ईरानले मिसाइल प्र हार गरि युक्रेनकाे यात्रु विमान खसालेकाे क्यानाडेली प्रधानमन्त्रीको खुलासा

काठमाण्डाै – क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसहित पश्चिमी देशका केही नेताले ईरानी मिसाइलले युक्रेनी यात्रु विमान खसालेको बताएका छन् ।

क्यानडा र बेलायतका नेताले विमान दुर्घटनाको पूरै जाँच गर्न मागसमेत गरेकाे बिबिसीले जनाएको छ । यात्रु बाेकेकाे युक्रेनी विमान तेहरान विमानस्थलबाट उड्ने बेलामा गएकाे बुधबार दु र्घ टना हुँदा त्यसमा रहेका सबै एक सय ७६ जनाकाे ज्या न गएकाे थियाे ।

जस्टिन ट्रुडोले केही महत्वपूर्ण माध्यमबाट आफूलाई युक्रेनको विमान ईरानले जमिनबाट मार हान्ने मिसाइलले आ क्र मण गरी खसालेको खबर पाएको बताएका छन् । हवाई जहाज दु र्घ टनामा क्यानडाका ६३ जना नागरिक थिए ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले पनि ट्रुडोको भनाइप्रति सहमति जनाउँदै क्यानडा र बेलायत मिलेर यसबारे थप खोजी गरिरहेको बताएका छन् ।यसअघि पनि अमेरिकी सञ्चारमाध्यमले इरानले गलत तरिकाले युक्रेनी विमान खसालेको बताएका थिए ।

अमेरिकी न्युज च्यानल सीबीएसका अनुसार अमेरिकी अधिकारीहरुले युक्रेन इन्टरनेशनलको बोइङ ७३७ विमानलाई ईरानको मिसाइलले हा नेको बताएका छन् ।  यद्यपि ईरानले भने यी सबै आरोप नकारेको छ ।

तर युक्रेनले संयुक्त राष्ट्रसँग विमान दु र्घ टनाको जाँचमा बिना शर्त समर्थन मागेको छ ।

युक्रेनले पहिले नै विमान दुर्घटनाको कारण मिसाल प्र हार त होइन ? भनेर जाँच गरिरहेको बताएको थियो । त्यो समय ईरानले यो आशङ्कालाई खारेज गरेको थियो ।
ईरानले इराकमा रहेको अमेरिकी सैनिक अड्डामा मिसाइल प्र हार गरेको केही समयमा नै युक्रेनी विमान दु र्घ टनाग्रस्त भएको थियो ।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…