प्रहरीको ‘हिरोगिरी’ : गुण्डा नाइकेलाई घरमा समातेर डाँडामा लगेर गो’ली प्र’हार !

काठमाडौँ । आइतबार बौद्धको जोरपाटीस्थित जम्बुडाँडामा प्रहरीले गुण्डा नाइके भनेर चिनिएका सिन्धुपाल्चोकका विष्णु लामालाई गो ली चलाएको प्रक रणमा नयाँ ट्वीस्ट आएको छ ।

लामाले प्रहरीमाथि आ क्रमण गर्न खोजेपछि गो ली चलाइएको प्रहरीले दावी गरेपनि हाल उपचार गराइरहेका लामाले भने प्रहरीले घरमा समातेर योजनाबद्ध रुपमा जम्बुडाँडा लगेर गो ली हानेको दावी गरेका छन् ।

सोमबार पत्रकारहरुसंग कुराकानीमा लामाले यस्तो दावी गरेका समाचार रातोपाटीले लेखेको छ  ।

लामालाई महानगरीय प्रहरी वृत्त, बौद्धबाट खटिएका प्रहरी सहायक निरीक्षक (असई) को कमाण्डमा खटिएको टोलीले गो ली हा नेर निय न्त्रणमा लिएको थियो ।

गो ली लागेर घा इते भएका लामा राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत छन् । अस्पतालमा महानगरीय प्रहरी वृत्तका सादा पोसाकमा खटिएका एक जवानले लामाको निगरानीमा छन् ।

लामाको दुवै खुट्टामा गो ली लागेको छ । लामाको लागि प्रहरीले एउटा गो ली खर्चेको छ । महानगरीय प्रहरी कार्यालयका प्रमुख विश्वराज पोखरेलले नै ला मामाथि एउटा गो ली खर्च भएको बताए ।

घरबाटै समातिएका थिए लामा

प्रहरीले गो ली हानेर नि यन्त्रणमा लिएको भनिएका लामालाई सादा पोसाकमा पुगेको प्रहरी टोलीले बौद्धस्थित मेडिकल कलेज नजिकै रहेको कोठाबाट समातेको पाइएको छ ।

ट्रमा सेन्टरमा उपचार गराइरहेका लामाले रातोपाटीसँगको कुराकानीमा भने, ‘सादा पोसाकमा पुगेको टोलीले ३ बजे घर नजिकैको खाजापसलमा खाजा खाइरहेको बेला मलाई प्र हरीले निय न्त्रणमा लिएको हो ।’

घरबाट नियन्त्रणमा लिने बित्तिकै हत्क डी लगाएर ट्याक्सीमा राखिएको लामाले बताए । ‘२ घण्टा बौद्ध आसपासमै ट्याक्सीमा घुमाएर ५ बजेतिर मात्र जम्बुडाँडा पुर्याइएको थियो,’ लामाले दावी गरे ।

‘त्यतिबेला अँध्यारो भएको थियो । कोही कसैले देख्दैनथे । मलाई ट्याक्सीबाट झर्न आग्रह गरे,’ लामाले अगाडि भने, ‘ट्याक्सीबाट झर्ने बित्तिकै घुँडामा पेस्तोल राखेर गो ली हानियो । दुवै खुट्टामा लाग्यो ।’

गोली लाग्ने बित्तिकै लामा भुँइमा ढले । लगत्तै प्रहरीले उनलाई अस्पताल लैजानुको साटो बौद्ध वृत्त लगेको थियो । त्यसपछि मात्रै लामालाई उपचारको लागि भन्दै ट्रमा सेन्टर पुर्याएको थियो ।

लामाले भने, ‘नजिकै प्रहरी भ्यान राखिएको रहेछ । त्यही भ्यानमा राखेर बौद्ध वृत्तमा ल्याइयो । मलाई त्यसपछि अर्को प्रहरी भ्यानमा राखेर अस्पताल ल्याइएको हो ।’

लामाको भनाइ जस्ताको तस्तैः–

६ महिनाअघि भारतबाट नेपाल आएको हुँ । म माथि जुन आरोप छ, त्यही घटनालाई सुल्झाउन नेपाल आएको हुँ । नेपाल भन्दा बढी भारतमै बस्दै आएको छु ।

एक वर्षअघि सिन्धुपाल्चोककी १७ महिने बच्चीको चि र्पटले लागेर मृ त्यु भयो । जानी–जानी हा नेको होइन् । अरुसँग झग डा परेको थियो । अरुलाई हा न्दा बच्चीलाई लागेको हो ।

बच्चीको घर र मेरो घर नजिकै हो । बच्चीको परिवारसँग सल्लाह गरेर नै नेपाल आएको थिएँ । सुनेको छु, बच्चीको परिवारले म विरुद्ध सिन्धुपाल्चोक प्रह रीमा उ जुरी दिएको ।

