उपसभामुखको अडान : पार्टी निर्णय थाहा छैन, राजीनामा दिन्न

काठमाडौं : उपसभामुख शिवमाया तुम्बाहाङफेले पार्टी निर्णय आफूलाई थाहा नभएको बताएकी छन्। शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले राजीनामा दिन निर्देशन दिए लगत्तै उपसभामुख तुम्बाहाङफेले निर्णयबारे आफूलाई थाहा नभएको भन्दै राजीनामा नदिने बताएकी हुन्।

पार्टी सचिवालय बैठकले राजीनामा गराएर सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ अब के गर्नुहुन्छ भन्ने अन्नपूर्णको प्रश्नको जवाफमा उनले राजीनामा नदिने बताएकी हुन्। ‘पार्टी निर्णयबारे मलाई केही जानकारी छैन’, तुम्बाहाङफेले भनिन्, ‘म राजीनामा दिन्न।’

नेकपाबाट उपसभामुख बनेकी शिवमायालाई राजीनामा गराएर सभामुख निर्वाचन प्रक्रिया अगाडि बढाउने गरी नेकपा सचिवालयले केहीबेरअघि उनलाई राजीनामा गराउने निर्णय गरेको छ।

उपसभामुखको राजीनामा पछिमात्र सभामुखको टुंगो लाग्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। सभामुखको टुंगो नलाग्दा पुस ४ गते सुरु भएको हिउँदे अधिवेशनको बैठक फेरि बस्न सकेको छैन।

पुस ११ र १६ गते प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित भएको थियो। अर्को बैठक आइतबार बस्दैछ। नेकपाले शिवमायालाई राजीनामा गराएर सभामुखको टुंगो लगाउने तयारी गरेको छ।

सभामुखको दौडमा नेकपाभित्र पूर्वएमालेको तर्फबाट सुवास नेम्वाङ र पूर्व माओवादीको तर्फबाट अग्नी सापकोटा र पम्फा भुसालको नाम चर्चामा छ। उपसभामुख तुम्बाहाङफेसमेत सभामुखको दाबेदार हुन्।

सभामुख र उपसभामुख एउटै पार्टीको नहुने संवैधानिक प्रावधानले गर्दा उपसभामुखलाई राजनिामा गराएर नेकपाले सभामुखको निर्वाचनमा जाने तयारी गरेको हो।

भर्खरै प्रकाशित

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…

नेपालको परराष्ट्र नीति : खतिवडालाई देखेका बाइडेन पनि अब अर्को…

काठमाडौँ । अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिक छवि कमजोर रहेको चर्चा बारम्बार हुने गर्छ । अरुको त के कुरा भूटानी शरणार्थीको सवालमा नै नेपाल भूटानसंग कुटनीतिक…