यस वर्ष मुस्ताङमा २७ हजार स्याउका बिरुवा माग

मुस्ताङका कृषकहरुले यस वर्ष २७ हजार स्याउका बिरुवा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनसँग माग गरेका छन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोन मुस्ताङका प्रमुख माधव लम्सालले पचास प्रतिशत अनुदानमा बिरुवा वितरण गरिने जानकारी दिए।

प्रतिबिरुवा एक हजार एक सय ५० पर्ने हाई डेन्सिटी पाल्ट कृषकलाई प्रतिबिरुवा पाँच सय ७५ मा र प्रतिबिरुवा ७० पर्ने रेड डेलिसियस जातको स्थानीय स्याउ प्रतिबरुवा ३५ मा वितरण गरिने कार्यालयले जनाएको छ। २७ हजार बिरुवाको माग भएकामा १५ हजार हाई डेन्सिटी पाल्ट र १२ हजार रेड डेलिसियस स्थानीय जातको स्याउको बिरुवा वितरण गरिने प्रमुख लम्सालले बताए।

मुस्ताङको स्याउले बजार र उचित मूल्य पाउन थालेसँगै कृषकहरु स्याउ खेतीप्रति आकर्षित भएका छन्। मुस्ताङको लेते, घाँसा र कुञ्जो बाहेकका क्षेत्रमा व्यावसायिक स्याउ खेती हुन्छ। “जिल्लाभर एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकोमा सात सय हेक्टरमा उत्पादन हुन्छ”, लम्सालले भने, “कृषक र व्यापारीहरुबाट सङ्कलित विवरणअनुसार यस वर्ष छ हजार पाँच सय मेट्रिक टन स्याउ निकासी भएको तथ्याङ्क प्राप्त भएको छ।”

मुस्ताङमा मार्फास्थित शितोष्ण बागवानी विकास केन्द्रले स्याउलगायत फलफूल र तरकारीको बिरुवा तथा बिउ उत्पादन गर्दै आएको छ। यतिबेला मुस्ताङका कृषकहरु स्याउको बगैँचाको व्यवस्थापनमा जुटेका छन्। स्याउ बगैँचा व्यवस्थापनका लागि कृषकको मागअनुसार स्याउ जोन कार्यालयले औजार, विषादी, नीलोतुथो, स्प्रे, चुना, सर्व आयल, हाते ट्र्याक्टर, ढुवानीका लागि प्याक, स्याउ व्यवस्थापन सामग्री आदिमा सहयोग गर्ने स्याउ जोन सञ्चालक समितिका संयोजक जयेन्द्र थकालीले बताए।

गण्डकी प्रदेश सरकारले पनि अनुदानमा स्याउका बिरुवा स्याउ जोनमार्फत कृषकलाई वितरण गर्ने प्रदेशसभा सदस्य महेन्द्रबहादुर थकालीले बताए। मुस्ताङसमेत कार्यक्षेत्र भएको कृषि ज्ञान केन्द्र म्याग्दीले पनि स्याउ खेतीसम्बन्धी कार्यक्रम तथा योजना सञ्चालन गरेको छ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…