एमसीसीकै कारण यसरी भयो राष्ट्रवादी नेता कृष्णबहादुर महराको भ्रुण ह त्या

  • केशरमान बुढाथोकी

दाङ। स्वाभिमान र स्वाधीन नेपालको ढोल बजाउदै राष्ट्रवादको खोक्रो भासन गरेर जनताको मन जित्न मात्र लालायित नक्कली राष्ट्रवादी नेता नेपालमा एकसेएक छन् तर वास्तवमै राष्ट्रवादी नेता औलामा गन्नलाएक मात्र छन् र पनि पहुँच र पावरमा छैनन् सत्ता र पावरमा पुगेका नेताहरु पनि जनताले अपेक्षा गरे भन्दा बिपरित भएर बिदेशी प्रभुको इसारामा कठपुतली सासन चलाउनु नेपालको अर्को बिडम्बना हो ।

नेपाली जनताले तिर्नुपर्ने कारमा जतिनै वृद्धि गरेपनि बिकाश निर्माण र राष्ट्रिय गौरवका आयोजनाहरुमा नेपाली नेताहरु बिदेशी डलर भन्दा हुरुक्कै हुने र यो या त्यो बहानामा बिदेशीलाइ नेपालमा चलखेल गर्न दिनु नेपालको स्वाभिमानी नेपाली जनताका लागि असैह्य कुरा हो ।

सरल भाषामा भन्ने हो भने कुनै पनि व्यक्तिले आफु जतिनै सम्पन्न भएपनि आफ्नो सम्पति निमोठेर गरिव परिवारलाई सित्तैमा दिन सक्ने भन्ने कुरा मानवीय प्राणीका लागि असम्भव नै हो यदि कसैले दिने नै उदारता देखीयो भने पनि त्यो कुनै न कुनै स्वार्थ सहित हुन्छ भन्ने कुरा थाहा पाउन मानवीय ब्याबहार काफी छ ।

त्यसैले विश्वको सम्पन्न कुनै पनि राष्ट्रले बिपन्न राष्ट्रलाई सित्तैमा नगद सहयोग गर्ने भन्ने दिवासपना देख्नु मुर्खता हुन्छ यसैमा झनै मुलुकभर आफ्नो हैकमी सासन संचालन गरेर विश्वलाई आफ्नो पन्जा भित्र राख्न खोज्ने साम्राज्यवादी मुलुक अमेरिकाले नेपालका लागि ५५ अर्व रकम अनुदान दियो भनेर अव नेपाल स्वीजरल्याण्ड बनाउछौं भन्दै आत्मरतिमा रमाउने नेतृत्व नेपालको सासन सत्तामा रहनु अर्को ठुलो बिडम्बना हो ।
यतिवेला मुलुक त्यहि साम्राज्यवादी अमेरिकाले नेपालका लागि प्रदान गर्ने अनुदान कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेशन “एमसीसी”ले  साम्राज्यवादी मुलुक अमेरिकाको निर्देशन अनुसार एमसीसीलाई सदनबाटै पास गरेर राष्ट्रिय सवाल बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल अग्रपक्तिमै देखिएका छन् भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, ,सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा र वामदेव गौतम वर्तमान अवस्थामै यसलाई पारित गर्न नसकिने अडानमा देखिन्छन ।

एमसीसी नेपाल र नेपाली जनताको हितमा छैन र यसलाई संसदमा प्रवेश गर्न दिनुहुन्न भन्ने अडानमा रहेर संसदको प्रस्ताव बनेको एमसीसीलाई सदनको छलफलको विषय नै नभएको ठानेर त्यसलाई लत्याएका तत्कालिन सभामुख कृष्णबहादुर महरालाई नैतिक प्रहार गर्दै अकल्पनीय षडयन्त्रको सिकार बनाउन एमसीसी अग्रपंक्तिमा नै रहयो ।

नेपाल स्वाधीन र स्वाभिमान भएकाले नेपाल र नेपाली जनताको हित विपरित कुनैपनि सहयोगमा सम्झौता गर्न नसकिने अडानमा रहेका तत्कालिन सभामुखले राष्ट्र घाती सहयोग भन्दै यसलाई लत्याए पछी सभामुख माथि नै नैतिक प्रहार गर्दै महराको राष्ट्रवादी छवीको भ्रुण ह त्या गरेर सदरखोरमा पठाउने डरलाग्दो खेलमा नेपालका ठुला राजनीतिक दल र अमेरिका समेतको भद्र सहमति रहनु राष्ट्रकै लागि घातक हो ।

एमसीसी पास गराउन नदिने अडानमा रहेका तत्कालिन सभामुखलाई सदरखोरमा पठाएपछि हाल एमसीसी समर्थक सभामुखको खोजि भइरहेको छ । तत्कालित एमाले र माओवादी एकता भएर नेकपा बनेको सत्तासिन दल भित्र भावी सभामुखमा सहमति हुन नसक्नु एमसीसीकै साइडइफेक्ट भएको कुरा अनुमान गर्न कुनै वाद तथा इजम अध्ययन गर्नुपर्दैन ।

