यसकारण भुल्न हुन्न राष्ट्र निर्माता पृथ्वीनारायण शाहलाई

  •  केशरमान बुढाथोकी

आजभन्दा झण्डै पौने तीन सय बर्षअगाडि तत्कालीन राजा पृथ्वीनारायण शाहले उत्तर र दक्षिणमा विशालमुलक चीन र भारतले घेरिएर राखेको आकारमा सानो तर सुन्दर शान्त नेपाल रहेको छ । मुलुकभर सत्ता र शक्तिको लडाइ चलिरहेकाबेला नेपाललाई पनि छिमेकी मुलुकहरूले हेप्न सक्छन भन्दै भनेका थिए ‘यो राज्य दुई ढुंगाको बिचको तरुलजस्तो रहेकोछ ।

चिनियाँ कुटनैतिक सम्बन्ध र भारतको रणनीति नजिकैबाट नियालेका शाहले भनेका थिए चीनिया बादशाहसँग राम्रो सम्बन्ध राख्नु, दक्षिणको समुद्रको बादशाहसित पनि सम्बन्ध त राख्नु तर त्यो महाचतुर छ ।

त्यो देशका महाजनहरू हाम्रा मुलुकमा आया भन्या दुनियाँ कंगाल गरी छाड्छन् ।’ उत्तर दक्षिण तिरका यी बादसाह संग समान अस्तित्व राख्दै अगाडी बढ्न आफ्नै देशका बाइसे चौविसे राज्यहरुलाई एक ठाउँमा बटुल्न पर्छ भन्ने मान्यता सहित तत्कालीन समयमा बाइसे चौविसे राज्यमा टुक्रिएर रहेको सुन्दर नेपाललाई एकीकरण गरि एउटै सुन्दर मुलुक बनाउनुपर्छ भन्ने संकल्प सहित राष्ट्रनिर्माणको महाअभियानको संखघोष गर्दै आधुनिक नेपाल निर्माणको सुरुवात गरेका थिए शाहबंशीय राजा पृथ्वीनारायण शाहले ।

त्यतिबेला नेपाल स-साना राज्यहरूमा बाँडिएर बाइसे चौबिसे राजाहरुले विभिन्न ठाउँमा राज्य गर्ने गर्दथे यिनै राज्यहरूलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने आधुनिक नेपालको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहलाई भुल्न खोज्नु हाम्रो महाभुल हुनेछ । कुनैपनी राष्ट्रमा राजनीतिक परिवर्तन हुनु । कुनै समयमा कसैको शासन सत्ता त कुनै समयमा अर्को कसैको सत्ता संचालन हुनु कुनै नौलो कुरा होइन । तर राजनीतिक परिवर्तन संगै इतिहासमा पुर्खाले गरेको योगदान भुल्न खोज्नु एउटा स्वाधिन राष्ट्र प्रतिकै अपमान हो ।

नेपालमा प्रजातन्त्र आएपछि आधुनिक नेपालका निर्माता पृथ्बीनारायण शाहको जन्मोत्सव मनाउन सुरु गरिएको हो इतिहास छ । नेपालमा आफ्नो कार्यकालमा बिशाल नेपाल निर्माणका लागि त्याग अहोरात्र खट्ने र स्वर्णिम नेपालको निर्माण गर्ने राष्ट्र निर्मातालाई सम्झिने एक महत्त्वपूर्ण दिन थियो पौष २७ । इतिहास हेर्ने हो भने योगी नरहरीनाथले २००९ सालमा तत्कालीन सरकारसंग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर पौष २७ लाई राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरेको देखिन्छ ।

पृथ्वीनारायण शाह ले ससाना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरिदिए र आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो। पछि नेपाल अंग्रेज युद्ध पछि सुगौली सन्धि सम्म यो भू-भाग नेपालको अधिनमा थियो।

नेपालको इतिहासका शीर्षस्थ एवम् श्रदेय पुरूष पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा देहत्याग गरे पनि नेपाल एकीकरण अभियान बुहारी रानी राजेन्द्र लक्ष्मी, छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहे। नेपाल एकीकरण अभियानको पूर्णविराम चाँही यिनका पनाती राजा गिर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज एङ्गलो-नेपाल युद्ध (१८१४–१६) पछि भयो।

तत्कालीन समयमा वाइसे चौबीसे राज्यमा बिभक्त देशका सबैलाई सयथरी फुलको एउटै माला उन्न सुरुवात गर्ने शाहा मुलुकका विभिन्न जनजाति, समुदाय, भाषाभाषी र भेषभुषा भएका सम्पूर्ण नेपालीलाई एउटै सूत्रमा संगठित राख्ने शक्ति राजामा नै केन्द्रित रहे । मुलुकका सबै नागरिकलाई समान व्यवहार गर्ने प्रचलन उनको कार्यकाल देखि अनवरत चकिरहयो । त्यसैले नेपालको इतिहासमा उनको गरिमा विशिष्ट र अतुलनीय छ ।

