नेकपलाई उपसभामुखको चुनौती : ‘म राजीनामा दिन्नँ, तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस्’

काठमाडौँ — शुक्रबार बिहान प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरे ।

ओली र दाहालले तुम्बाहाङ्फेलाई सभामुख चयन प्रक्रिया सहज बनाउनका लागि राजीनामा दिन सुझाए। अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई उपसभामुख पदबाट राजीनामा दिन गरेको यो पहिलो आग्रह थियो।

तर उपसभामुखतुम्बाहाङ्फेले निर्वतमान सभामुख कृष्णबहादुर महराले गरेको गल्तीको आफू भागीदार नहुने भन्दै राजीनामा नदिने बताइन्। उनले आफू सभामुखका लागि योग्य पात्र भएको भन्दै योग्यताको लिस्ट नै अध्यक्षद्वयलाई पेस गरिन्। र,मिडियासँग भनिन्, ‘म राजीनामा दिन्नँ,हटाउने भए महाअभियोग लगाएर हटाउनुस्।’

आफूहरूको आग्रहलाई तुम्बाहाङ्फेले अस्वीकार गरेपछि सत्तारुढ दलका दुई अध्यक्ष असन्तुष्ट बने। शनिबार दिउँसो नेकपा सचिवालयको बैठक डाके। बैठकले उपसभामुख तुम्बाहाङ्फेलाई राजीनामा दिन निर्देशन दियो।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठको प्रतिक्रिया थियो, ‘सभामुख पदमा नेकपाले उम्मेदवारी दिने निर्णय गरेको छ। त्यसका लागि उपसभामुख पदमा हाम्रो पार्टीबाट निर्वाचित शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिनुहुनेछ। पार्टीले उहाँलाई राजीनामा दिन आग्रह गरेको छ।’पार्टीले नै निर्णय गरेर तुम्बाहाङ्फेलाई राजीनामा दिन गरेको आग्रह यो दोस्रो थियो।

नेकपाको निर्णय बाहिर आउँदाआउँदै त्यसलाई पनि उपसभामुख तुम्बाहाङ्फेले चुनौती दिइन्। उनले आइतबारको संसद बैठक आफैंले चलाउने तर राजीनामा नदिने बताइन्।

पार्टी निर्णयलाई तुम्बाहाङ्फेले चुनौती दिएपछि आइतबार बिहान अध्यक्षद्वय ओली–दाहाल र महासचिव विष्णु पौडेलले उपसभामुख तुम्बाहाङ्फेलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर पार्टी निर्णयबारे औपचारिक जानकारी दिए। र,उनलाई राजीनामा दिन फेरि आग्रह गरे। महासचिवसहित अध्यक्षद्वयले तुम्बाहाङ्फेलाई राजीनामा दिन गरेको आग्रह,यो तेस्रो थियो।

आइतबार पनि तुम्बाहाङ्फेले अध्यक्षद्वयसहित महासचिवलाई भनिन्, ‘तपाईंको निर्णय तपाईं नै फिर्ता लैजानुस्। म राजीनामा दिन्नँ।’

तुम्बाहाङ्फेले राजीनामा नदिने बरु संसद बैठक सञ्चालन गर्ने अडान लिएपछि अध्यक्षद्वयले उनीसँग केही समय मागे। समयकै लागि केही दिन संसद बैठक स्थगित गर्न भनेका थिए। त्यसैअनुसार उनले माघ ६ गते सम्मका लागि संसद बैठक स्थगित गरेकी छन्।

तुम्बाहाङ्फे तत्कालीन एमालेको तर्फबाट उपसभामुखमा चयन भएकी थिइन्। आखिर पार्टी निर्णयअनुसार उपसभामुख भएकी तुम्बाहाङ्फेले किन पार्टीको निर्णयलाई चुनौती दिइन् त?

