छाउगोठ भत्काउँदा भेटियो यस्तो विषालु शर्प

काठमाडौँ — पाँच बर्ष भित्र पुनर्निर्माणको काम नसकिएपछि म्याद थप गर्ने/नगर्ने भन्ने विषयमा निर्क्यौल गर्न कार्यदल गठन गरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समय ०७७ पुष १२ मा सकिन लागेपनि पुनर्निर्माण सम्बन्धी ऐन, २०७२ मा सरकारले आवश्यक ठाने म्याद एक वर्ष थप्न गर्न सक्ने प्रावधान छ। तर पुनर्निमाणको काम भने अझैं सकिएको छैन। बाँकी रहेको समयमा काम सकिने अवस्था छैन।

पुनर्निर्माणको काम नसकिएकाले म्याद थप गर्ने/नगर्ने भन्ने सम्बन्धमा सिफारिस गर्न सोमबार कार्यदल गठन गरिएको छ। बालुवाटारमा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले कार्यदल गठन गरेको हो।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा गठित कार्यदलमा अर्थ, गृह, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्राधिकरणका सचिव रहने छन्। ‘समग्रमा पुनर्निर्माणको काम सन्तोषजनक छ,’ कार्यकारी अधिकृत ज्ञवालीले भने, ‘यो कार्यदलले स्रोतको व्यवस्थापन, रकम र समग्र पुनर्निर्माणको अवस्थाकाबारेमा अध्ययन गरी प्रतिवेदन तयार पार्ने छ।’ यसैको आधारमा समय थप गर्ने/नगर्ने निष्कर्ष निक्लिने छ।

कार्यदलको प्रतिवेदन निर्देशक समितिको अर्को बैठकमा पेस गरिने छ। कार्यदललाई पुनर्निर्माणको वर्तमान अवस्था, आगामी कार्ययोजना, वित्तीय व्यवस्थापनको अध्ययन गरी प्राधिकरणको म्याद थप गर्ने/नगर्ने सम्बन्धमा सिफारिस गर्ने जिम्मेवारी दिइएको हो।

‘म्याद थप गर्ने/नगर्ने सम्बन्धमा अहिल्यै केही निर्णय भइसकेको छैन,’ अधिकृत ज्ञवालीले भने, ‘प्रतिवेदन तयार भएपछि थाहा हुने छ।’ उनका अनुसार समग्र रुपमा पुनर्निर्माणको काम ८३ प्रतिशत सकिएको छ। सबैभन्दा राम्रो प्रगति निजी आवासमा रहेको छ। निजी आवास पुनर्निर्माण अन्तर्गत ६२ प्रतिशत पूरा भएको छ। २५ प्रतिशत पुनर्निर्माण जारी रहेको र १७ प्रतिशत पुनर्निर्माण सुरु हुन बाँकी छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अवस्था, राजनीतिक संकट, नाकाबन्दीलाई पार गर्दै मुलुक संघीयताको नयाँ संरचनामा गएको अवस्थामा पुनर्निर्माणमा ८३ प्रतिशत उपलब्धी हुनु असाधारण प्रगतिको संज्ञा दिए। त्यस्तै प्रधानमन्त्री ओलीले पुनर्निर्माणका बाँकी काम उपलब्ध बजेटबाट चाँडो सम्पन्न गर्न र स्रोतका सिमामा रहेर वास्तविक योजना बनाइ काम गर्न निर्देशन दिए।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले उहाँले चालू आर्थिक वर्षको १ सय ४१ अर्ब रुपैयाँ बजेटमध्ये ३८ अर्ब रुपैयाँ बराबरको बजेटको स्रोत सुनिश्चित नभएको बताए।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…