नेपालको भूमि कब्जा गर्ने रणनीति अनुरुप एमसीसी लागू गर्न लागिएकाे नेताहरुकाे भनाइ

काठमाण्डाै – तिब्तमाथि कब्जा गरी चीनलाई कमजोर बनाउन नेपालमा इन्डो प्यासिफिक रणनीति अनुरुप रहेको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजनालाई लागू गर्न खोजिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरुले बताएका छन् ।

शनिबार काठमाण्डाैमा आयोपरियोजना लागू गर्न लागिएजित ‘नेपालको सन्दर्भमा एमसीसीको औचित्य’ सम्बन्धी अन्तरकृया कार्यक्रममा नेता देव गुरुङले चीनलाई कब्जा गर्ने अमेरिकाको रणनीति अनुरुप नेपालमा एमसीसी को बताउनुभयो ।

उहाँले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटि बैठकमा यो विषयले प्रवेश पाएपछि चर्चामा आएको र त्यस पछि नेपालमा रहेकाे अमेरिकी दूतावासले समेत इन्डो प्यासिफिक रणनीति अनुरुपकै परियोजना भएको बताइसकेकाले अहिले फरक अवस्था आएको बताउनुभयो ।

उहाँले फरक परिस्थिति आइसकेकाले पार्टीले विचार गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालमा एमसीसी अन्तर्गत हुने सम्झौता असमान रहेको मात्र नभइ नेपालको भूमिमाथि कब्जा गर्ने रणनीति अनुरुप लागू गर्न लागिएको बताउनुभयो ।

कार्यक्रममा नेता लिलामणि पोखरेलले सामान्य लगानी गर्ने प्रकृया र एमसीसीको प्रकृया भिन्न रहेको बताउनुभयो । उहाँले सम्झौता सर्त नै सर्तको भारी भएको समेत बताउनुभयो ।

सम्झौतामा राखिएका प्रावधानहरुले नेपालको संविधानलाई नै तल पारेकोले राष्ट्रिय स्वाधिनता माथि एमसीसीले घात गर्ने उहाँले बताउनुभयो । उहाँले एमसीसीमा भएका कतिपय कुराहरु आखामा नदेखिने तर पछाडिबाट भइराखेको बताउनुभयो ।

त्यसैले संसदबाट एमसीसी समबन्धमा अनुमोदन नहुँदै कार्यान्वयनमा आइसकेकोले यसको बजेट व्यवस्थापन कसरी भइरहेको छ भन्ने प्रश्न समेत गर्नुभयो ।

उहाँले एमसीसी इन्डो प्यासिफिक रणनीति अन्तर्गत भएको पुष्टि अमेरिकी निकायहरुले नै गरिसकेकोले यसको कार्यान्वयनमा जान नहुने बताउनुभयो ।

पछिल्लो समय नेपालमा रहेकाे अमेरिकी राजदूतावासका प्रवक्ताले नै यस क्षेत्रमा जे हुन्छ त्यो अमेरिकाको सैन्य रणनीति (इन्डो प्यासिफिक) अन्तर्गत नै हुन्छ र एमसीसी पनि त्यसै अन्तर्गत भएको स्पस्ट पारिसकेको नेताहरुले बताउनुभयो ।

त्यस्तै अेमरिकी रक्षा सहायक मन्त्री र विदेश सहायक मन्त्रीले पनि यस विषयमा स्पस्ट पारिसकेकाले एमसीसी इन्डोप्यासिफिक रणनीति अनुरुप नै भएको प्रमाणीत भइसकेकोले नेपालले कार्यान्वयन गर्न नहुने उहाँहरुले बताउनुभयो ।

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…