के तपाई जाडोमा कपाल झर्ने समस्याबाट पीडित हुनुहुन्छ ? यस्ता छन् डा. धर्मेन्द्र कर्णको सुझाव

पाल झर्ने समस्या हरेकले भोगेको समस्या हो । कसैको सामान्य अवस्थामा कपाल झर्छ भने कतिको अस्वाभाविक रूपमा । कपाल झर्नुको पछाडि विभिन्न कारण हुन सक्छन् । बेलैमा कारण पत्ता लगाएर सावधानी अपनाउने हो भने यो समस्याबाट छुटकारा पाउन सकिन्छ । कपाल झर्ने समस्या र यसका समाधानबारे क्युटिज केयर वानेश्वरका वरिष्ठ छाला तथा सौन्दर्य विशेषज्ञ प्रो.डा. धर्मेन्द्र कर्णको सुझाव यस्तो छ ।

जाडो यामको सुरुवातसँगै कपाल झर्ने र चाया पर्ने समस्याले धेरैलाई पिरोलेको हुन्छ । सामान्यतया कपाल दिनमा १०० वटा झर्नै पर्छ । यदि हामी हप्तामा एक दिन मात्र नुहाउँछौँ भने ७ दिनमा ७०० कपाल झर्नुलाई सामान्य मानिन्छ ।

वसन्त ऋतुमा रूखका पात झरेर हरियो पात पलाउन थालेजस्तै हाम्रो पनि कपाल झर्छ र नयाँ पलाउँछ । यो सामान्य चक्र हो । तर त्यसबाहेक पनि अझ बढी कपाल झरेको छ भने चाहिँ केही समस्याले झर्दै छ भन्ने बुझ्नु पर्छ । सामान्यत कपाल झर्नुको मुख्य दुई कारण हुन्छन् । स्कारिङ एलोपेसिया खत भएर (चोटलागेर) कपाल झर्नु र नन स्कारिङ एलोपेसिया (खत नभएर पनि कपाल झर्नु) ।

स्कारिङ एलोपेसिया

चोट पटक लागेर, पोलेर, घाउ खटिरा आएर र फङ्गल इन्फेक्सनबाट कपाल झर्नुलाई स्कारिङ एलोपेसिया भनिन्छ । स्कारिङमा कपाल जरैबाट नष्ट भएको हुन्छ, यस्तोमा कपाल पुनः पलाउने अवस्था हुँदैन ।

नन स्कारिङ

नन स्कारिङमा वंशाणुगत कारण मुख्य मानिन्छ । हर्मोनमा आउने परिवर्तनले कपाल झर्ने गर्छ । त्यसैगरी कुनै रोगका कारण पनि कपाल झर्न सक्छ । कपाल झर्नुका अन्य कारणहरू पनि छन् ।

–स्ट्रेस कपाल झर्नुको अर्को मुख्य कारण हो ।

–मानिसको जीवनमा आउने परिवर्तनहरू जस्तोः विवाह हुनु, बच्चा जन्मनु कपाल झर्ने अर्को अवस्था हो ।

–महिनावारी नियमित नहुने, इमरजेन्सी पिल्स खाने महिलाहरूमा कपाल झर्ने समस्या बढी पाइन्छ ।

–मोटोपना पनि कपाल झर्नुको अर्को कारण हो ।

–थाइराइड भएका मनिसमा कपाल झर्ने समस्या बढी हुन्छ ।

–जङ्क फुड धेरै खानेहरूमा पौष्टिक आहारको कमी हुन्छ, जसले गर्दा कपाल झर्ने समस्या बढ्छ ।

–अपत्यारिला खबरहरू सुन्दा पनि त्यसको असर कपालमा पर्छ । कुनै घटनाबाट झड्का लाग्दा मानिस मानसिक रूपमा कमजोर बन्ने भएकाले यसको असरले कपाल झर्छ ।

–नेपालीमा विशेष गरेर भिटामिन डी डिफिसियन्सी हुन्छ । यो पनी कपाल झर्नुको अर्को कारण हो । ९० प्रतिशत कपाल झर्ने समस्या भएका बिरामीमा भिटामिन डी डिफिसियन्सी पाइएको छ । त्यस्तै भिटामिन बी१२ को कमी अनि आइरनको कमीले पनि कपाल झर्छ ।

