पैसा कमाउने उद्देश्यले युवतीको टाउकोमा वीर्य स्खलन गरेका रुचाललाइ यसरी समात्यो प्रहरीले

२९ पुस, काठमाडौं । चितवनको भरतपुर, विकास चोक बस्दै आएका २१ वर्षीय रविन सार्की भन्ने रुचालबाट परिवारका सदस्य आजित भइसकेका थिए । जतिवेलै फेसबुक चलाइरहने उनले कक्षा ११ पनि पास नगरी पढ्न पनि छाडेका थिए ।

रुचालका काकाले प्रहरीसँग भनेका छन्, ‘जतिवेलै मोबाइलमा झुण्डिराख्थ्यो । कुन दिन के गर्ला र फसाउने भन्ने लाग्थ्यो । नभन्दै प्रहरी कार्यालयसम्म आउनुप¥योे ।’

रुचाल तिनै युवा हुन्, जसलाई प्रहरीले अघिल्लो वर्ष सार्वजनिक यातायातमा महिलाको कपालमा वी र्य स्खनल गरेको आरोपमा प क्राउ गरेको छ ।

महानगरीय अ पराध अनुसन्धान महाशाखा, टेकुले रुचाललाई सोमबार साँझ चितवनबाट प क्राउ गरेको हो ।

महाशाखाका प्रमुख एसएसपी शहकुलबहादुर थापाका अनुसार लामो अनुसन्धानपछि उनलाई प क्राउ गरिएको थियो । रुचालविरुद्ध मंगलबार विद्युतीय अ पराध ऐनअनुसार जिल्ला अदालत, काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान थालिएको छ ।

प्रहरीले अनुसन्धान थालेलगत्तै भारततिर…

रुचालले सार्वजनिक स्थानमा अपाच्य हर्कत मात्र गरेनन्, भिडियो पनि खिचेर ‘ट्रोलर’ फेसबुक च्याट ग्रुपमा अपलोड गरिदिए । ‘वुमनस् वारियर’ नामक सार्वजनिक फेसबुक ग्रुपमा पोष्ट गरिदिए । त्यसपछि गत वर्ष पुसमा भिडियो भाइरल बन्यो ।

उनले भिडियो भने साउनमा नै खिचेका थिए । युवाबीच अश्लिल कुराकानी र भिडियो आदनप्रदान हुने समूहमा भिडियोबारे महिला अधिकारकर्मीले थाहा पाएपछि विरोध गरे ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा केन्द्रीय अनुसन्धान ब्युरो, अ पराध अनुसन्धान महाशाखा, काठमाडौं प्रहरी परिसर, टेकुले पनि यसबारे छानविन थाल्यो । त्यसबेला तत्कालीन प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले विज्ञप्ति नै जारी गर्दै भनेका थिए, ‘सवारीसाधानभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोमाथि सम्बन्धित इकाइबाट सुक्ष्म अनुसन्धान भइरहेको छ ।’

रुचाल भने प्रहरीले अनुसन्धान थालेको सुइँको पाउने वित्तिकै भारततिर भागेका थिए । ‘दिल्लीमा पुगेर उनले करिब तीन महिना मःमः बनाउने उद्योगमा काम गरेको खुलेको छ’, एसएसपी थापाले भने, ‘त्यसपछि कास्मिरमा गएर पनि ४ महिना बसेर पुनः चितवनस्थित आफ्नै घरमा आएको देखिएको छ ।’

फेसबुकदेखि अ श्लिल साइटसम्मलाई पत्राचार

अ पराध महाशाखाले भिडियो हाल्ने व्यक्तिको पत्ता लगाउने फेसबुक मुख्यालय, गुगल र अश्लिल चलचित्रसम्बन्धी एक साइटलाई पत्राचार गरेर सहयोग मागेको थियो ।

फेसबुकले मलेसियाबाट तथा पो र्नहबले अमेरिकाबाट भिडियो अपलोड भएको जानकारी पठायो भने गुगलले जवाफै फर्काएन । ‘त्यो विवरणले हामीले धेरै सहयोग नभए पनि नेपाली युवकले भीपीएन प्रयोग गरेर भिडियो हालेका रहेछन् भन्ने संकेत चाहिँ मिल्यो’, अनुसन्धान संलग्न एक प्रहरी निरीक्षक भन्छन् ।

अनुसन्धानका क्रममा रविन रुचाल नामको फेसबुक पेजबाट भिडियो शेयर भएको भेटियो । तर त्यो भिडियोलाई केही समयमै ‘निजी’ बनाइएको थियो । उनले आफ्नै फेसबुक खाताबाट भिडियो भाइरल नगरिदिन आग्रह पनि गरेका रहेछन् । ‘दाइभाइ, माफ गर्नुहोला । जे भए पनि गल्तीले बनाए त । भाइरल नगर्नु न भिडियो । यो रमाइलो भिडियो मात्र हो’, उनले लेखेका छन् ।

रुचालमाथि निगरानीमा राखिरहेका वेला माफी मागेको पोष्ट आएपछि उनीमाथि प्रहरीको शंका झन् बलियो बनेर गयो । तर प्रहरी उनको मोबाइल नम्बर पत्ता लगाएर ‘ट्रेस’ गर्ने प्रयासमा थियो । त्यहीक्रममा रुचाल स मातिए ।

रुचालले सामाजिक सञ्जालमा विभिन्न ग्रुपहरु बनाइ अश्लील भिडियोहरु अपलोड गरेर भ्युअर्सका आधारमा पैसा संकलन गर्ने उद्देश्य राखेको प्रहरीले जनाएको छ। उनले सो भिडियो पनि पैसा कमाउने उद्देश्यले सामाजिक सञ्जालमा राखेको बताएकाे प्रहरीले जनाएको छ।

भिडियो अपलोड मात्र गरेको दाबी

प्रहरी हिरासतमा रहेका रुचालले प्रारम्भीक बयानका क्रममा आफूले भिडियो अपलोड मात्र गरेको दाबी गरेका छन् । तर उक्त भिडियोमा देखिएको हातको खत र औंलाको प्रकृतिले उनी नै भिडियोमा देखिएको पुष्टि हुने जनाइएको छ ।

अनुसन्धान अधिकृतले भिडियो खिचिएको डल्लु क्षेत्रमा चल्ने गाडीका चालकसँग पनि बयान लिएको छ । उनले गाडीमा आउने सबै मानिसलाई चिन्न नसकिने बयान दिए भने पीडित महिलाले गाडीबाट झरिसकेपछि मात्र थाहा पाएको बताएकी थिइन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले भिडियो खिचिएका वेला घटनास्थल आसपास चलेका सयौं मोबाइल नम्बरको जाँच गरेको थियो । त्यसक्रममा आईटी इञ्जिनियरको सहयोगमा प्रहरी रुचालसम्म पुगेको हो । ‘अनुसन्धान जारी नै छ’, एसएसपी थापा भन्छन् ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…