरु हुने माघेमेला कार्यक्रम मूल आयोजक समितिका संयोजकसमेत हुन् ।

बिहीबारदेखि माघेमेला सुरु हुँदै

माघेसंक्रान्तिको अवसरमा माडीचौरमा आयोजित माघेमेला तथा खेलकुद कार्यक्रमको बिहीबार अपरान्ह ऊर्जामन्त्री पुनले औपचारिक उद्घाटन गर्नेछन् । उनले बिहीबारदै सामूहिक चेली पूजा गर्नेछन् । माघेसंक्रान्तिमा मगर बस्तीहरुमा चेली पुज्ने परम्परा छ ।

माघ ५ गतेसम्म सञ्चालन हुने मेला तथा खेलकुद कार्यक्रममा पुरुष फुटबल, पुरुष भलिबल, महिला भलिबल, व्याट्मीन्टन्, तारो हान्ने जस्ता खेलकुदको आयोजना गरिएका छन् । फुटबलको खेलभने बुधबारदेखि सुरु भइसकेको छ ।

‘मेलाको अवसरमा आयोजित फुटबलका खेल आजबाट सुरु भएको छ, भोली औचापरिक उद्घाटन छ,’ मेला आयोजक समितिका संयोजक घर्तीले भने, ‘मेला तथा खेलकुदको सबै तयारी पुरा भएको छ ।’ उनले रोल्पाको मौलिक कला संस्कृतिको संरक्षण तथा सम्बद्धन खेलकुदको विकासका लागि हरेक वर्ष कार्यक्रम आयोजना गरिदै आएको बताए । नागरिक खबरबाट 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…