पुर्वभूमिसुधारमन्त्रीले खोला नै आफ्नो नाममा बनाएर बेचेको खुलासा

०४८ मा गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारका भूमिसुधार तथा व्यवस्थामन्त्री जगन्नाथ आचार्यले खोलाको १७ रोपनी १४ आना जग्गा आफ्नो नाममा बनाएर बेचेको खुलेको छ । भक्तपुरको हनुमन्ते खोलाको जग्गा ०३१ मै जिल्ला भूमि प्रशासन कार्यालयबाट निर्णय गराई आफ्नो नाममा गराएका हुन् । यो समाचार आजको नयाँपत्रिका दैनिकले छापेको छ। 

०२१ को नापीले मध्यपुर थिमि नगरपालिका–३ सागबारीस्थित २८ रोपनी तीन आना दुई पैसा जग्गा कित्ता नम्बर १०१२ मा हनुमन्ते खोलाको नाममा दर्ता गरेको थियो । तर, खोलाले धार परिवर्तन गरेको मौका छोपी ३१ वैशाख ०३१ मा आचार्यले खोलाको १७ रोपनी १४ आना आफ्नो नाममा दर्ता गरे ।

खोलाको जग्गा आफ्नो नाममा ल्याएपछि उनले कित्ताकाट गरेर परिवारका सदस्यको नाममा समेत सारे । चार वर्षपछि कित्ता ११२० को १७ रोपनी १४ आनालाई बराबर दुई टुक्रा लगाएर कित्ता ११३० र ११३१ मा आठ रोपनी १५ आनाका दरले बनाए ।

उनले ५ असार ०३५ मा कित्ता ११३१ श्रीमती विमला उपाध्याय (मालपोतको रेकर्डमा बिमली) र कित्ता ११३० शिवबहादुर उप्रेतीको नाममा रजिस्ट्रेसन गराए ।

त्यसपछि पटक–पटक कित्ताकाट गर्दै अहिलेसम्म आइपुग्दा आचार्यले सबै जग्गा बेचिसकेका छन् । उक्त जग्गा धेरैपटक धेरै व्यक्तिका नाममा किनबेच भइसकेको छ । हनुमन्ते खोला धार परिवर्तन गरेर अहिले व्यक्तिका निजी जग्गामा बगिरहेको छ । तर, आचार्यले अतिक्रमण गरेको खोलाको जग्गामा भने घरहरू बनिसकेका छन् । कतिपय ठाउँमा प्लटिङ भएका छन् ।

कतै कृषि उपार्जनका लागि टनेलहरू बनेका छन् । मालपोत कार्यालय भक्तपुरको ढड्डा पल्टाउँदा सो क्षेत्रमा अहिले आचार्यका कुनै पनि पारिवारिक सदस्यको नाममा जग्गा देखिँदैन ।

आचार्यका माइला छोरा विनोद भने पञ्चायत सरकारले बुबाको नाममा रहेको सबै सम्पत्ति जफत गरेको र पछि आधार, प्रमाण पु¥याएरै फिर्ता ल्याएको दाबी गर्छन् । ‘हनुमन्ते खोलाको जग्गा ०३१ मा बुबाले आफ्नो नाममा ल्याएको सही हो ।

आधार र प्रमाणविना आफ्नो नाममा दर्ता गरिएको होइन । बुबाले हामीलाई भन्नुभएअनुसार तत्कालीन भूमिसुधार प्रशासन कार्यालयमार्फत प्रमाण पुर्‍याएरै आफ्नो नाममा ल्याइएको हो,’ उनले भने ।

तर, पञ्चायत होस् या बहुदल या गणतन्त्र जुनसुकै शासन व्यवस्थामा पनि खोलाको जग्गा सधैँ राज्यकै हुन्छ, विनोद आचार्यले भनेजस्तो न व्यक्तिको हुन्छ, न त सरकारले आफ्नै जग्गा जफत गर्ने भन्ने हुन्छ । पूर्वमन्त्री आचार्यले हनुमन्ते खोलाको जग्गा आफ्नो बनाएको पुष्टि छोरा विनोदको झुटो दाबीले पनि गर्छ ।

जग्गा आफ्नो नाममा ल्याएपछि बुबाले त्यही जग्गा बैंकमा राखेर धितो निकालेको, मिल चलाएको र पछि ऋण तिर्न एक खण्ड शिवबहादुर उप्रेतीलाई बेचेको पनि विनोदले स्विकारेका छन् ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…