पूर्व मन्त्रीको ‘ड्रागन फ्रुट’ खेती, ६६ कठ्ठा जमिनमा लगाएको ड्रागन फ्रुटले वार्षिक ३५ लाख आम्दानी दिने अनुमान

तुलसीपुर, २६ पुस | पूर्व मन्त्री लोकेन्द्र विष्ट मगरले खेती गरेको ड्रागन फ्रुटले फल दिन शुरु गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ बिजौरीको मरंगवामा ६६ कठ्ठा जमिनमा गरिएको ड्रागन फ्रुट (रातकी रानी)ले फल दिन शुरु गरेको विष्टले बताए ।‘उत्पादनका हिसावले रोपेको करिब ९ महिनापछि फल दिने हो, तर हाम्रो यहाँ ६ महिनामै छिटफु्ट रुपमा फल दिन शुरु गरिसकेको छ, उनले भने–‘यहाँ उत्पादन गरिएको ड्रागन फ्रुटको बिक्रि सामान्य रुपमा भएपनि उल्लेख्य रुपमा शुरु भएको छैन् , शुरुको चरणमा रहेका कारण पनि अलिअलि चाख्दैमा सकिने गरेको छ ।’

असार साउन सम्म फ्रुटले राम्रो फल दिने उनको भनाई छ । ‘मैले लगाएको झण्डै ४/५ टन उत्पादन हुने आशा छ, एउटा बिरुवाले झण्डै ३ देखि ५ केजीसम्म दिन्छ ’ उनले भने–‘बजारलाई समस्या छैन्,अहिले पनि माग आइरहेको छ । बजारमा ड्रागनको प्रतिकेजी मूल्य ७ सयदेखि २ हजारसम्म रहेको उनले बताए । लामो समय राजनीतिमा लागेर अहिले कृषि कर्मलाई निरन्तरता दिएका उनले कृषिका माध्यमबाट रोजगारी दिन र कृषिमा आर्कषण बढाउन आफु लागेको बताएका छन् ।

ड्रागन खेती नै किन गरे ?

स्वास्थ्यका हिसावले राम्रो मानिएको ड्रागनको बारेमा पनि करिब १६ वर्षअघि उनले थाहा पाएका थिए । पोषण तत्व भएको , औषधिको रुपमा पनि प्रयोग गर्न सकिने र मानव शरिरमा भएका रोगहरुका विरुद्ध लड्न सक्ने प्रतिरोधि क्षमता भएको फल ड्रागन फ्रुट हो । दक्षिण अमिरिकी राष्ट्रबाट उत्पति भएको ड्रागन फ्रुट विस्तारै भियतनाम, कम्बोडिया, थाइल्याण्ड, मलेशिया, चिन, भारत र नेपालमा फैलिएको छ ।

‘नेपालमा ड्रागन फ्रुट भित्रिएको करिब १८ वर्ष भएको हो तर गुमनाम रहेको थियो’ उनले भने–‘फल गुमनाम किन थियो भने हामी नेपालीको अन्वेषणकारी चेतना छैन, हामी कपि अथवा कार्बन दिमागका छौ, कसैले केहि ग¥यो भने त्यसकै पछि दौडिने, यसको बारेमा खासै कसैले जान्न चाहेन ।’ सन् २००२ मे महिनामा डा. जगन्ननाथ राईले भियतनाबाट एउटा हाँगो ल्याएर नेपाल पठाएपछि यसको खेती नेपालमा शुरु भएको उनले बताए ।

त्यसपछि उनले थाहा पाए र उनि कृषि तथा सहकारी विभागमा हुँदा नेपालमा यसको खेति गर्न सकिने विषयमा पार्टीभित्र कुरा राखे । पार्टीबाट सबैको सकारात्मक प्रतिक्रिया आएपछि उनले डा. राईबाट करिब १३÷१४ हजार ड्रागन फ्रुटका बिरुवा नेता तथा कार्यकर्तालाई बाँडे । नेता कार्यकर्ताले पहिला त लिए तर पछि वास्ता गरेनन् ।

‘बिरुवा बाँड्ने बेलामा राम्रै साथ पाइन्छ कि भन्ने आशा गरेको थिएँ तर पछि लोकेन्द्र विष्टले दिएका सिउँडी भन्दै लात्ताले हान्दै फाल्नुभएछ, उनले सम्झिए –‘म त्यो अवस्था सम्झिदा निकै दुख लाग्छ, जान्नेलाई पो श्रीखण्ड नजान्नेलाई त खुर्पाको बिड त हो नि हैन र ? ’ ड्रागन फ्रुट उनले चिन भ्रमणमा गएको समयमा खाएपछि झनै यसप्रति आर्कषित भएको बताए । जीवनका गोरेटा राजनीतिमा होमिदा देखिनै उनले ड्रागन फ्रुट खेति गर्ने परिकल्पना गरिसकेका थिए ।

त्यसपछि उनले राजनीनितिक जीवनलाई विश्राम दिएर कृषि कर्म त्यो पनि ड्रागन फ्रुटको खेती गरेका थिए । ‘ नेपालमा पनि ड्रागन फ्रुटको बारेमा निक सम्भावना देखेको छु, उनि भन्छन्–‘आयआर्जनका हिसावले पनि यसको निकै महत्व छ, किनभने अहिले संसारभरमा यस फललाई खानापछि खाने फलको रुपमा लिने गरेका छन्, यो क्रम विस्तारै नेपालमा पनि शुरु भइसकेको छ ।’

दाङमा भएका थुप्रै सिँचाई नपुगेका ठाँउमा ड्रागनको खेतीलाई विस्तार गर्न सकिने उनले बताए । ‘मैले यो ठाँउ जहाँ सिंचाईको प्रशस्त सुविधा छैन्, यस्तो ठाँउमा आउँदा सबै छक्क परेका थिए , उनी सम्झन्छन्–‘कतिपयले प्रश्न पनि गर्नुभयो यस्तो ठाँउमा त्यो पनि पिलर ठड्याउनुभएको छ, कसरी हुन्छ त यसको खेती ?’ड्रागनको खेती नेपालमा तराईदेखि भित्रि मधेशमा गर्न सकिन्छ ।

समुद्र सतहदेखि ८ सय मिटर देखि २५ सय मिटर माथिसम्म यसको खेती गर्न सकिने भएपनि नेपालमा तराईमा मात्रै अलि बढी ड्रागनबाट फाइदा लिन सकिने उनले बताए । राजमार्ग अनलाइन साभार 

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…