‘मैले पाउनु पर्ने नोबेल शान्ति पुरस्कार अरु कसैलाई दिइयो’ :ट्रम्प

काठमाण्डौ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको वर्षको नोबेल शान्ति पुरस्कार आफूले पाउनु पर्ने बताएका छन् । ट्रम्पले आफ्नो दाबेदारीलाई वास्ता नगरिएको भन्दै गुनासाे पनि व्यक्त गरेका छन् ।

नोबेल शान्ति पुरस्कारलाई लिएर ट्रम्पले एक बयान दिएका छन् । ओहायोको टोलेडोमा आफ्ना समर्थकसँग ट्रम्पले भने, ‘म तपाईँहरुलाई नोबेल शान्ति पुरस्कारको विषयमा बताउन चाहन्छु । मैले एक देशलाई बचाए र त्यसपछि त्यही देशका प्रमुखलाई नोबेल शान्ति पुरस्कार दिन गइरहेको कुरा थाहा पाएँ, देशलाई बचाए बापत । त्यसपछि मैले यसबारेमा केही गर्न सक्छु कि भनेर सोचेँ । तर मैले गर्दा नै एउटा ठूलो युद्ध टरेको हो, यसबारेमा कसैलाई थाहा छैन ।’

डोनाल्ड ट्रम्पले न त नोबेल पुरस्कार विजेताको नाम लिए न त त्यस देशको नाम नै लिए । तर उनले इथोपियाका प्रधानमन्त्री अबी अहमदको बारेमा कुरा गरिरहेको प्रस्ट हुन्थ्यो । ४३ वर्षीय अहमद अफ्रिकामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बन्ने व्यक्ति हुन् ।

अबी अहमद सन् २०१८ अप्रिलमा इथोपियामा महिनौँसम्म सरकार विरोधी प्रदर्शनपछि प्रधानमन्त्री बनेका थिए । विरोध प्रदर्शनका क्रममा इथोपियाका पूर्व प्रधानमन्त्रीले पद छोड्नु परेको थियो ।

प्रधानमन्त्री बनेपछि अहमदले उदारताको परिचय दिएका थिए । उनले जेलमा बन्द हजारौँ कार्यकर्तालाई रिहा गर्दै निर्वासित असन्तुष्टलाई देश फर्किन सक्ने अनुमति दिए ।

उनले देशमा सञ्चारमाध्यमलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए र ठूला ठूला पदमा महिलाहरुको प्रतिनिधित्व गराए । गएको वर्ष अक्टोबरमा उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…