पुरै गाउँ डुबानबाट बचाउन लागि परेका दिलीपको क्रसर तस्करको निर्देशनमा ५० हजार लिएर ह त्या

जनकपुरधाम : क्रसर डनले टिपर चालकलाई रकमको प्रलोभन देखाएर अवैध उत्खनन रोक्न खोला पुगेका धनुषाका दिलीप (ओमप्रकाश) महतोको पेलेर ह त्या गर्न लगाएको रहस्य सार्वजनिक भएको छ। मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाशलाई शुक्रबार टिपरले कि चेर ह त्या गरिएको थियो।

चुरियामाई बालुवा प्रशोधन उद्योग श्रीपुरका क्रसरधनी स्थानीय विपिन महतोले दिलीपको ह त्या गराएको स्रोतले दाबी गरेको छ। उत्खनन रोक्न गएका दिलीपलाई क्रसरधनी विपिन, लोडर चालक महोत्तरी बर्दिबास नगरपालिका-१२ बिजलपुराका जितेन्द्रकुमार महतो र बर्दिबास नगरपालिका-९ पशुपतिनगरका टिपर चालक मुनिन्द्र महतो र दिलीपका साथी श्रीपुरका रोशन यादवलाई प्रहरीले प क्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी रमेश बस्नेतले बताए।

टिपरले कि च्नुअघि विपिनले पहिले दिलीपसँग झगडा गर्दै लिभरले कुटेका थिए। कुटाइबाट गम्भीर घाइते दिलीपको ह त्या गर्ने योजना खोलामै बनेको थियो।

किचेर ह त्या गराउन क्रसरधनी विपिनले टिपर चालक मुनिन्द्रसँग ५० हजारमा डिल गरेका थिए। ‘तँलाई ५० हजार दिन्छु, यसले हाम्रो व्यापारमा धेरै दुःख दिइरहेको छ। यसलाई मा र्नै पर्छ, नत्र हाम्रो व्यापार नचल्ने भयो’, विपिनले टिपर चालकसँग ह त्या गर्नुअघि गरेको डिलबारे स्रोतले जानकारी दिँदै भन्यो।

कुटपिटबाट बेहोस भएका दिलीपलाई खोलामै लिकमा राखेर ना.७ ख ६४१३ नम्बरको लोड टिपर ब्याक गरेर ह त्या गरिएको थियो। श्रीपुर गाउँभन्दा पूर्वमा औरही खोलाको पश्चिम किनारमा क्रसरधनी विपिनले क्रसर सञ्चालन गर्दै आएका छन्। राति चोरेर बालुवा-गिट्टी उत्खनन गरिरहेको पाएपछि दिलीप साथी रोशनसँगै खोलामा पुगेका थिए।

प क्राउ परेकालाई सार्वजनिक गर्दै एसपी बस्नेतले भने, ‘खोलामा टिपरले बालुवा-गिट्टी चोरी गरिरहेको थाहा पाएपछि ओमप्रकाश र रोशन गए। टिपर चालकसँग केही बेर भनाभन भयो। सोही क्रममा लिभरले दाहिने कोखमा हानी घाइते बनाए। अर्धचेत अवस्थामा पुगेपछि टिपरले किचेको देखियो।’

दुई वर्षदेखि उत्खननविरुद्ध आ न्दोलनमा थिए दिलीप

छोराको ह त्यापछि चन्द्रकला देवीको आँखाबाट आँसु झर्न रोकिएको छैन। चन्द्रकलाको आँखाबाट झरेका आँसु पुच्छनेहरूको पनि आँसु रोकिएको छैन। गाउँ नजिकैको औरही खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दा तस्करको समूहको टिपरले किचेर शुक्रबार बिहान चन्द्रकलाको २४ वर्षीय छोरा दिलीप (ओमप्रकाश) महतोको शुक्रबार बिहान ह त्या भएको हो।

छोरो ओमप्रकाशको ह त्या पछि चन्द्रकला रोइरहेकी छन्। उनलाई सान्त्वना दिन आएका इष्टमित्रले घर आँगन भरिभराउ छ। चिच्याउँदै चन्द्रकलाले भनिरहेकी छन्,‘राजा बेटाके देखा दे, सोना बेटा के देखा दे (राजा छोरालाई देखाई दे, सोना छोरालाई देखाई दे)।’

