पहिलो पटक बजारमा फ्रेम नै नभएको टिभी ल्याउँदै कोरियन कम्पनी सामसुङ

काठमाडौँ — साउथ कोरियन कम्पनी सामसुङले पहिलो पटक बजारमा फ्रेमलेस टिभी लन्च गर्ने भएको छ । विश्व बजारमा विभिन्न विद्युतीय उपकरण बनाउँदै आएको सामसुङले नयाँ नयाँ प्रविधि भित्र्याउने क्रममा सन् २०२० मा फ्रेमलेश ‘एट के’ टिभी ल्याउने तयारी गरेको हो ।

लस भेगासमा २०२० जनवरी ६ मा हुने प्रविधिसम्बन्धी‘कन्ज्युमर इलेक्ट्रोनिक्स सो’ मा यसकाेलन्च हुने भएको छ। यो ६५ इन्च वा सोभन्दा माथिको हुनेछ। लन्च गरेपछि सामसुङले फेब्रुअरी २०२० देखि व्यमवसायिक रुपमा उत्पादन थाल्नेछ।

फ्रेम नभएको टिभीले टिभीको साइज बढाउनेछ। साथै टिभी आर्कषक देखिनुका साथै उत्कृष्ट दृश्य देखिने बताइएको छ । जर्मन साइट ‘फोकेफिल्म’ले सामसुङको टिभीको तस्बिर सार्वजनिक गरेको छ ।

तस्बिरमा स्ट्याण्डसहित एकदम थोरै फ्रेम भएको टिभी देखिन्छ। अरु विशेषताहरु भने खुलाइएको छैन। टिभी ४ के रिजोलुसनको देखिन्छ । जुन अहिलेको धेरै स्मार्ट टिभीको विशेषता हो।

टिभीलाई’क्यू नाइन जिरो जिरो टी’नाम दिइने बताइएको छ। उक्त प्रर्दशनी भेलामा फाइभ जी फोन, टिभी , हेडफोन, क्यामराहरु सार्वजनिक हुने बताइएको छ।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…