नेपालको इतिहासमै शक्तिशाली महिला नेतृत्व शिबमाया तुम्बाहाङ्फे

काठमाडौं। माननीय शिबमाया तुम्बाहाङ्फेमा वास्तममा नै कुनै कमी रहेनछ तर उनलाई सभामुख बनाउन नेकपाको जत्थालाई गाह्रो परिरहेको छ । तर तुम्बाहाङ्फेले नेकपाको नेतृत्व तहले दिएको दवावलाई गलह त्याएर राजिनामा दिन ईन्कार गरेपछि उप-सभामुखको चौतर्फी चर्चा भएको छ ।

हुनपनि हो, अहिलेसम्म कै उच्चतहमा काम गर्ने महिलाहरु मध्यकै सबैभन्दा क्षमतावान् देखिनुभएको छ उप-सभामुख तुम्बाहाङ्फे । औपचारिक शिक्षामा विद्यावारिधी हाँसिल गरेको, कानूनको विद्यार्थी, चार दशकभन्दा बढी समयदेखि राजनीतिमा सकृय भएको व्यक्तिलाई सभामुख बनाउन पार्टीले आनाकानी गर्नू दुःखद् कुरा भएको बुझिन्छ ।

महिला आन्दोलन कै विषयमा विद्यावारिधी गरेकै मान्छेलाई अहिले महिला भएकै कारण उक्त पदमा लैजान नेतृत्व किन अनकन गरेको छ अचम्मको विषय बनेको छ ।

सभामुखको पदमा कति राजनीति र छलकपट हुनेगरेको रहेछ भन्ने अहिले आएर जनताले बुझ्न थालेका छन् । पूर्व सभामुख ओन्सारी घर्तीमगर र वर्तमान सम्माननीय राष्ट्रपतिलाई हेर्ने हो भने कसैले पनि डा. तुम्बाहाङ्फेलाई असक्षम भन्न मिल्ने अवस्था छैन । तर नेपालको घिनलाग्दो राजनीति दैव जानुन् ।

नेकपा भित्र नै दुईवटा खोला बगेको छ एउटा खोलाले एमालेको पानी बोक्छ अर्को खोलाले माओवादीको । यदि शिबमाया तुम्बाहाङ्फेको अडान कायम रहने हो भने तुम्बाहाङ्फे नेपालको इतिहासमै कडा महिला हुने निश्चित छ ।

कम्युनिष्ट भित्र प्रचण्ड र ओली सर्वशक्तिमान छन् यिनीहरुको मिलेमतोमा भएको कुरा कुनैले पनि काट्न डराउँछन् तर तुम्बाहाङ्फेको यो साहसलाई मान्नुपर्छ । “जे सुकै गर, महाअभियोग लगाएपनि लगाउ तर म, राजिनामा दिन्न”।

यो नेतृत्वलाई गतिलो झापड पनि हो । पार्टि सबैको हो तर जहिले पनि अध्यक्षले मात्रै मनोमानी गर्न पाउने व्यवस्था भएको नेकपालाई अब जुनसुकै कदम लिँदापनि दुईपटक सोच्नै पर्ने बनाएको छ ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…