सडक डिभिजन कार्यालय दाङका प्रमुखलाइ १५ कारणले का रवाही गरेका हौँ : विप्लव समुह

दाङ । दाङमा सडक निर्माणको काममा ढिलासुस्ती गरेको भन्दै सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले कालोमोसो दलेका छन् । नेकपाका कार्यकर्ताहरुले आइतवार चौधरीको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् ।

नेकपाले गठन गरेको जिल्ला जनपरिषद् दाङका प्रमुख भगवानदास चौलागाईंले जारी गरेको विज्ञप्तिमा उनीमाथि कारवाही गर्नुका १५ वटा कारणहरु उल्लेख गरिएको छ । विज्ञप्तिमा प्रमुख ‘जीतेन्द्र चौधरीमाथि कारवाही किन ?’ भन्ने शीर्षकमा १५ वटा आरोपहरु लगाइएका छन् ।

विज्ञप्ति जस्ताको तस्तै

प्रेस बिज्ञप्ति
नेपाली श्रमजीवी र स्वाभिमानी जनताको प्रिय पार्टी, हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी नेपाली जनताको आशा, भरोसा, विश्वासको मत र मन जित्दै दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ । राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधीनता र जनजीविकाका सवालहरुलाई केन्द्रभागमा राख्दै ‘एकीकृत जनक्रान्ति’को राजनीतिक वैचारिक, साङ्गठानिक भव्य आलोकमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्ने महान लक्ष्य र उद्देश्य विचार आदर्शका साथ जनक्रान्तिको ऐतिहासिक प्रक्रियामा छ । सामाजिक फासिवादी दलाल संसदीय व्यवस्था दिनप्रतिदिन विभिन्न काण्डले थिलोथिलो हुँदै मृत्युको संघारमा अन्तिम छटपटाहटका साथ अमेरिकी साम्राज्यवादको एमसीसीको हिरन लिँदै मृतप्रायः आयु लम्बाउन अनेकन चिच्याहट (बर्बराहट मच्चाइरहेको छ । कथित कम्युनिस्टको जामा भिरेको केपी–पिके ब्वाँसाहरुले आफ्नो लुटखसोटको स्वर्ग बचाइराख्न जनताका सेवक हाम्रा प्रिय नेता कार्यकर्तामाथि विविध प्रकारका फासिष्ट तानाशाही दमन चक्र चलाउँदै जेलनेल तथा व्यक्ति हत्यासम्म गर्दै आइरहेको छ । गाउँगाउँमा युद्धकालीन फौजी अप्रेसन चलाएर श्वेत आतंक खडा गरेका छन् जस्को हाम्रो पार्टीले मुखतोड जवाफ पनि दिँदै आएको छ र भविष्यमा पनि त्यस्ता फासिष्ट दमनलाई कुल्चदै अगाडि बढ्दै जाने छ ।

यसै सन्दर्भमा जनताको असली सेवक हुनुका नाताले जनताका पिरमर्का, दुखकष्टमा हाम्रो पार्टीको हरहमेशा साथ हुने गर्दछ नै । जनता नै इतिहासका निर्माता हुन् भन्ने मान्यताका साथ जनस्तरबाट प्राप्त सल्लाह, सुझाव, गुनासालाई आत्मसात गर्दै जनसत्ताका गतिविधि सञ्चालन गर्दै जनसेवा प्रवाह गर्दै आएको पनि छ । जनताका बैरी र जनविरोधी हर्कत गर्ने जोकोहीलाई कारवाही गर्ने गरेको सबैमा अवगत नै छ । यही सिलसिलामा सडक डिभिजन कार्यालय दाङका प्रमुख जीतेन्द्र चौधरीलाई कालोमोसो र जुत्ताको माला लगाई केशमुण्डन गरी कारवाही गरेको छ ।

