भोलि शुक्रबारबाट स्वस्थानी व्रतकथा, यो वर्ष अत्याधिक शुभ रहने

काठमाडौं । यस वर्षको स्वस्थानि व्रत पुष २५ गते सुरु हुदै छ । व्रत लिनेहरुका लागि पनि पुष २४ गतेबाट अस्त भएका देब गुरु बृहस्पति उदय भएकाले पनि व्रत आरम्भ गर्ने कुनै समस्या नभएको ज्योतिषीहरुले जनाएका छन । यस पटक शुक्रबारबाट व्रत आरम्भ हुने भएकाले अति नै शुभ संयोग मानिन्छ ।

भोलि लाग्ने भनेर भनिएको चन्द्र ग्रहणले नेपालमा कुनै पनि प्रकारको दोष नरहने र व्रत लिन चाहनेले लिन सक्ने कुरा दक्षिण एसियाली ज्योतिष महासंघका महासचिव सुरेश चन्द्र रिजालले बताएका छन् ।

पौष शुक्ल पक्षको पूर्णिमा देखि माघ शुक्ल पक्षको पूर्णिमा सम्म करिब एक महिना सम्म लिने पवित्र व्रत हो स्वाथनी । हिमालयकी पुत्री पार्वतीले महादेव स्वमी पाउ भनी वाग्मतीको किनारमा बालुवाको शिवलिङ्ग बनाई श्री स्वस्थानीको व्रत बसेर मनोकाङ्क्षा पूरा भएपछि उनकै आज्ञाअनुसार लोककल्याणका लागि पृथ्वीमा बसोवास गर्नेहरुको सुख, शान्ति ऐश्वर्य प्राप्त होस कसैले दुख कष्ट भोग्न नपरोस भनेर प्रारम्भ भएको विभिन्न पुराणहरुमा उल्लेख गरिएको छ ।

स्वस्थानीको व्रतको सुरुआत भगवान् विष्णुको सल्लाहमा पहिलो पटक पार्वतीले गरेको पुराणहरुमा उल्लेख छ । महादेवकी पत्नी सतीदेवीले आफ्ना बाबुले गरेको यज्ञकुण्डमा प्राण त्यागेपछि हिमालय र मेनकाकी छोरी पार्वतीका रुपमा उनको जन्म भएको हो ।

आसल सन्तान र सुख सम्पत्तिको तथा मनले चाहेअनुसार बिबाहको कामना सहित गरिने व्रत हो । बिधि पुर्वक बिहान र बेलुका स्वस्थानीको कथा पारायण गर्नु पर्ने छ ।

स्वस्थानी व्रतकथाभित्र आउने लगभग सबै तीर्थहरु नेपालमै छन । विशेषगरी काठमाडौंभित्र रहेका छन । कथाका विभिन्न प्रसङ्गमा आएका गुह्येव्वरी, गोकर्ण, श्लेष्मान्तक वन, किरातेश्वर, गौरीघाट, वाग्मती तथा शालीनदी जस्ता क्षेत्रको विशेष वर्णन गरिएको छ ।

स्वस्थानीमा वर्णन गरिएको लावण्य देश अर्थात शालीनदीमा एक महिना सम्म मेला गाग्ने गरेको छ । मुलुक भर शिवको मन्दिरमा पुजा तथा स्वस्थानीको पाठ सुन्ने प्रचलन रहिआएको छ ।

भोलिबाट सुरु हुन लागेको स्वस्थानी व्रत लिनेहरुका लागि कुनै प्रकारका अशुभ तथा नराम्रो योग नभएकाले व्रत लिन हुने कुरा जोतिष तथा वास्तुशात्री रिजालले जानकारी गराएका छन ।

यो बर्ष शुक्रबारदेखि व्रत सुरुआत हुन लागेकाले यसलाई विशेष रुपमा हेरिने गरेको विज्ञहरु बताउनछन् । सबैखाले चन्द्र ग्रहणको दोष नलाग्ने भएकाले यस्ता ग्रहणको महत्त्व नरहने समेत जानकारी गराएका छन ।

भर्खरै प्रकाशित

कुकुर पाल्न महानगरमा दर्ता गर्नुपर्ने

पोखरा महानगरपालिकाले कुकुर पालनका लागि दर्ता गर्नुपर्ने नियम बनाएको छ । पोखरा क्षेत्रमा स्थानीयवासीले छाडेका कुकुरका कारण वातावरणमा असर परेको भन्दै महानगरले कुकुर दर्ता प्रक्रिया…

प्रचण्डसँग चुनाव लड्न तयार छु : बादल

८ असोज, चितवन । नेकपा एमालेका नेता रामबहादुर थापा (बादल)ले आगामी निर्वाचनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग लड्न तयार रहेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा…

कोभ्याक्सिन लगाएका मोदी अमेरिका पुगेपछि अनुमति कसरी पाए भन्दै बहस…

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिकाको यात्रामा छन् । आफ्नो भ्रमणमा उनी संयुक्त राष्ट्र महासभालाई सम्बोधन गर्नेछन् । त्यसअघि उनले अमेरिकाका केही अन्य देशका राष्ट्राध्यक्ष तथा…

पूर्व आईजीपीको घरबाट एभोकाडो चोरेको आरोपमा एक दर्जन युवा पक्राउ

पूर्व आईजीपीसहित काठमाडौंका विभिन्न व्यक्तिहरुको घरबाट एभोकाडो चोरेको आरोपमा १ दर्जन युवालाई प्रहरीले पक्राउ गरेको छ । नयाँ बानेश्वर संगमचोकस्थित हजारीमार्गमा रहेको पूर्व आईजीपी मोतिलाल…

सवै स्मार्ट फोनको एउटै चार्जर बनाउन युरोपेली संघको दबाब

ब्रसेल्स । युरोपेली संघले सवै स्मार्ट फोनमा एउटै प्रकारको चार्जर प्रयोग हुने व्यवस्था विश्वभरी गर्न दवाव दिएको छ। संघको यस दवावले विश्वभरी धेरै प्रयोग भएको…