यस्तो थियो अढाइ सय वर्ष पहिले पृथ्वीनारायण शाहको ससुराली घर !

अग्लो डाँडाको टुप्पामा पुराना संरचनाहरुको भग्नावशेष । वरिपरि चौपर्खालले घेरिएको । करिब अढाइ सय वर्ष पहिले यहीँ थियो- पृथ्वीनारायण शाहको ससुराली घर ।

कुनै समय स्वतन्त्र राज्य ‘मकवानपुर’ को राजधानी रहेको मकवानपुर गढी सेन वंशीय राजाहरुको राज्य सञ्चालनको केन्द्र थियो । करिब १३२ रोपनी क्षेत्रमा फैलिएको यो गढी नेपालकै सबैभन्दा ठूलो हो । यहाँ अझै पनि पुराना दरबारसहित विभिन्न संरचनाहरु भग्नावशेषका रुपमा छन् ।

हालै संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले प्रवर्द्धन गर्नुपर्ने नयाँ सय वटा पर्यटकीय गन्तव्यमा यो मकवानपुर गढीलाई पनि समेटेको छ ।

मकवानपुरगढी विसं १६१० मा सेन वंशीय राजाको शासनकालमा निर्माण भएको अध्ययनबाट देखिन्छ । मकवानपुरगढी संरक्षणका अभियन्ता केदारप्रसाद न्यौपानेका अनुसार समुद्री सतहबाट एक हजार १९ मिटर उचाइमा रहेको मकवानपुरगढीमा रहेका युद्धमा प्रयोग भएका पुरातात्विक सामग्रीहरु धेरै नै हराइसके ।

विसं १८१९ मा मकवानपुरगढी शाह बंशीय राजाको कब्जामा पर्‍यो । मुकुन्द सेनले स्थापना गरेको यो राज्यमा लुहाङ सेन, राघव नरेन्द्र सेन, हरिहर इन्द्र सेन, शुभ सेन र माणिक सेनले राजकाज चलाएका थिए ।

हेमकर्ण सेनको समयमा गोरखाका राजा पृथ्वीनारायण शाहसँग मकवानपुरको सम्बन्ध गाँसियो । हेमकर्णले आफ्नी छोरी पृथ्वीनारायण शाहलाई दिए । पृथ्वीनारायण शाहले यही सम्बन्धका आधारमा मकवानपुरगढीको सुरक्षा स्थिति बुझेर आक्रमणको योजना तयार गरेका थिए ।

स्थानीयबासीको भनाइअनुसार मकवानपुर गढीमा युद्ध जित्न गाह्रो हुने भएपछि नै पृथ्वीनारायण शाहले चतुर्‍याइँपूर्वक ज्वाइँको सम्बन्ध गाँसेका थिए । नेपाल एकीकरणको उनको अभियानमा मकवानपुर राज्य जित्न जति जरुरी थियो, उति नै कठीन पनि । त्यसैकारण उनले बिवाहमार्फत नै मकवानपुरको सुरक्षा व्यवस्थाका रहस्यहरु बुझेको भनाइ स्थानीयको छ ।

दिग्वन्धन सेन मकवानपुरे सेन वंशीय अन्तिम राजा हुन् । पृथ्वीनारायण शाहले मोहोदम कीर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रुद्र शाह, नन्दु शाह, काजी बंसराज पाँडे, काजी कहरसिंह बस्नेत, काजी नरसिंह बस्नेत तथा काजी अभिमानसिंह बस्नेतको नेतृत्वमा ११०० सेनासहित मकवानपुरमा युद्ध लड्न सेना पठाएका थिए ।

मकवानपुरगढीमा प्राप्त शिालालेख अनुसार विसं १८१९ भदौ ९ गते भएको सो युद्धमा एक सय गोर्खाली र चारदेखि ५ सय मकवानपुरे सेनाले साहदत प्राप्त गरे ।

राज्य छाड्नुपरेपछि राजा दिग्वन्धन सेन भागेर पर्साको हरिहरपुरगढी पुगेको कथन छ । पछि सो गढी पनि गोर्खाली फौजले जितेको थियो ।

काठमाडौंको दक्षिण भागमा रहेको यो राज्य जितेपछि नै गोर्खाली सेना अझ सशक्त भएको थियो । यहाँबाट प्राप्त हतियार अन्य युद्ध लड्न सहयोगी बन्यो ।