को हुन् जितेन्द्र चौधरी ?
जनकपुरका जितेन्द्र चौधरी हाल ललितपुरस्थित हात्तीवनमा स्थायी बसोबास गर्छन् । भारत ससुराली भएका चौधरीका १ छोरा र १ छोरी छन् । छोरा अभिषेक चौधरी वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र छोरी स्मृति चौधरी एमएलबी मेडिकल इन्स्टिच्युट झाँसी भारतमा एमबीबीएस पढ्दैछन् । पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट इन्जिनियर गरेका चौधरी खानेपानी संस्थानबाट सब–इन्जिनियर हुँदै सरकारी सेवामा प्रवेश गरेका हुन् । सरकारी सेवामा आएदेखि ‘मालदार’ ठाउँमा पोस्टिङ पाउन हाकिमका ‘मलद्वार’ धुन र सुँघ्न समेत पछि नपर्ने चौधरी सडक विभागभरि निकै विवादित र बदनाम पात्र हुन् । विभिन्न शक्तिकेन्द्रका नजिक भई लाभको पदमा बाजी मार्न खप्पिस चौधरी हद दर्जासम्म गिर्न तयार हुने उनको विगतले देखाउँछ । जनकारवाही हुने सूचना पाएपछि रुकुमको चौरजहारीको डिभिजन प्रमुख हुँदा करोडौंको हिनामिना गरी भागेका उनी पछि विराटनगर गएका थिए । त्यहाँ पनि कार्यालयमा गयल हुने, ठेकेदारसङ्ग मोटो कमिसनको मोलमोलाई गर्ने, आधारभूत निर्माण पुनर्निर्माणका कामलाई बेवास्ता गरेर कमिसन उठाउन मात्र हात धोएर लाग्ने गरेपछि जिल्ला प्रशासन कार्यालयले स्पष्टीकरण र विभागले कारवाहीस्वरुप विभागमा थन्काएको थियो । जनप्रतिनिधिहरुको एक समूह मन्त्रालयसम्म पुगेर निज चौधरीका काला कर्तुत छरपष्ट पारेका थिए । लहान डिभिजनमा हुँदा लहान–ठाडी सडक कालोपत्रे नै नगरी कालोपत्रे भएको कागजात देखाई झण्डै ५ करोड बजेट स्वाहा पारेका थिए भने क्वाटरका फर्निचर, भाँडाकुँडा, नुनतेल समेत लिएर घर टाप कसेका थिए । यिनका घुस खाने, कमिसन नर्लिइ काम नगर्ने, निर्माण व्यवसायीलाई विभिन्न बहानामा सताउने, कार्यालयमा अकारण अनुपस्थित हुने, अन्तर कार्यालय समन्वय नगर्ने र मातहतका कर्मचारीलाई कमिसन लिन र भाग बुझाउन विविध प्रकारका ताकेता गरी मानसिक यातना दिने लगायतका निच हर्कतले विभागका सम्पूर्ण कर्मचारी लगायतका अन्य निकायका कर्मचारी हैरान हुने गरेका छन् । इन्जिनियर पेशाकै बदनाम गराउन उद्धत निज जितेन्द्र चौधरी व्यवसायिक तथा पेशागत मर्यादा रत्तिभर नभएका उनका गतिविधिले प्रष्ट पार्दछ । पैसाका लागि जस्तोसुकै अनैतिक काम गर्न पछि नपर्ने उनी भर्खरै लहानमा अख्तियारले रङ्गेहात १९ लाखसहित समाएका इन्जिनियरहरुको योजनाकार समेत रहेका छन् ।

कार वाही किन ?
१) कमिसन असुल्न विभिन्न बहानामा निर्माण व्यवसायी मातहतका कर्मचारी अन्य सेवाग्राहीलाई बदनियतपूर्वक दुःख दिने, सताउने र कामहरु अल्झाउने, झुलाउने गरेको ।

२) गैरजिम्मेवार रहँदै तीब्र कामको चाप रहँदा समेत बिना कारण कार्यालयमा अनुपस्थित हुनुका साथै सेवाप्रवाहमा ढिलासुस्ती, चरम लापरबाही र अकर्मण्यता गर्ने गरेको ।

३) गलत नियतका साथ विभिन्न आयोजनाहरुको विल भुक्तानी फरफारक सःशर्त रोकेको ।

४) असार मसान्त, त्यसअघि र पछिका बिल भुक्तानी गर्दा व्यवसायीको ढाड सेक्ने गरी मोटो कमिसन लिएको । अग्रिम कमिसन नदिनेको भुक्तानी यो या त्यो बहानामा रोकेर कमिसन दिन बाध्य पार्ने गरेको ।

५) कमिसनबापत झन्डै रु. ३ करोड जति रकम उठाई भारतको रुपैडिहा गएर ससुरालीतिरका नातेदारका नाममा भारतका बिभिन्न बैंकमा जम्मा गरेको ।