तिनै राष्ट्र निर्माता पृथ्वीनायण शाहको अदम्य शाहस र अथक प्रयासबाट वर्तमान विशाल नेपाल निर्माण भयो र हामी स्वाभिमानी नेपाली भएर बस्न पाएका छौ । नेपाललाई ‘चार वर्ण छत्तीस जातको फूलबारी’ भन्दै जाति, धर्म र सम्प्रदायका बीचमा मेलमिलाप कायम गर्न कुटिल शाहले अमुल्य योगदान दिए । ससाना टुक्रामा छरिएर रहेको मुलुकको भूभागलाई एकताको सूत्रमा बाँध्ने अभिलाषाले बाइसे–चौबिसे राजाहरूको उन्मूलन गरेर काठमाडौं, ललितपुर, भक्तपुर र अधिराज्यभरका सम्पूर्ण प्रान्तलाई एउटै राष्ट्रिय झन्डामुनि एउटै राजाको नेतृत्वबाट सञ्चालित राज्य व्यवस्थाको घोषणा गर्ने पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक हुन ।

आफ्नो जीवनकालको सम्पुर्ण समय युद्धमै बिताएर कहिल्यै पनि राजर्षी सुखसयलमा जिउन नपाएका पृथ्वीनारायण शाहले भावी सन्ततिका लागि भन्दै मुलुकमा जातीय तथा वर्गीय भेदभाव नराखी सबै जनताको सहयोगमा विशाल मुलुक स्थापित गरे । नेपालले अपनाएको असंलग्न परराष्ट्र नीतिका आरम्भकर्ता पृथ्वीनारायण शाहले राष्ट्रिय एकीकरणमा साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेका थिए । यिनै राष्ट्र निर्माता पृथ्वीनारायणको जन्म दिन २७ पुसमा भएकाले त्यो दिन नेपालका लागि एक उत्सव हो ।

नेपालमा भएको राजनीतिक परिवर्तन संगै त्यो उत्सव ओझेलमा पारिएको छ र पुर्खाको सम्मानका लागि बनाइएका सालिक तोडफोड गरिएको छ । यसो गर्नु राष्ट्रका निर्माता प्रतिको अपमान हो । हामीले पुर्खाको सम्मान गर्न जानेनौ भने भोलि हाम्रा सन्ततिले पनि हालीलाइ भुल्ने छन ।

यिनै राष्ट्रनायक पृथ्वीनारायण शाहजस्ता परम देशभक्त, योद्धा, लडाकु, कुशल राजा नेपालमा भएकाले आज नेपालीले विश्व मानचित्रमा आफ्नोे देशको नाम सुनौला अक्षरमा देख्न पाएका छन् । यिनै देशभक्त पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक मानेर ससम्मान यिनको जन्मदिनलाई एक उत्सवको रुपमा मनाउनु हामी सबैको कर्तव्य हो । यसकारण हामीले भुल्नुहुन्न पृथ्वीनारायण शाहलाई ।

भर्खरै प्रकाशित

हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन

काठमाण्डाै । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको हिमालय एयरलाइन्सले यात्रुको सुरक्षालाई मध्यनजर गर्दै ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’ (एइडी) सेवा सुरु गरेको छ । नेपाल–चीन संयुक्त लगानीको…

इन्टरनेटको शुल्क प्रति–महिना तीन सय रुपैयाँसम्म बढाउने निर्णय

काठमाण्डाै । इन्टरनेट सेवा प्रदायकले शुल्क बढाउने भएका छन् । नेपाल विद्युत् प्राधिकरणले पोल भाडा बढाएको भन्दै सेवा प्रदायकले उपभोक्तासँग थप शुल्क लिने निर्णय गरेका…

एमसीसीविरुद्ध दाङमा युवाहरूको प्रदर्शन 

हिमाली पत्रिका  ३१ भदौ, घोराही । अमेरिकी आर्थिक सहयोग सम्बन्धी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध दाङमा प्रदर्शन गरिएको छ । बिहीबार स्वतन्त्र देशभक्त युवा सञ्जालले…

हतारमा विद्यालय नखोल्न सरकारको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हतारमा विद्यालय सञ्चालन नगर्न निर्देशन दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र शिक्षा सरोकारवालासँग आज…

भारतले बढायो नेपालमा आउने विजुलीको मूल्य दर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले गत आर्थिक वर्षमा २ दशमलव ४४ प्रतिशत बढी (महँगो) दरमा भारतीय विद्युत् आयात गरेको पाइएको छ । प्राधिकरणले हालै सार्वजनिक…