भगवान कृष्णको रोचक किंवदन्ती

मकवानपुर गढीभित्र निकै पुरानो बंसगोपालको मन्दिर पनि छ । यो मन्दिरभित्रको रहेको कृष्णको प्रतिमालाई फलामको साङ्लोले बाँधिएको छ । यो सम्बन्धमा एउटा रोचक किंवदन्ती रहेछ ।

कुनै समयमा भक्तजनहरुले यो मन्दिरमा प्रतीकको पाउभरि तोरिका फूलहरु टाँसिएको देखे र पुजारीलाई यसको जानकारी गराए । पुजारीले रातभर जाग्राम बसेर भगवानको चियो गरे ।

थाहा भयो कि कृष्ण भगवान राति-राति मन्दिरबाट निस्केर बाहिर जाने र बिहान भएपछि फर्किने गर्दा रहेछन् । भगवानले यसरी मन्दिर छाड्दा राज्यमा कुनै अनिष्ट आइ पर्न सक्ने देखेपछि मूर्तिलाई साङलोले बाँधेर राखिएको विश्वास यहाँका स्थानीयमा छ ।

मन्दिरका पुजारीको भनाइमा त्यतिबेला कृष्ण भगवान राति नै छतिवनको तोरी फुलेको फाँटसम्म पुगेर फर्किन्थे रे ।

गढीले कुर्दैछ पर्यटक

मकवानपुर गढी दरबार ०१६ सालमा राजा महेन्द्रले उद्घाटन गरेको कान्ति लोकपथसँग जोडिन्छ । मकवानपुरगढी गाउँपालिकामा पर्ने यो गढीले निकै ऐतिहासिक र पुरातात्विक महत्व बोकेको छ । पक्की सडकले जोडिएर पनि प्रचार-प्रसार नभएपछि ठूलो संख्यामा यहाँ पर्यटक पुग्दैनन् । यहाँ सामान्य रुपमा संरक्षण गरिए पनि व्यवस्थित गरेर पर्यटक आकषिर्त गर्न सकिएको छैन ।

हेटौंडाको मुख्य चोकबाट १७ किलोमिटरकै सहज यात्रामा मकवानपुरगढी पुग्न सकिन्छ । दरबारहरुको इतिहासका बारेमा अध्ययन गर्न चाहनेहरुका लागि यो निकै उत्तमस्थल हो ।

यहाँका पुराना दरबार, सुरक्षाका लागि बनाइएका अग्ला पर्खाल, जेलका रुपमा बनाइएका ठूला खाल्डा र किल्लाहरु तथा गढी निर्माणमा प्रयोग गरिएको कला कौशलले सबैलाई मोहित पार्छ ।

अग्लो डाँडामा रहेको गढीबाट अवलोकन गर्न सकिने प्राकृतिक दृश्यहरु पर्यटकलाई लोभ्याउने खालका छन् ।

पुरातात्विक महत्वको मकवानपुरगढी दरबार जीर्ण भएपछि यसलाई संरक्षण गर्न ४० करोड लागत अनुमानसहित गुरुयोजना तयार पनि भएको छ । तर, बजेट अभावले सबै योजना अहिले अलपत्र छन् ।

ऐतिहासिक, पुरातात्विक, धार्मिक र पर्यटकीय दृष्टिबाट महत्वपूर्ण यो स्थानमा पछिल्लो समयमा आन्तरिक पर्यटकहरु आउने क्रम विस्तारै बढेको छ ।

चिसापानी र कोटथुम्की पनि संरक्षणविहीन

मकवानपुर गढीमात्रै हैन, यस जिल्लामा चिसापानी गढी पनि यस्तै जीर्ण अवस्थामा छ । भीमफेदी बजारभन्दा केही माथि र देउराली डाँडाको मुनिपटि्टी भागमा अवस्थित यो गढीमा अझै पनि त्यतिबेला युद्धमा प्रयोग भएको तोपको अवशेष छ ।

चिसापानी गढी उपत्यका र सेन राज्यको सीमानामा पर्ने गढी हो । यहाँ दरबारको भग्नावशेष अझैसम्म देख्न सकिन्छ ।

चिसापानीमा बटुक भैरवको मन्दिर छ, जहाँ महिलालाई प्रवेश निषेध छ । यो गढी पनि त्यतिबेला सीमा रक्षाका लागि नै बनेको थियो ।

त्यसैगरी मकवानपुरको पालुङमा पनि कोट थुम्की गढी छ । तर, त्यसको पनि संरक्षण भएको छैन । यी सबै गढीहरु अहिले अतिक्रमणको चपेटामा परेका छन् ।

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…