‘कोही पनि व्यक्ति पार्टीभन्दा माथि हुँदैन। पार्टीले गरेका निर्णयलाई सर्वोपरी राख्नुपर्ने हुन्छ। कहिलेकाँही विभिन्न पदहरुमा रहँदा पार्टी सदस्यबाट राजीनामा दिनुपर्छ। तर त्यस्तो अवस्थामा पनि पार्टीकै मातहतमा रहेर काम गरेको छु र त्यो पद प्राप्त गरेको पनि पार्टीको कारणले हो भन्ने भुल्नु हुँदैन,’नेकपाका वरिष्ठ नेता झलनाथ खनाललेइकान्तिपुरसँग भने, ‘त्यसकारण अहिले पार्टीले जे निर्देशन दिएको छ,शिवमाया तुम्बाहाङ्फेले पालना गर्नुपर्छ।’

नेता खनालले उपसभामुख तुम्बाहाङ्फेले पार्टी निर्णय नमाने पनि अब संसदको प्रक्रिया नरोकिने बताए।

‘अहिले राजीनामा गर्दिनँ भने पनि उहाँले समय माग्नु भएको छ। त्यो समय हामीले दिएका छौं। संसद अधिवेशन पनि केही दिन पर सरेको छ। योबीचमा उहाँले गम्भीरतापूर्वक सोचेर पुर्ननिर्णय गनुहुन्छ। उहाँको राजीनामा आए त्यही ढंगले अगाढी बढ्छौं,नआए पनि अब प्रक्रिया स्थगित हुँदैन,’खनालले भने।

तर,उपसभामुख तुम्बाहाङ्फेले भने नेकपा अध्यक्षद्वयलाई राजीनामा नदिने बरु महाअभियोग लगाएर हटाउन चुनौती दिएकी छिन्।

तुम्बाहाङ्फेले पार्टी निर्णयलाई चुनौती दिएपछि नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पार्टीले निर्णय नगरुन्जेल यस विषयमा केही लेखिएन र बोलिएन। हिजो पार्टीले नै निर्णय गरिसकेको छ। धेरै हल्ला किन गर्नु?नेकपा (एमाले) बाट समानुपातिक सांसद रहनुभएकी शिवमाया तुम्बाहाङ्फेलाई नेकपाले उपसभामुखबाट फिर्ता बेलाउने निर्णय गरिसकेको छ र सायद आज लिखित निर्देशन दिन्छ। उहाँले राजीनामा दिनुहुन्छ। किन्तु,परन्तु,भन्ने कुरै भएन। समानुपातिकलाई चाहेमा पार्टीले सांसदबाटै त सजिलै फिर्ता बोलाउन सक्छ,बाँकी त कुरै भएन।’

रिजालभन्दा एक कदम अगाडि बढेर नेकपाका अर्का केन्द्रीय सदस्य एवं नेकपाको भातृ संगठन युवा संघका अध्यक्ष रामप्रसाद सापकोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रदेश ३ का दर्जनौं सासंदहरूले त माने भने तिमी को हौ पार्टी आदेश मान्दिनँ भन्ने?खासमा नमाने पनि हुने चाहिँ सासंदहरूले हो,तिमीले होईन !जसरी मन्त्रीहरूले माने !’

कृष्णबहादुर महराको राजीनामापछि उपसभामुख तुम्बाहाङ्फेले आफूलाई सभामुखको दावेदारको रुपमा पेस गरेकी छिन्। राष्ट्रपति विद्यादेवी भण्डारी पनि उनलाई सभामुख बनाउने पक्षमा रहेको चर्चा नेकपा भित्रै हुने गरेको छ। राष्ट्रपति भण्डारीकै चाहनामासमेत तुम्बाहाङ्फेले पार्टीको निर्णयलाई चुनौती दिएको केही नेताहरुको विश्लेषण छ।

त्यसबाहेक सामाजिक संजालमा आएका समर्थनर महिला नेतृहरुबाट पाएको साथले पनि उनलाई हौसाएको बुझाइ छ। योग्यता हुँदाहुँदैपनि महिला भएकै कारण नेकपाले उनलाई सभामुखमा योग्य नठानेको बहस सामाजिक सञ्जालमा भएको छ।

तर,प्रधानमन्त्री ओली पूर्व सभामुख सुवास नेम्वाङलाई र अर्का अध्यक्ष दाहाल अग्नि सापकोटालाई सभामुख बनाउने पक्षमा छन्। यही त्रिपक्षीय शक्ति संघर्षले नेकपामा सभामुख चयनको प्रक्रिया पेचिलो बन्दै गएको छ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…