१७ हजार जनता राजाले मा’रेका हुन् , म ५ हजारको मात्र जिम्मा लिन्छु : प्रचण्ड

१ माघ, काठमाडौं । १० वर्ष लामो सशस्त्र द्व न्द्वमा वि द्रोही माओवादीको सुप्रिम कमाण्डर रहेका पुष्पकमल दाहाल प्रतण्डमाथि बारम्बार आरोप लाग्छ, १७ हजार मान्छे मा रेर आएको ।

२०६२/६३ को जनआन्दोलन सफल भएसँगै शान्ति प्रक्रियामा आएका माओवादीले ०६४, ०७० र २०७४ को चुनाव लड्यो । प्रचण्ड दुई पटक प्रधानमन्त्री भए । सशस्त्र विद्रोहबाट आएका अर्का नेता डा. बाबुराम भट्टराईले पनि मुलुकको नेतृत्व सम्हाले । माओवादी थुप्रै पटक शासन सत्तामा पुगिसक्यो ।

र, अहिले प्रचण्ड नेतृत्वको माओवादीले तत्कालीन नेकपा एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको छ । र, संसदमा एकल बहुमत प्राप्त नेकपाको दुई अध्यक्ष मध्ये एक हुन् प्रचण्ड ।

तर उनलाई १७ हजार मान्छे मा रेको आरोपले पछ्याउन छाडेको छैन । बुधबार टुँडिखेलमा आयोजित माघी महोत्सवमा प्रचण्ड प्रमुख अतिथिका रुपमा निम्त्याइएका थिए । उनीभन्दा अगाडि सम्बोधन गरेको केही वक्ताले त्यही १७ हजारको कुरा निकाले ।

शायद यो आरोपले आजित भएर होला, प्रचण्डले यसबारे मुख खोलेका छन् । सम्बोधनको सुरुमा नै उनले तथ्यांक सच्याउन भन्दै उनले भने, मलाई १७ हजार मा रेर आएको भन्न गरिन्छ । यो सत्य होइन ।’

यसबारे उनको भनाइ जस्ताको तस्तै :

मलाई ताकेर धेरै कुरा राख्नुभएको छ । मैले सबै कुराको एकएक गरेर जवाफ दिन सायद सम्भव छैन । तर म केही भन्न चाहन्छु । महिला त मलाई धेरै साथीहरुले बाहिर पनि भन्नुहुन्छ, त्यसको तथ्यांक सच्याउन चाहन्छु । त्यो के भने मलाई भन्न गरिन्छ, १७ हजार मारेर आएको । (सहभागीबाट हो हो भन्दै हुटिङ भयो) साथीहरु यो सत्य होइन । यो सत्य होइन, सत्य के हो भन्न दिनुस् । हिजोका सामन्त राजाहरुले १२ हजार मा रेका हुन् ।

मलाई ५ हजारको म जिम्मा दिनुहुन्छ भने म लिन्छु । तर हिजोको राज्यले मा रेको १२ हजारको कुरा नहुने, त्यो पनि मेरै टाउकोमा हालियो भने न्याय हुँदैन । मैले सधैं भन्ने गरेको छु, हिजोको युद्धमा भएका राम्रा नराम्रा काममा म जिम्मेवारी लिन्छु । म त्यसबाट भाग्ने हुनै सक्दैन । तर नगरेको कामाको दोष पनि मलाई थुपार्नु भएन ।

दिल्लीमा रेशम चौधरीलाइ प्रधानमन्त्रीको हैसियतमा भेटेको हुँ 

रेशम चौधरीलाइ आफुले प्रधानमन्त्रिको हैसियतले पहिलो पटक भारतको दिल्लीमा भेटेको जिकिर प्रचण्डले गरे। “दोस्रो पटक प्रधानमन्त्रि हुँदा रेशमलाइ दिल्लीमा खुलेआम भेटेर के के हो तपाईको कुरा राख्नुस भन्ने पहिलो प्रधानमन्त्रि प्रचण्ड थियो भन्ने कुरा तपाईहरु नबिर्सनु होला”, प्रचण्डले भने, रेशम चौधरीलाइ सपतग्रहण गरराए माननीयको दर्जा दिन प्रचण्डले नै पहल गराएको हो ।

 

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…