युक्रेनको विमान इरानी मिसाइलले नै खसालेको अमेरिकाको दाबी, अब इरानसँग आणविक हतियार हुँदैन : ट्रम्प

तेहरान :  बुधबार इरानमा भएको विमान दु’र्घटना, भवितव्य नभइ इरानको मिसाइल आ’क्र’मणबाट खसेको दाबी अमेरिकाले गरेको छ । युक्रेनी यात्रुबाहक जेट दु’र्घ’टना नभइ मिसाइल आ’क्र’मणमा खसेको भिडियो विश्लेषणमा खुलेको न्यूयोर्क टाइम्सलाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।

इरानले अमेरिकी जा’सुसी विमान ठानेर मि’साइल प्र’हार गरेको दाबी गरिएको छ । विमान खस्नुअघि इरानी मिसा’इलले विमानलाई लागेको थियो। त्यसलगत्तै विमान दु’र्घट’नाग्रस्त भएको थियो। उक्त बोइङ–७३७ विमानमा सवार सबै १७६ यात्रुको ज्यान गएको थियो।

न्यूयोर्क टाइम्सकाअनुसार भिडियोमा विमान खस्नुअघि सानो वि’ष्फोट भएको देखिन्छ। भिडियोमा विमान विमानस्थल फर्किनुअघि केही समयसम्म पनि चक्कर लाएर उड्ने प्रयास गरेको छ। त्यसपछि विमान विष्फोट हुन्छ। त्यहाँ ठूलो विष्फो’टको आवाज सुन्न सकिने पत्रिकाले लेखेको छ।

उक्त भिडियो एक अनुन्धता तथा पत्रकारले खिचेको सीएनएनलाई उद्धृत गर्दै अलजजिराले लेखेको छ। उनले दुई मिसा’इल आकाशमा देखेपछि त्यसको भिडियो लिन थालेको न्यूयोर्क टाइम्सले बताएको छ। पत्रिकाकाअनुसार उनले ‘एक किसिमको पड्कि’एको आवाज’ सुनेपछि भिडियो खिच्न थालेका थिए। सोही बेला विमानलाई मिसा’इलले लागेको भिडियो रेकर्ड हुन गएको बताइएको छ।

इरानले भने उक्त विमान आफ्नो मिसा’इलका कारण नखसेको बताएको छ। इरानी राष्ट्रिय टेलिभिजनमार्फत सरकारका प्रवक्ता अली राबेइले अमेरिकाले भ्रा’मक समाचारमार्फत इरानलाई बद’नाम गराउने प्रपञ्च रचेको आ’रोप लगाए । ‘सबै समाचारहरुरू मानसिक रूरुपमा इरानवि’रुद्ध निर्माण भएका छन्’, उनले भनेका छन्, ‘हामी ब्लाक बक्सको अनुसन्धानका लागि ती सबै सवार नागरिक देशका प्रतिनिधि, बोइङ जहाजका प्रतिनिधि पठाउन आग्रह गर्छौँ ।’

अब इरानसंग कहिलै आणविक हतियार हुनेछैन :  ट्रंप 

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग अब कहिल्यै आ’णविक ह’ तियार नहुने जिकिर गरेका छन् ।

बिहीबार ट्रम्पले यस्तो दावी गरेका हुन् । तेहरान अमेरिकी प्रतिबन्धको पीडा भोगिरहेको पनि उनले बताए । ‘इरान अहिले गडबड छ । उनीहरु आफ्नो मुलुकको अर्थतन्त्र छिटो भन्दा छिटो सुधार्न सक्छन् । हेरौँ, उनीहरु सम्झौता गर्छन् कि गर्दैनन् !,’ ट्रम्पले ह्वाइट हाउसको एक कार्यक्रममाझ भनेका हुन् ।

इरानले मिसाइल आ’क्र’मण गरेपछि उसमाथि अमेरिकाले नयाँ प्रतिबन्ध लगाएको हो । इरानी टेलिभिजनले भने कमाण्डर कुसाम सुलेमानीको ह’त्या’को बदलाको रुपमा आ’क्र’मण गरिएको जनाएका छन् ।

‘इरानसँग आ’णवि’क ह’ति’यार कहिल्यै हुनेछैन । उनीहरुले त्यो बुझेका छन् । हामीले उनीहरुलाई कडा रुपमा भनिसकेका छौँ,’ ट्रम्पले भने ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…