एमसीसी कुनै पनि हालतमा पास गर्नुपर्छ, यस्तो विषयमा खुट्टा कमाएर हुदैन : देउवा

विराटनगर : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभामुखको उम्मेदवार चयनमा नेकपाभित्र झ गडा गर्ने भए आफ्नो पार्टीलाई दिन आग्रह गरेका छन्।

बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति देउवाले सभामुख चयनका विषयमा नेकपाभित्र आपसमा झगडा गर्ने भए सभामुख कांग्रेसलाई दिन आग्रह गरेका हुन्। उनले संसद सञ्चालनको वातावरण बनाउन नेकपालाई आग्रह गरेका छन्।

‘नेकपाले सभामुखको विषयलाई लिएर संसद चल्न दिएको छैन्, उनीहरुले मिलाउन नसके हामिलाई दिए हुन्छ’ देउवाले भने ‘यसरी एउटा विषयलाई लिएर संसद बन्धक बनाउने काम नहोस्।’ नेकपाको विवादका कारण संसद सञ्चालन नहुँदा महत्वपुर्ण विषयको निर्णय ढिला हुने र देशलाई हेर्ने विश्वको दृष्टिकोणमा नकरात्मक प्रभाव पर्ने देउवाले बताए।

अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहायताका विषयमा बोल्दै देउवाले कांग्रेसले अनुमोदन गर्ने भनेर पास गरिसकेको बताउँदै संसदमा अनुमोदन गर्न आग्रह पनि गरे। ‘नेपालको विकासमा अमेरिकाले साथ दिन खोजेको छ, यो विषयलाई अनुमोदन गरेर जानुपर्छ,’ देउवाले भने ‘यस्तो विषयमा खुट्टा कमाएर हुन्छ र?’

कांग्रेस महाधिवेशन तोकिएकै समयमा हुने उनले दाबी गरे। असन्तुष्ट नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहसँग वार्ता भइसकेको भन्दै उनले भने ‘महाधिवेशन समयमा हुनेमा अब आशंका छैन्।’ कांग्रेस केन्द्रीय कार्यसमितिको पुस ११ गते बसेको बैठकले असन्तुष्ट पक्षका नेताहरु पौडेल र सिटौला समूहको उपस्थितिबिना ०७७ फागुन ७ गतेदेखि १० गते १४ औं महाधिवेशन गर्ने निर्णय बहुमतले गरेको थियो।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…