नेकपामा भालेवादी चिन्तन हाबी भयो : नविना लामा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद नविना लामाले नेकपामा भालेवादी चिन्तन हावी भएको आरोप लगाएकी छन् ।

लामाले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपामा भालेवादी चिन्तन हावी भएको भन्दै असन्तुष्टि पोखेकी हुन् । नेकपाले उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दिएपछि सांसद लामाले आक्रोस पोखेकी हुन् ।

उनले उपसभामुख तुम्बाहाङ्फेसँगको फोटो राख्दै लेखेकी छन्, ‘विधावारिधि गरेको, कानुन व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्ट राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडगमगाएको, महिला त्यो पनि जनजाति पृष्ठभूमिको शिवमाया दिदी महिला सभामुखमा अयोग्य हुने हो भने हाम्रो गौरवशाली पार्टी नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निष्कर्ष निकाल्नु पर्छ ।’

संसद सचिवालयकी कर्मचारीले बलात्कारको आरोप लगाएपछि तत्कालीन सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए । त्यसयता प्रतिनिधिसभा सभामुखविहीन छ । सभामुख चयनका पार्टीभित्रै विवाद रहेकाले नेकपाले सभामुखको उम्मेदवार चयन गर्न सेकेको छैन ।

उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा आफ्नो दाबी पेश गर्दै आएकी छन् । तर, पार्टीका शीर्ष नेताहरुले उनलाई सभामुख बनाउने संकेत गरेका छैनन् । उनलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजीनामा दिन आग्रह गर्दै आएको छन् ।

साथै, नेकपा सचिवालयले पनि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन लगाउने निर्णय गरेको छ । उपसभामुख दुवै आग्रहलाई नकार्दै राजीनामा नदिने अडानमा छिन् ।

भर्खरै प्रकाशित

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…

अमेरिकाले देशनिकाला गरेका वैज्ञानिक जसले चीनलाई चन्द्रमामा पुर्‍याए

बीबीसी । एकजना चिनियाँ वैज्ञानिकले एउटा होइन, दुई महाशक्ति राष्ट्रलाई चन्द्रमामा पुर्‍याउन सहयोग गरे। तर उनको कथा एउटा देशले मात्र सम्झिन्छ। साङ्घाईमा ७० हजार कलाकृति…