ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेताले गरिन् देश छोड्ने फैसला

ईरानकी एकमात्र महिला ओलम्पिक पदक विजेता किमिया अलीजादेहले देश छोड्ने फैसला गरेकी छिन् ।

२१ वर्षीया किमिया यसबारेमा सामाजिक सञ्जालमा एउटा पोस्ट लेखेकी छिन्, जसका अनुसार उनी ईरानमा ‘पाखण्ड, भुट, अन्याय र चाप्लुसी’ को हिस्सा बन्न चाहँदिनन् ।

उनले आफैलाई ईरानका सताइएका लाखौँ महिलामध्ये एक मानेकी छिन् । किमिया यो समय कहाँ छिन्, उनले केही पनि जानकारी दिएकी छैनन् । तर ईरानी सञ्चारमाध्यमका अनुसार उनी प्रशिक्षणको क्रममा न्युजिल्याण्डमा हुन सक्ने बताइएको छ ।

उनले सन् २०१६ को रियो ओलम्पिकमा तेक्वान्दोमा कांस्य पदक जित्दै ईरानका लागि इतिहास रचेकी थिइन् ।

उनले सामाजिक सञ्जालको पोस्टमा ईरानका अधिकारीहरुले आफ्नो सफलतालाई प्रोपोगाण्डाको रुपमा प्रयोग गरेको आरोप लगाएकी छिन् ।

ईरानमा सरकारविरुद्ध प्रद र्शन चर्किरहँदा किमियाले देश छोड्ने फैसला गरेकी हुन् । गएको बुधबार युक्रेनी यात्री विमान भुलवश मिसाइल प्र हारबाट खसालिएको र दुई दिनसम्म झुट बोलेको भन्दै ईरानका जनता सडकमा उत्रिएर प्रदर्शन गरिरहेका छन् ।

यसबाहेक पछिल्लो दिनयता ईरान र अमेरिकाबीच तनाव बढिरहेको छ ।

अधिकारीहरुले गरे अपमान

किमियाले आफ्नो सामाजिक सञ्जाल पोस्टमा लेखेकी छिन्, ‘म ईरानमा सताइएका लाखौँ महिलामध्ये एक हूँ, मैले वर्षाैँसम्म देशको लागि खेलेँ । अधिकारीहरुले जे भने मैले मानिरहेँ । सबै आदेशको पालना गरेँ तर उनीहरुका लागि हाम्रो कुनै महत्व छैन । हामीलाई केवल प्रयोग हुने हति यार बनाइयो ।’

साथै उनले युरोपबाट आकर्षक प्रस्ताव आएको भन्ने खबर साँचो नभएको र कहाँ जाने भनेर निर्णय नगरिसकेको बताइन् । गएको हप्ता उनी गायब भएको खबर बाहिरिएपछि ईरानीहरुले झट्का लागेको प्रतिक्रिया दिएका थिए ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…