मुख्यमन्त्री लालबाबु राउतले उप-मेयरलाई मुख्यमन्त्रीले ‘ए..ए.. चुप’ भनेपछि..

बर्दिबास : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सार्वजनिक कार्यक्रममा उपप्रमुखलाई ‘अपमान’ गरेका छन्। प्रदेशको जिल्ला समन्वय परिषद्को बैठकमा महोत्तरीको मनराशिषवा नगरपालिकामा उपमेयर रमिता प्रधानलाई मुख्यमन्त्रीले अपमान गरेका हुन्।

बर्दिबासमा आयोजना गरेको बैठकमा स्थानीय तहका प्रमुख र उपप्रमुखले आ-आफ्ना समस्या राखिरहेका थिए। मुख्यमन्त्रीले उनीहरुको समस्या सुनिरहेका थिए।

उपमेयर प्रधानले आफ्नो नगरपालिकाको समस्या राख्न पालो कुर्दै थिइन्। मेयरले बोलिरहेका थिए। धेरै समय कुर्दा पनि उनले बोल्न माइक पाइनन्। त्यसपछि उनले हलबाट भनिन्,‘यता माइक दिनुस्।’ मुख्यमन्त्रीले मञ्चबाट भने, ‘पर्खिनुस्।’

उपप्रमुख प्रधानले माइक मागिरहिन्। त्यसै क्रममा मुख्यमन्त्रीले भने, ‘ए..ए.. चुप !’ त्यसपछि उनी कुर्सीमा बसिन्। उनले माइक पाइनन्।

केही समयपछि प्रधानको हातमा माइक पुग्यो। ‘तपाईं मलाई सम्मान गर्नुस् वा नगर्नुस्, म तपाईंलार्ई सम्मान गर्छु। हजुर हाम्रो मुख्यमन्त्रीज्यू हुनुहुन्छ,’ उपप्रमुख प्रधानले मुख्यमन्त्रीलाई भनिन्, ‘पुरुषलाई हामी ९ महिना कोखमा राखेर जन्मदिन्छौं। हुर्काउँछौं। तपाईहरुको जन्म र संरक्षण हामी महिलाले गर्छौँ तर तपाईंहरु हामीलाई सधैं अपमान गर्नुहुन्छ ?’ उनले उनले आक्र्रोश पोखिन्।

प्रदेश २ मा बढेको भ्रष्टाचारप्रति मुख्यमन्त्रीलाई झटारो हान्दै उनले थपिन्,‘कानुन थाहा छैन भनेर हामी सबैले लुटिराखेका छौं। हामी सबै लुटेरा हौँ।’

प्रधानले पाँच मिनेट बोल्दा बढी समय मुख्यमन्त्रीले आफूमाथि गरेको अपमानविरुद्ध नै उनले आक्र्रोश व्यक्त गरिन्।

उनको आक्रोश सुनेपछि मुख्यमन्त्री संम्यम भएर प्रस्तुत भए। ‘धन्यवाद उपमेयरज्यू !’, मुख्यमन्त्री राउतले भने, ‘ईश्वरले तपाईंलाई तागत दिउन्, मेयरसँग लडेर अधिकार लिनुस्।’
प्रदेश २ का मुख्यमन्त्री राउत अधिकांश सार्वजनिक कार्यक्रममा आक्रोशित हुने गरेका छन्। त्यही आक्रोशको रुप आइतबार महोत्तरीको बर्दिबासमा आयोजित समन्वय परिषद्को बैठकमा देखिएको हो। अन्नपुर्ण पोस्टबाट (फाइल तस्विर)

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…