अस्ट्रेलिया डढेलो : कस्तो थियो कस्तो भयो, तस्विरमा हेर्नुस डढेलोपछिको अस्ट्रेलिया

सायदै पहिलो पटक होला स्ट्रेलियामा लागेको डढेलोबाट उत्पन्न धुँवा दक्षिण अ‍मरिकी मुलुकसम्म पुगेको। क्षति कति भयो  कुनै हिसाब छैन। पानीको हाहाकार भएर तिर्खाएका उँट बचाउन नसकिने स्थानीय साकारले बताईसकेको छ। अधिकारीहरू दिएको जानकारीअनुसार अस्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ।

‘यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरू देखिन थालेका छन्,’ उरुग्वेको मौसम विज्ञान विभागद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

 

अस्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरूमा समेत असर पारेको छ। विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका सञ्चार माध्यमलाई दिएको जानकारीअनुसार अस्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदूषित गरेको छ।

उनले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पारे। अस्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुँदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उनले बताए।

गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अस्ट्रेलियामा अहिले पनि जारी छ। आगलागीका कारण कम्तीमा २५ जनाको मृ ‘त्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ।

वायु प्रदुषण भएपछि लाखौं मास्क वितरण गरिँदै

लगातारको डढेलोका कारण वातावरण अत्यन्तै प्रदुषित भएपछि अस्ट्रेलियाली केन्द्र सरकारले लाखौं मास्क वितरण सुरु गरेको छ । अहिले राजधानी क्यानबेराको वायु १० गुणा बढीले प्रदुषित भएको छ भने न्यु साउथ वेल्स, भिक्टोरिया लगायतका केही क्षेत्रको वायुसमेत प्रदुषित बनेको छ । यो गत अगस्टमा क्युबाको अमेजन जंगलमा लागेको आगलागीले पुर्‍याएको क्षतिभन्दा दोब्बर हो।

अस्ट्रेलियाको स्वास्थ्य मन्त्रालयद्वारा जारी गरिएको विज्ञप्तिमा भिक्टोरियामा लागिरहेको आगलागीका कारण प्रभावितहरुलाई ४ लाख ५३ हजार फेस मास्क प्रदान गरिएको उल्लेख गरिएको छ। स्वास्थ्यमन्त्री ग्रेग हन्टले जारी गरेको उक्त विज्ञप्तिमा मास्क मुख्य गरेर आगलागी नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका व्यक्तिहरु र डढेलोका कारण प्रत्यक्ष प्रभावितहरुलाई वितरण गरिनेछ।

सरकारद्वारा प्रदान गरिएको मास्क पि–२ अर्थात एन ९५ मास्क जसले प्रदुषित हावामा भएको अत्यन्तै साना पदार्थहरुलाई छान्न सक्ने क्षमता राख्दछ। यो मास्कले डढेलोबाट उत्पन्न धुवाँले प्रदुषित बनाएको वायुलाई सास फेर्ने क्रममा सहयोग पुर्‍याउने बताइएको छ। स्वास्थ्यमन्त्री हन्टले केन्द्र सरकारको डढेलोबाट प्रभावितहरुलाई सहयोग गर्ने नीति अनुरुप मास्कहरु उपलब्ध गराइएको बताएका छन्।

यसैगरी क्यानबेरामासमेत केन्द्र सरकारले १ लाख यस्तै मास्कहरु वितरण गर्ने भएको छ। विगत दुई सातादेखि क्यानेराको वायु अत्यन्तै प्रदुषित रहेका कारण आगलागी नियन्त्रणका लागि अग्रपंक्तिमा काम गरिरहेका र उच्च जोखिममा रहेका सर्वसाधारणलाई वितरण गरिने बताइएको छ। सिड्नी, मेलबर्न, क्यानबेरा लगायतको वायु प्रदुषण भएपछि बजारमा मास्कको अभाव भएको समाचारमाध्यमहरुले उल्लेख गरेका छन्।

भर्खरै प्रकाशित

चौधरी ग्रुपले तिर्‍यो १४ अर्ब २८ करोड कर

काठमाडौँ । व्यावसायिक घराना चौधरी ग्रुपले आर्थिक वर्ष २०७७/७८ मा सरकारलाई १४ अर्ब २८ करोड रुपैयाँ कर तिरेको बताएको छ । उक्त आवमा सरकारले संकलन गरेको…

कतारकी राजकुमारी शेखा आस्मा अल थानीले मनास्लुको शिखर चुमिन्

गोरखा । कतारी राजकुमारी शेखा आस्मा अल थानीले विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी छिन् । सोमबार बिहान साँढे १० बजे राजकुमारी शेखाले ८,१६३…

बुद्ध एयरमा किन दोहोरिरहेको छ प्राविधिक समस्या ?

काठमाडौं । चालक दलका चार सदस्यसहित ७७ जना लिएर त्रिभुवन विमानस्थलबाट उडेको बुद्ध एयरको जहाज विराटनगरमा अवतरण नगरी फर्कियो । सुरुमा त यात्रुहरु खासै डराएका…

म ‘बाहुन’ भएर होइन, क्रान्तिकारी भएर मर्न चाहान्छु : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षे जनयुद्धमा दलित समुदायको मुद्दा उठाएकै कारण अन्य पार्टीका नेताहरुले आफुलाई ‘दलित’को व्यबहार…

एमाले सांसदहरुले तत्काल राजीनामा दिनुपर्छ : बाबुराम भट्टराई

सत्ता साझेदार जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई पदबाट राजीनामा दिन चुनौति दिएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले संसदलाई…