व्यापार घाटा भए हुन्छ भारतसंग झुक्दैनौं : मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मद

१ माघ, काठमाडौं । मलेसिया र भारतबीच काश्मीर र एनआरसी–सीएए सम्बन्धी विषयलाई लिएर देखिएको तनाव गहिरिँदै गएको छ । मलेसियाका प्रधानमन्त्री महाथीर मोहम्मदले जम्मू कश्मीरको विशेष अधिकार खारेज गरेकोमा र एनआरसी–सीएए मामिलामा भारतको कडा आलोचना गरेका छन् ।

महाथीरको कडा आलोचनाको जवाफमा भारतले मलेसियाबाट पाम तेलको आयातमा लगभग प्रतिबन्ध लगाएको छ । भारतको यो मनोवृत्तिको बारेमा मलेसियाले चिन्ता व्यक्त गरेको छ । तर प्रधानमन्त्री महाथीरले फेरि भनेका छन् ‘आफ्नो देशले आर्थिक नोक्सानी भोग्नु परे पनि ‘गलत कुरा’ कोविरूद्ध आवाज उठाइ रहनेछ ।’

भारत खाद्य तेलको सबैभन्दा ठूलो आयातकर्ता हो । समाचार एजेन्सी रोयटर्सका अनुसार भारतीय व्यापारीहरूले गत सातादेखि नै मलेसियाबाट परिष्कृत पाम तेलको आयातलाई प्रभावकारी रूपमा रोकेका छन् । इन्डोनेशियापछि मलेसिया विश्वमा दोस्रो ठूलो पाम तेल उत्पादक र निर्यातकर्ता मुलुक हो ।

पछिल्लो समय महाथीरले भारत र साउदी अरब दुबै मुलुकलाई निशाना बनाउँदै आएका छन् । ‘जब भारतले जम्मू कश्मीरको विशेष दर्जा खारेज गर्‍यो,’ महाथीर मोहम्मदले भने, ‘भारतले काश्मीर आ क्रमण गरेर आफ्नो क ब्जामा लिएको छ ।’

भारतले आयात रोकेपछि मलेसियाको पाम तेल रिफाइनरीले ठूलो नोक्सान बेहोर्नु पर्ने अवस्था सिर्जना भएको छ । आफ्नो सरकारले यसको समाधान खोज्ने उनले बताएका छन् ।

महाथीरले पत्रकारहरूसँग भने, ‘हामी यसबारे चिन्तित छौं किन कि भारत हाम्रो पाम तेलको ठूलो खरीदकर्ता हो । तर अर्कोतर्फ यदि केही गलत हुँदैछ भने हामी स्पष्ट हुनु आवश्यक छ । हामी गलतलाई गलत भन्छौं । यदि हामीले फाइदालाई देखेर गलत हुन दियौं भने र केही बोलेनौं भने धेरै चीजहरू गलत दिशामा जानेछन् ।’

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…