क्रसर ड नले खोलामा अवैध रूपमा बालुवा-गिट्टी निकाल्दै थिए। शुक्रबार बिहान करिब ४ बजे साथी रोशन यादवसँग उत्खनन रोक्न ओमप्रकाश घर नजिकैको औरही खोला गएका थिए। तस्करको समूहले कुटपिट गरी उनलाई टिपरले किचेर ह त्या गरे। धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरका ओमप्रकाश सामाजिक गतिविधिमा रुचि राख्थे। गैरकानुनी कामको खुलेर विरोध गर्थे। सका रात्मक सामाजिक कार्यमा अग्रसर हुन्थे। दुई वर्षअघि अवैध खोला उत्खननविरुद्ध आन्दोलन चर्काएका थिए। जनकपुरबाट पत्रकार बोलाएर क्रसर डनको कर्तुत नङयाएका थिए। उनलाई तस्करले आँखाको तारो बनाएका थिए।

चुरे भावर क्षेत्रमा भइरहेको उत्खननको ओमप्रकाशले दुई वर्षदेखि वि रोध गर्दै आएका थिए। चुरियामाई बालुवा प्रशोधन उद्योगका सञ्चालक विपिन महतोले उनलाई ज्यान मा र्ने धम्की दिएका थिए। महतोले बाबु रामजीवनलाई घरमै पुगेर छोरालाई नसम्झाए ‘एक दिन जिउमै टिपर चढा इदिन्छु’ भन्दै धम्क्याएका थिए। ओमप्रकाशको ह त्या पछि प्रहरीले ज्यान मा र्ने धम्की दिने विपिनलाई प क्राउ गरेको छ।

ओमप्रकाश चन्द्रकलाका जेठो छोरा हुन्। छोरीपछि दिलीप जन्मिएका थिए। त्यसपछि उनले पाँच छोरी जन्माइन्। रामजीवनले छोरो ओमप्रकाशलाई इन्जिनियरिङ पढ्न भारतको भोपाल पठाएका थिए। खेती किसानी गरेर जीवन चलाउँदै चन्द्रकला छोरालाई पढाएर जागिर खाएको हेर्न चाहन्थिन्।

श्रीपुर गाउँदेखि करिब ३ सय मिटर पूर्वतर्फ छ औरही खोला। वर्षामा चुरिया भेगबाट उर्लेर खोलामा बाढी आउँछ। अरू समय खोला सुख्खा रहन्छ। खोला किनारमै पश्चिमपट्टि विपिन महतो र उनको समूहले चुरियामाई बालुवा प्रशोधन उद्योग सञ्चालन गरेका छन्। उद्योगका लागि गैरकानुनी रूपमा खोलाबाट राति-राति तस्करी गरेर कच्चा पदार्थ ल्याउने गरिन्थ्यो। धेरै गहिरोसम्म उत्खनन गर्न सुुरु गरेपछि दुई साताअघि पढाइबाट बिदामा घर आएका ओमप्रकाशले त्यसको वि रोध गर्न सुरु गरेका थिए।

औरही खोला उत्खनन गर्दा बालीनाली बाढीले बगाउँथ्यो। खोलाको बाढीले गाउँ नै डुबाउने खतरा बढिरहेको थियो। क्रसर उद्योगीसँग खोला उत्खनन नगर्न आग्रह गरे। त्यसलाई नसुनेपछि खोला उत्खनन गर्नेहरूको टिपर रोक्न थाले।

गाउँलाई डुबानबाट बचाउन खोज्दा उनले टिपरबाट कि चिएर ज्या न गुमाउनुपरेको छ। गाउँलेले ओमप्रकाशको ह त्या गर्नेलाई कारबाही माग गरेका छन्। बुवा रामजीवनले भने, ‘मेरो छोराको ह त्या रालाई कडा कारबाही हुनुपर्छ।’ जनकपुरबाट राजकरण महतो र  गोविन्द महतोले अन्नापुन्र पोस्टका लागि लेखेको समाचार।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…