त्यहि भएर म सिन्धुपाल्चोक पनि गएको थिइँन । काठमाडौँ बसेरै नै केस सल्टाउँछु भन्दै बसेको थिए । बच्चीको परिवारसँग कुराकानी भइरहेको थियो ।

अर्को कुरा – मेडिकल कलेजमा झग डा पर्दा खु कुरी हा नेको कुरा चाहिँ सत्य होइन । झगडा चाहिँ भएको हो । कुटाकुट भएको हो । खु कुरी हा नेर कसैलाई घा इते बनाएको छैन् ।

शनिवार अचानक प्रहरी आयो । लिएर पनि गयो । ठिकै छ । म माथि गो ली नै हान्नुपर्ने कुनै कारण थिएन । मैले प्रहरीमाथि आ क्रमण पनि गरेको छैन् ।

दिनभरी घर नजिकै साथीभाइहरुसँग थिए । मलाई नि यन्त्रणमा लिनुअघि म मेडिकल कलेज नजिकै एउटा खाजापसलमा खाजा खाइरहेको थिए ।

सादा पोसाकमा आएको प्रहरीले मलाई देख्ने बित्तिकै तपाईविरुद्ध ज्यान मा र्ने मुद्दा मा जाहेरी परेको छ । हा मीसँग हिँड्नु भन्नुभयो ।

उहाँहरुसँगै गएँ । मेरो हातमा ह त्कडी लगाइएको थियो । ट्याक्सीमा चढाए । करिब–करिब २ घण्टाभन्दा बढी बौद्ध आसपास क्षेत्रमा ट्याक्सीमै घुमाए ।

५ः३० बजेतिर मलाई ट्याक्सीबाट निकालियो । त्यतिबेला लोकेशन जम्बुडाँडाको नयाँबस्ती थियो । रात पर्न लागेको थियो । कोही कसैले देख्दैनथे ।

ट्याक्सीबाट झर्ने बित्तिकै मेरो घुँडामा पेस्तोल राखियो । लगत्तै गो ली चल्यो । म भुँइमा ढलें । त्यसपछि एउटा प्रहरी भ्यान आयो ।

प्रहरीमा भ्यानले मलाई बौद्ध वृत्तमा पुर्यायो । त्यतिबेला डीएसपी रमेश बहादुर सिंह पनि कार्यालयमै थिए । लगत्तै डीएसपी सिंहले फोनमार्फत कसलाई पो हो घट नाबारे ब्रिफिङ गराउनुभयो ।

ब्रिफिङ सकेलगत्तै डीएसपी सिंहले मलाई अस्पताल लैजान आदेश दिनुभयो । तत्कालै मलाई अर्को प्रहरीको भ्यानमा राखेर ट्रमा सेन्टर ल्याइयो । गाडी नम्बर थाहा भएन ।

अहिले उपचार गराइरहेको छु । एकजना भाइ सँगै छ ।

ढु ङ्गा हानेपछि गो ली चलाउन बाध्य : प्रहरी

यता, प्रहरीले भने लामालाई समाएको २ घण्टापछि गो ली हानिएको आरो पको खण्डन गरेको छ । महानयरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले अभियुक्त लामाले प्रहरी माथि आ क्रमण गर्न खोजपछि प्रहरी टोलीले गो ली चलाउन बाध्य भएको दा वी गरे ।

प्रहरीकै कुरा बाझियो

डीआईजी पोखरेलले आ क्रमण गर्न खोजेपछि लामा माथि गो ली चला एको दावी गर्दैगर्दा यता बौद्धका डीएसपी रमेश बहादुर सिंहले भने भाग्न खोजिएकाले ला मामाथि गो ली चलाउनुपरेको बताए ।

यसले पनि प्रहरीले लामा माथि गो ली चलाएको प्रकरणमा शङ्का पैदा गरेको छ ।

‘प्रहरीले समाउन खोज्दा ला मा भा ग्न खोजेपछि गो ली हा नेर नि यन्त्रण लिइएको हो,’ बौद्धका डीएसपी सिंहले भने, ‘उसँगै अरु पनि फ रार अभियुक्त थिए । उनीहरुलाई समाउन खोज्दै थियौं । लामा भा ग्ने खोजेपछि प्रहरीले गो ली हानेको हो ।’

उपचारमा संलग्न चिकित्सकहरुका अनुसार लामाको अवस्था खतरामुक्त छ ।

लामामाथि ज्या न मा र्ने उद्योगमा सिन्धुपाल्चोक प्रहरीमा उजुरी छ । साभार : रातोपाटी

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…