अत्याधिक चिसोका कारण दाङमा १४० क्विन्टल माछा सखाप, कृषकका पाँचवटा पोखरी रित्तिए

शिवु खनाल/राजमार्ग अनलाइन 

देउखुरी । दाङको लमही स्थित टिकुलीगणको पोखरीमा म रेका माछाहरु तैरिएका छन् । केही दिन अघि लगातार  परेको झरी र अत्यधिक चिसोका कारण धमाधम माछा म र्न थालेका छन् ।

चिसो बढेपछि पुसको १६ गतेदेखि लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगण स्थित विष्णु मत्स्य फार्मका पाँच वटा पोखरीमा रहेको बैखा जातका माछाहरू धमाधम म र्न थालेको र माछाको पोखरी नै रित्तिएको फर्मका संचालक अमरबहादुर तामाङले जानकारी दिनुभयो ।

‘अत्यधिक चिसोका कारण भुरा र खाना लायकका एक सय ४० कुन्टल बैखा माछा म रेको छ, माछाको पोखरी रित्तिन बैखा जातका माछा छैन ।’ संचालक तमाङ्ले उहाँले भन्नुभयो । पोखरीमा रहेका रहु, नैनि, विग्रेट, सिलभर र बैखा जातका माछाहरू मध्य बैखा जातका माछा मात्रै मोरेका छन् । माछा मरेपछि एक करोड ५० लाख बराबरको नोक्सानि भएको उहाँले जानकारी दिनुभयो ।

७ विगाह जग्गामा मत्स्य फर्म संचालन गर्नु भएका तामाङ्ले गत असार महिनामा पोखरीमा भुरा माछा हाल्नु भएको थियो । उहाँका अनुसार हालिएको भुरा र खाना लायक १३ वटा पोखरी मध्य ५ वटा पोखरीका १ सय ४० कुन्टल बैखा माछा म रेको छ । ‘माछापालन शूरुवात गरेको ११ वर्षपछि पहिलो पटक यति धेरै नोक्सान भयो ।’ उहाँले भन्नुभयो ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले म रेको माछाको निरिक्षण गर्नु भएको छ । नगर प्रमुख केसीले लमही नगरपालिका पशु सेवा विकास शाखा प्रमुख हेमराज आचार्य र शिवराज न्यौपानेको संयुक्तमा टिकुलीगणमा म रेको माछाहरुको स्थगत निरिक्षण गर्नु भएको हो ।

निरिक्षण गर्दै प्रमुख केसीले क्षेतिपुर्तीको लागि प्रदेश नं. ५ का भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री आरती पौडेलसँग छलफल गरेको जानकारी गराउनुभयो । ‘म रेको माछाहरुको तिनैवटा सरकारले क्षेतिपुर्तीको लागि पहल गर्छ । यसको लागि प्रदेश मन्त्री पौडेलसंग कुराकानी गरिसकेको नगर प्रमुख केसीले भन्नुभयो ।’

यस्तै मरेको माछाको मेडिकल चेकजाँच तथा रिपोर्टको लागि केन्द्रीय मत्स्य प्रयोगशाला बालाजु काठमाडौ माछा र पानीको सेम्पल सहित पठाएको लमही नगरपालिका पशु सेवा विकास शाखा प्रमुख शिवराज न्यौपानेले जानकारी दिनुभयो ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…