६) जनसरोकारका र अत्यावश्यक विकास निर्माण–पुनःनिर्माण, मर्मतसम्भार, लगायतका काममा कुनै ध्यान नदिएको । जसको कारण हिलाम्मे र धुलाम्मेका साथै अस्तव्यस्त सडक र सडकमा भएका खाल्डाखुल्डीले गर्दा दर्जनौं दुर्घटना घट्न गई ठूलो मात्रामा जनधनको क्षति भएको ।

७) ठेक्का सम्झौताबमोजिम तोकिएको समय सीमाभित्र काम सम्पन्न नगर्ने, काम मात्र ओगटेर बस्ने र कमसल सामग्री प्रयोग गरी गुणस्तरहीन काम गर्ने निर्माण कम्पनीलाई कारवाहीको दायरामा नलिई मोटो रकम कमिसन लिई छुट दिएको ।

८) सामान्य कमिकमजोरी गरेका निर्माण व्यवसायीलाई कालो सूचीमा राखिदिने, हर्जाना तिराउने, ठेक्का सम्झौता तोडिदिने, बिल प्रमाणीकरण नगरिदिने लगायतका डर, धाक, धम्की, त्रास देखाउँदै रकम असुली गर्ने गरेको ।

९) कार्यालय प्रयोजनको सरकारी गाडी घर परिवारको बिहे, व्रतबन्ध, पूजापाठ र दैनिक काम किनमेल, घुमघामको नितान्त निजी प्रयोजनमा काम लगाई दुरुपयोग गर्ने गरेको ।

१०) जिम्मेवार निकायको प्रमुख अनुरुपको पदीय आचरण, अनुशासन, व्यबहार, जिम्मेवारी, नैतिकतामा नबसेको ।

११) निज जितेन्द्र चौधरी रुकुमको चौरजहारी, विराटनगर, नेपालगन्ज, लहान र दाङको प्रमुख हुँदासम्म ५० औं करोड भ्रष्टाचार गरेको ।

१२) विविध प्रकारका अनियमितता, भ्रष्टाचार र घुस खाएर अकुत सम्पत्ति आर्जन गरी छोरा अभिषेक चौधरीलाई धरानस्थित ९दउपष्जक० र छोरी स्मृति चौधरीलाई एमएलबी मेडिकल कलेज झाँसी भारतमा मेडिकल साइन्स पढाएको ।

१३) तत्कालीन तालुकदार मन्त्री रघुवीर महासेठलाई करोडौं नजराना बुझाएर आएकोले सो असुलउपर गर्ने एकमात्र अभिष्ट लिई कमिसन कुम्ल्याउन अहोरात्र लागि परिरहेको ।

१४) पटकपटक जिम्मेवार बन्न र यस्ता अवैध, असभ्य र अनैतिक क्रियाकलाप नगर्न नगराउन अनुरोध गर्दा पनि कुनै सुनुवाई नगरेको ।

१५) राप्ती लोकमार्गअन्तरगत तुलसीपुर–सल्यान सडकको ठेक्का मिलाइदिने भनी निर्माण व्यवसायीहरुसङ्ग रकमको बार्गेनिङ गरी प्रक्रिया अगाडि नबढाएको ।

अन्तमा, हाम्रो यस जनपरिषद लुटेरा केपी–पिके सत्ताद्वारा आजित जनतालाई जनसत्ताद्वारा सेवाप्रवाह गर्न हरदम तत्पर छ । जनतामाथि थोपरिने कुनै पनि बहानाका जुन कुनै निकाय वा व्यक्तिद्वारा गरिएका दलाली, भ्रष्टाचार, बेथिति, अनियमिता किमार्थ स्वीकार्य नहुने सूचित गराउन चाहन्छौ । कोही कसैले कहींकतैबाट जनतामा यस प्रकारका अपराध गर्ने कुचेष्टा गरेमा यस जनपरिषद, थारुवान स्वायत्त प्रदेशको प्रचलित कानुनबमोजिम कारवाही गर्दै जाने स्मरण गराउँदछौ ।

क्रान्तिकारी अभिवादन सहित !

भगवानदास चौलागाईं
प्रमुख
जिल्ला जनपरिषद, दाङ
२७ पुस २०७६

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…