नेपालकै पहिलो पार्टी बस सञ्चालनमा : बार, म्यूजिक सिस्टम, छुट्टै स्मोकिङ क्याबिन र डान्स फ्लोर पनि

काठमाडौं । नेपालकै पहिलो पार्टी बस सञ्चालनमा आएको छ । गैरआवासीय नेपालीहरुको लगानीमा स्थापना गरिएको रियल इकोनोमिक सेष्टेनेवल सोसाइटी नेपाल (रेस नेपाल) ले पहिलोपटक पार्टी बस सञ्चालनमा ल्याइएको हो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सहयोग पुर्याउने उद्देश्यले यो बस सञ्चालनमा ल्याएको कम्पनीका निर्देशक अशोक शर्माले बताए शुक्रबार औपचारिक रुपमा उद्घाटन गरिएको यो बस एक साताभित्र व्यावसायिक रुपमा सञ्चालनमा आउने कम्पनीले जनाएको छ ।

सभित्र छिर्दा नै कुनै बार वा क्लबमा पुगेजस्तो देखिन्छ । बसमा बार, म्यूजिक सिस्टम, छुट्टै स्मोकिङ क्याबिन, डान्स फ्लोर, टेलिभिजन, मोबाइल चार्जिङसहित एयर कन्डिसनरसहित वाईफाईको सुविधा राखिएको छ । ४० सिटको बस भए पनि ३० जनासम्म मात्रै बस्ने गरी सोफाहरु राखिएका छन् ।

केके छन् सेवा ?

हप अन, एयरपोर्ट लैजाने–ल्याउने, निजी इभेन्ट तथा स्पेसल पार्टी दिन सकिने कम्पनीले जनाएको छ । बसभित्र फ्रिज, खाना तातो बनाउने सामग्री भए पनि किचन भने छैन । काठमाडौं उपत्यकामा गरिने दुई घण्टाको शुल्क १ हजार रुपैयाँ पर्नेछ । यो बेलुका ६ देखि ८ वा राति ९ देखि ११ बजेसम्म मात्रै हुने छ ।

यो गाडी विभिन्न निजी कार्यक्रमका लागि उपयोगी रहेको कम्पनीले जनाएको छ । ३० जनासम्मका लागि जन्मोत्सव, विवाह पार्टी, कर्पोरेट इभेन्टसहित अन्य आवश्यकताअनुसारको कार्यक्रम गर्न सकिने कम्पनीले जनाएको छ ।

कति लाग्छ शुल्क ?

कम्पनीले विभिन्न समयका लागि फरक फरक शुल्क तोकेको छ ।तीन घण्टा समयको बुकिङ्ग गर्न ३५ हजार रुपैयाँ र तीन घण्टापछि प्रत्येक घण्टा १० हजार रुपैयाँ बढाएर शुल्क लाग्ने छ । यस्तै ६ घण्टाको लागि ५५ हजार र ६ घण्टापछि प्रत्येक घण्टाको १० हजार थप लाग्ने कम्पनीले जनाएको छ । १२ घण्टाका लागि बुकिङ्ग गर्दा ८५ हजार रुपैयाँ शुल्क लाग्छ । १२ घण्टापछि प्रत्येक घण्टा थप १० हजार रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

एयरपोर्ट लैजान–ल्याउन एकतर्फी २० हजार र दुईतर्फ ३५ हजार रुपैयाँ लाग्नेछ । कम्पनीले आयोजना गर्ने विशेष पार्टीका लागि जनही १ हजार रुपैयाँ लाग्नेछ । सुरक्षाका दृष्टिकोणले गाडीमा ८ वटा सीसी क्यामेरा जडान गरिएको छ भने कम्पनीले आयोजना गर्ने विशेष पार्टीका लागि जनही १ हजार रुपैयाँ लाग्ने र त्यसका लागि वेबसाइटबाट बुकिङ्ग गर्नुपर्ने कम्पनीले जनाएको छ ।यो गाडी ३–४ घण्टा दुरीसम्मको अवधारणामा ल्याएको निर्देशक शर्माले बताए ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…