–कपाल झर्नुमा कपालको स्याहार गर्ने खराब तरिका पनि अर्को कारण हो । कसैले कपालको स्याहार नगरेर झर्छ भने कतिको स्याहार बढी गरेर झर्छ ।

–बढ्दो केमिकलको प्रयोगले कपाल झर्ने मात्र होइन, चायाको समस्या पनि झनै बढेको छ । जस्तोः स्याम्पु, हेयर कलर, ड्रायरको प्रयोग ।

–चाया भनेको फङ्गल इन्फेक्सन हो, जुन ओसिलो ठाउँमा बढी हुन्छ । कपाल नुहाएपछि राम्रोसँग नसुकेमा चायाको समस्या बढ्छ ।

कपाल झर्ने र चायाको समस्याको समाधान

–रेगुलर कपालमा तेलको प्रयोग गर्ने । विशेष गरेर एन्टिसेफ्टिक, एन्टिफङ्गल, एन्टिब्याक्टेरियल इफेक्ट भएका तेलहरूको प्रयोग गर्नुपर्छ । यस्तोमा नरिवलको तेल सबैभन्दा उत्तम मानिन्छ ।

–नेचुरल कलर भएका तेलको मात्र प्रयोग गर्ने ।

–स्मेल भएका र कलर देखिने तेलको प्रयोग नगर्ने ।

–रगडेर स्याम्पु गर्दा कपाल बिग्रन सक्छ त्यसैले बिस्तारै मसाज गर्दै पानीले पखाल्नु उचित हुन्छ ।

–टाबेलले रगडेर कपाल सुख्खा बनाउँदा झर्न सक्छ त्यसैले सकेसम्म कपाललाई आफै सुक्न दिनुपर्छ ।

–हेयर ड्रायरको प्रयोग धेरै नगर्ने ।

–कपाल राम्रोसँग सुकेपछि मात्र कपाल बाँध्ने । चिसैमा बाँध्दा कपालमा चाया पर्न सक्छ ।

–चिसैमा कपाल कोर्ने बानीलाई परिवर्तन गर्नुहोस् । कपाल सिल्की खालको छ भने सुख्खा भएपछि ठूलो दात भएको काइँयोले कोर्नुपर्छ तर कर्ली कपाल छ भने चिसैमा कोर्दा राम्रो हुन्छ ।

–कपाललाई कसिनेगरी बाँध्नाले टुक्रिन सक्छ र झर्न पनि सक्छ । त्यसैले खुकुलोसँग बाँध्ने र बेला बेला हेयर स्टाइल पनि परिवर्तन गरिराख्दा झर्न पाउँदैन ।

–सकेसम्म हेयर कलर, मेहेन्दी, स्ट्रेट गर्ने अनि कर्ली गर्दा केमिकलले कपाललाई मात्र होइन, स्किनलाई समेत असर गर्छ ।

–धेरै कोर्दैमा कपाल राम्रो हुन्छ भन्ने कुरा गलत हो । त्यसैले कपाल धेरै नकोर्दा कपाल झर्ने समस्या कम हुन्छ ।

कपालको हेरचाह गर्ने तरिकामा परिवर्तन ल्याउँदा पनि कपाल झर्न रोकिएन भने डाक्टरको सल्लाह लिन सकिन्छ ।

(यो लेख टुना भट्टले रातोपाटीको लागि लेख्नु भएको हो।  तस्विर : कृष्ण खड्का रातोपाटीडटकम)

भर्खरै प्रकाशित

कतारमा गोल्डस्टार जुत्ताको शोरुम, अनलाइनबाट पनि किन्न सकिने

काठमाण्डाै । स्वदेशी उत्पादनबाट नै देशको औद्योगिक क्षेत्रमा सफल स्थान बनाउन सफल गोल्ड स्टार फुटवेयरको कतारमा पनि बिक्री सुरु हुने भएको छ । अहिले कतार…

के भुवन केसी र शिव श्रेष्ठले राजेश हमाललाई ‘महानायक’ मान्न…

एक दशक अगाडि नायक राजेश हमाललाई नेपाल चलचित्र प्राविधिक संघले दिएको ‘महानायक’को उपाधि अझै पनि विवादित छ । न त, यो विवादमा नायक हमालले आफूलाई…

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…