पुर्व एनेकपा माओवादीको कोटामा परेकाले सभामुख पुर्व माओवादी कै नेता हुनुपर्ने कार्यकारी अध्यक्ष प्रचण्डको अडानका बिचमा पार्टी एकता पछी पुर्व भन्न नहुने भन्दै पुर्व एमालेका नेता यसमा पनि सुवासचन्द्र नेम्वाङलाई सभामुख गराउने र जसरी तसरी एमसीसी पास गराउने चट्टानी अडानमा रहेका वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली टस न मस नहुनु प्रधानमन्त्रीको एमसीसी पास गराउने प्रपन्च मात्र हो ।
विभिन्न समयमा संसदको जारी अधिवेशनबाट एमसीसीलाई पास गराउने अभिव्यक्ति दिइरहेका प्रधानमन्त्री ओलीलाई एमसीसी प्रतिष्ठाको बिषय बन्नु नेपालकै लागि घातक हुने प्राय निश्चित छ ।

पार्टीको स्थायी कमिटी बैठकमा एमसीसीबारे बहस भएर यसको विरूद्दमा नेकपा कै प्रभावशाली नेताहरु उत्रिए पछी स्थायी कमिटीले एमसीसीबारेको निर्णय गर्ने अधिकार पार्टीको सचिवालयलाई दियो र सचिवालयमा पनि बहुमत सचिवालय यसको बिरुद्दमा भएका बेला प्रधानमन्त्रीले चट्टानी अडान कायम रहनु दुर्भाग्यपूर्ण देखिएको छ ।

त्यस्तै पिठ्यू कान्याउदा पनि सरकारको बिरोधमा उत्रने प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि एमसीसीको बिषयमा कुनै प्रतिक्रिया नदिनु राष्ट्रघातको सवालमा अप्राकृतिक गठबन्धन भएको देखिन्छ ।

नेपालको हितका लागि समर्पित राष्ट्रवादी नेतृत्वलाई कपोलकल्पित, भ्रमात्मक तथा झुट्ठा आरोप लगाएर सि ध्याउने नेपालको खेल परापुर्वकाल देखि नै चलिआएको र यसको निरन्तरता स्वरूप पछिल्लो समयमा आशालादो नेतृत्व कृष्णबहादुर महरामा भएको राष्ट्रवादको भ्रुण ह त्या हो भन्ने कुरा आम सर्वसाधारण जनताले बुझिसकेका छन् ।

वर्तमान समयमा एमसीसी विवाद राष्ट्रिय सवाल मात्र नभएर अन्तराष्ट्रिय सवाल बन्न पुगेको छ ।
नेपालले पनि लगानी गरेर अमेरिकालाई जिम्मा दिने नेपालको अन्तरदेशीय बिधुत लाइन प्रसारण साम्राज्यवादी अमेरिकाको जलश्रोतको धनि नेपालको पानीमा लगाएको गिद्देदृष्टी हो भन्ने कुरा आम नेपाली जनताले बुझिसकेका छन् ।

भर्खरै प्रकाशित

रामबहादुर थापा र टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि एलर्जी हुन्छ :…

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीबाट अलग्गिएका रामबहादुर थापा, टोपबहादुर रायमाझीहरुलाई सम्झिँदा पनि आफूलाई एलर्जी हुने गरेको टिप्पणी गरेका छन् । काभ्रेमा बिहीबार…

माधव नेपालको बचन : ‘पार्टी सरकारमा सहभागी हुनेवित्तिकै युवाहरुलाई रोजगारी…

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीले जनताको बहुदलीय जनवादलाई आत्मासात गर्न चाहेको बताएका छन्। अध्यक्ष नेपालले जनताको बहुदलीय जनताको मूल्य र मान्यतालाई रक्षा…

साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्न काठमाडौंमा

काठमाडौँ — पाकिस्तानी राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदी ‘एभरेस्ट प्रिमियर लिग’ खेल्नका लागि बिहीबार काठमाडौं आइपुगेका छन् । बिहीबार अपराह्न ४ बजेपछि अफ्रिदी त्रिभुवन…

 नेपाली रुपैयाँसामु कमजोर बन्दै अमेरिकी डलर, अन्य देशको विनिमयदर, कुनको कति…

तुलनात्मक रुपमा पछिल्लो समय डलरसँग नेपाली रुपैयाँ बलियो बन्दै गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । २०७८ असार मसान्तको तुलनामा २०७८ साउन मसान्तमा अमेरिकी डलरसँग…

गगन थापाको प्रश्न : प्रतिपक्षको भूमिका नाराबाजी गर्ने मात्र हो…

७ असोज, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका कारण अरु सांसदले पनि आफ्नो भूमिका निर्वाह गर्न नपाएको बताएका…