जाडोमा घाम ताप्दै बदम खाए मोटोपना घटाउन गर्छ मद्दत

बदान बाह्रै महिनामा पाइने भएपनि जाडो मौसममा घाम ताप्दै बदाम खानेहरु बढी हुन्छन् । जाडो मौसमको न्यायो घाममा साथीहरु जम्मा भएर बदाम खादा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निकै फाइदाजनक हुन्छ ।

बदाम प्रोटिनको श्रोत मानिन्छ । यसमा प्रशस्त मात्रामा प्रोटिन रहेको हुन्छ । शरीरको वृद्धि विकासका लागि प्रोटिन नभइ नहुने तत्व हो। बदाम बढ्दो उमेरका केटाकेटी तथा वृद्धवृद्धाका लागि राम्रो मानिन्छ ।

नियमित बदाम खादा हुने फाइदा

मोटोपना घटाउन

बदाम खाँदा पेट छिटो भरिने भएकाले तुरुन्तै अर्को खाने कुरा खान मन लाग्दैन ।जसले गर्दा शरीरले अनावश्यक क्यालोरी लिन पाउँदैन । यसले गर्दा मोटोपन भएकाहरुको सजिलै तौल घट्न सक्छ ।

रोगप्रतिरोधात्मक शक्ति बढाउँछ

नियमित बदाम खाँदा मुटुसम्बन्धी समस्याबाट बच्न सकिन्छ। बदाम खाने व्यक्तिमा डिप्रेसनका समस्या एकदम न्यून हुन्छ । क्यान्सरबाट बचाउँछ स् बदाममा ुफाइटोस्टेरोलु नाम गरेको तत्व हुन्छ । यसले सामान्यतया ट्युमरलाई नियन्त्रण गर्छ र क्यान्सर हुनबाट जोगाउँछ।एक अध्ययनअनुसार हप्ताका दुई पटक बदाम खाने महिलामा ५८ प्रतिशत र पुरुषमा २७ प्रतिशत कोलोन क्यान्सरको खतरा कम हुन्छ ।

फोलिक एसिड

बदाममा प्रशस्त मात्रामा फोलिक एसिड रहेको हुन्छ। यसले महिलामा प्रजनन् क्षमता बढाउँछ । यसका साथै गर्भमा रहेको शिशुको वृद्धिविकासमा पनि ठूलो भूमिका खेल्छ ।विभिन्न अध्ययनले देखाएको छ कि गर्भवती हुनुअघि वा पछि नियमित बदाम खाएका आमाबाट जन्मिने शिशु स्वस्थ जन्मिन्छन्।यसका साथै जन्मिएका शिशुमा मुटुसम्बन्धी खतरा निकै कम हुन्छ ।

छाला चम्किलो बनाउन

बदामले अौषधिको काम पनि गर्छ । यदि अनुहारको छालामा फुस्रो वा दाग छ भने बदामको प्रयोग गरी सुन्दर छाला बनाउन सकिन्छ ।नियमित बदाम खाएमा छालामा हुने सुख्खा वा खस्रोपनाबाट बचाउँछ ।

कपालकाे लागि

नियमित बदाम खाँदा कपालको सुन्दरतामा वृद्धि हुन्छ । बदाममा कपाल लामो र सुन्दर बनाउने तत्व रहेको हुन्छ । यसको सेवन गर्दा कपाल झर्ने टुक्रने तथा फुस्रो हुने समस्या आउँदैन । त्यसैले बदामको नियमित सेवन गर्नु बुद्धिमानी मानिन्छ ।

भिटामीन सी पाउन

बदाममा भिटामिन सी पाइन्छ । यसले घाँटी खसखस हुने वा सुख्खा हुनबाट बचाउँछ । साथै नियमित बदाम खाएमा रुघाखोकीको जोखिम कम रहन्छ ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…