अवैध गिट्टी बालुवा उत्खनन्‌को विरोध गर्दै आएका युवकलाई ट्रिपरले कि’चेर ह’त्या

जनकपुरधाम : अवैध गिट्टी बालुवा उत्खनन्‌को पटक–पटक विरोध गर्दै आएका युवकलाई ट्रिपरले कि चेर ह त्या गरिएको छ। धनुषाको औरही खोला उत्खनन्‌को विरोधमा प्रहरी प्रशासन सम्म पुगेका युवकलाई सोही खोलामा ट्रिफरले किचेर शुक्रबार हत्या भएको स्थानीयको आरोप छ।

धनुषाको मिथिला नगरपालिका–५ श्रीपुर बस्ने राम जीवन महतोको २४ वर्षीय छोरा दिलीपकुमार महतो ‘ओमप्रकाश’को औरही खोलामा ट्रिपरले कि चेर ह त्या भएको हो। शुक्रबार बिहान साथी रोशन यादवसँग खोलामा मोर्निङ वाक गएको समयमा ना ७ ख ६४१३ नम्बरको ट्रिपरले कि चेको थियो।

घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर श व निय न्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ। ट्रिपर इलाका प्रहरी कार्यालय ढल्केबरले आफ्नो नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक राममेश्वर कार्कीले जानकारी दिए। घटनाको प्रकृति हेर्दा नियोजित रुपमा ट्रिपरले कि चेर दिलिपको ह त्या गरेको हुन सक्ने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक रामकुमार यादवले बताए।

घटनापश्चात् ट्रिपर चालक फरार छन्। उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले बताए। गाउँलाई नै जोखिममा पर्ने गरी औरही–बसही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन्‌को दिलिपको नेतृत्वमा गाउँलेले वि रोध गर्दै आएको थिए। रिसिबी साँध्न क्रसर सञ्चालकले योजनाबद्ध रुपमा दिलीपको ह त्या गरेको स्थानीय उमेश कुशवाहाको आरोप छ।

यता घटनाको विरोधमा गाउँलेले पूर्व–पश्चिम राजमार्ग बिहानैदेखि अवरुद्ध गरेका छन्। मिथिला नगरपालिका ५ श्रीपुर रामलक्ष्मण चोकमा स्थानीयले टायर बालेर राजमार्ग अव रुद्ध गर्दै दोषीलाई का रवाहीको माग गरेको छ।

भर्खरै प्रकाशित

सीता दाहालको व्यथामाथि किन नूनचूक छर्छन् केपी ओली?

काठमाडौं। सातौं संविधान दिवसका अवसरमा आइतबार सरकारले विभिन्न पदकहरूद्वारा ९०० भन्दा बढी व्यक्तिलाई सम्मानित गर्‍यो। त्यसमध्ये गणतान्त्रिक आन्दोलनका योद्धा कमरेड सीता दाहाललाई प्रवल जनसेवाश्री पदकद्वारा…

सञ्‍चालन नहुँदै सकियो रेल इन्जिनको वारेन्टी, अध्यादेश निष्क्रिय भएपछि रेल…

जनकपुर । जयनगरदेखि कुर्थासम्म चल्ने गरी भारतसँग खरिद गरिएका दुई रेल इन्जिन र बोगीको वारेन्टी सञ्चालन नहुँदै आइतबारदेखि सकिएको छ । गत वर्ष असोज ३…

अमेरिका छिर्ने क्रममा ५ दर्जन नेपाली जर्मनीमा पक्राउ

पेरिस । काठमाडौंबाट दुबई, मस्को र मेक्सिको हुँदै गैरकानुनी रूपमा अमेरिका छिर्न खोज्ने झन्डै पाँच दर्जन नेपाली फ्र्यांकफर्ट विमानस्थलमा पक्राउ परेका छन् । यही रुटबाट…

एमालेमा ७० वर्षे उमेर हद कायमै, सबै पदाधिकारी निर्वाचित हुने

३ असोज, काठमाडौं । नेकपा एमालेको दशौं महाधिवेशनमा पनि ७० वर्षे उमेर हद कायमै राख्ने प्रस्ताव गरिएको छ । आइतबार शुरु भएको स्थायी कमिटी बैठकमा…

दाङमा ‘हनी ट्र्याप’मा पारेर पैसा असुलेको अभियोगमा तीन महिला पक्राउ

दाङ । एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा तीन महिला पक्राउ परेका छन् । होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा…