पृथ्वीनारायण शाह मगर्नीको कोखबाट जन्मिएका हुन्, बाहुनले आफुजस्तै देखाउन तस्विरमा नाक लामो बनाए

काठमाडौं । नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायणले २२ से र २४ से राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा तन्त्रविधिबाट उनको जन्म भएको थियो ।

पृथ्वी नारारायणले जीवनमा तीनवटा युद्धमा मात्र हार भोग्नुपरेको पृथ्वीनारायण शाहको योगदानका विषयमा अनुसन्धानरत हरिप्रसाद सोडारीले बताए ।

विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएका थिए । १८०१ मा नुवाकोटमा विजयी भए ।

यसैगरी कीर्तिपुरमा पनि उनीदुई पटक पराजित भएका थिए । विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो ।

अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए । यसपछि भारतमा उपनिवेश चलाइरहेका अङ्ग्रेज पनि उनीसँग डराएका थिए ।

शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएको सोडारीले सुनाए ।

‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।

नेपालको भौगोलिक एकीकरण गरेर यो भूमिका लागि महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।

पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौती गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ ।

यसैबीच, पृथ्वीनारायण शाहको सम्बन्धमा विभिन्न टिका टिप्पणी हुँदै आएका छन् । लेखक दिन निशानी सामाजिक सञ्जालमा लेख्छन्, पाल्पा त्यहीँ छ। गोर्खा त्यहीँ छ। नुवाकोट त्यहीँ छ। कहाँको नेपाल एकिकरण गरे पृथ्वी नारायण शाहले ?

साथै निशानीले पृथ्वी नारायण शाह मगर्नीको कोखबाट जन्मिएको भनेर उल्लेख गरेका छन् । शाहको नाक तस्विरमा देखाईएको जस्तो लामो नहुने भन्दै उनले भनेका छन्, बाहुनहरुले आफ्नो जस्तै देखाउन तस्विरमा लामो नाक भएको बनाएको उनले लेखेका छन्।

पृथ्वीनारायाण शाहको जन्मजयन्तीको अवसरमा उनले लगातार ट्विट गरेका छन् । उनले लेखेका छन्, पंचायती शासकहरुले लेखिदिएको हावादारी किताबको छाप सानै कक्षामा पर्यो केटालाई। त्यो बाहेक अरु किताब पढेकै छैन त के जानोस् !

क्षेत्री बाहुन साथिहरु पृथ्वीनारायण शाहको सन्तान हुँ जस्तै गर्छन् । पृथ्वीनारायण शाहको युग भन्दा अगाडि पनि पहिचान सहितको विशाल नेपाल थियो भनेर कहिले बुझ्ने ? बाहुनबादी नितीले फूलबारीको फूल हैन जरा नै उखेलिदियो भनेर किन नबुझ्ने ? भनेर उनले प्रश्न समेत गरेका छन् ।

अर्का ट्विटर प्रयोकर्ता रामेश लेख्छन्, पृथ्विनारायण शाहले कुनै जाति वा प्रजाका मायाले नभई ठूलो राज्यमा शासन गर्ने एउटा राजाको स्वभाविक आकांक्षास्वरुप राज्यविस्तार गरे र त्यो कालान्तरमा नेपाल बन्यो अनि जत्ति नै पत्रु देश भए पनि म नेपालमा जन्मेँ र अझसम्म नेपाली नै छु। त्यसैले राष्ट्रनिर्माण गरेको श्रेय उनीलाई नै।

ट्विटरमा सञ्जय कोइराला लेख्छन्, गौरव मान्नुपर्छ आफ्नो इतिहासलाई किनकी राष्ट्रको पृष्ठभूमि सुनौलो अक्षरमा कोरिएका हुन्छन्।टुक्रिएका राष्ट्रहरूलाइ समेटि एउटा पुर्णको राष्ट्र निर्माण गर्नु कति जटिल थियो होला।यसर्थ यसलाइ तिरस्कार गर्ने व्यक्ति, समाज वा समूहको भविष्य कहिल्यै सुखद रहँदैन।

सोनी शर्माले लेखकी छिन् , पृथ्वीनारायण शाहले दिएका उपदेश हरु लागू गरि सच्चा नेपाली बन्नुहोला । दुश्मनी आँखा जति लागेपनि आफ्नि आमालाई कहिल्यै एक्लो नपारौँ, जित हामी पृथ्वीनारायण का आशा हरुको पक्कै छ चेतना भया । पृथ्वीनारायण शाहको २९८ जन्म जयन्तिको शुभकामना ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…