दाङको बराहक्षेत्र मेलामा भँगेरी हराएपछी खैलाबैला, भिड नियन्त्रण गर्न प्रहरीलाई हम्मेहम्मे

  • केशरमान बुढाथोकी

१ माघ, घोराही। पछिल्लो समय निकै चर्चाको शिखर चुम्न सफल लोक दोहोरी गीत भँगेरी चरीकी गायिका रिना केसीले दाङको बार्हकुने स्थित बराहक्षेत्रमा भँगेरी चरी हराएपछी तहल्का मच्चिएको छ ।

बराहक्षेत्रको सांगीतिक मंचमा चर्चित गीत भँगेरी चरी गाउन जब गायीका रिना केसी स्टेज चढिन हजारौंको संख्यामा भिड उर्लिएपछी प्रहरीलाई समेत भिड नियन्त्रण गर्न हम्मे हम्मे परेको थियो ।

नेपालको दुर पहाडी क्षेत्र बाग्लुङको एक मध्यम बर्गिय परिवारमा जन्मिएर नेपाली सांगीतिक आकासमा उदाउने सुनौला सपना बोकेकी बाग्लुङकी चेलीको सांगीतिक क्षेत्रको अनवरत साधाना पछि चुलिएको चर्चा आज दाङ घोराहीको बराहक्षेत्रमा पनि उतिकै देखिएको छ ।

सांगीतिक क्षेत्रमा सफलता पाउनका लागि गरिने सबै दु:खकस्ट सहेर अहोरात्र मेहनत गरेकी रिनाको लगातारको त्याग , तपस्या र साधनाका खातिर सफलता प्राप्त गरेकी हुन ।

‘रित्ताे काख’ बाेलकाे गित लिएर पहिलोपटक नेपाली सांगीतिक आकासमा उदाएकी बाग्लुङकी चेली रिनाले फेरि आयाे दशैँ, डाँडामाथि घाम जस्तै डुब्दै गए भने, पागल पागल बनायाै,भंगेरी,तिखु,ताेरङ गंगालाई लगाएतका गीतहरु बजारमा ल्याइसकेकी छिन ।


यिनै सुरिलो स्वरकी धनी सुशील र सालिन ब्याक्तित्वकी धनी गायिका रिनाले बुधबार दाङ घोराहीका आम दर्शकको मन जित्न सफल भइन । मृदुभाषी गायिका केसीलाई सांगीतिक जीवन सफलताको शुभकामना ।

हेर्नुस् भिडियो 

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…