अब आमाबुवाको हेरचाह नगर्ने सन्तानले ‘अंश’ नपाउने

काठमाडौं : आमाबुवालाई नपाल्ने सन्तानले ‘अंश’ नपाउने प्रावधानसहितको विधेयक संसदीय समितिबाट पारित भएको छ। संसदको महिला तथा सामाजिक समितिले आइतबार ज्येष्ठ नागरिक सम्बन्धी ऐन संशोधन विधेयक पारित गरेको हो।

दफा ४ को उपदफा ५ मा उक्त प्रावधान राखिएको छ। ‘पालनपोषण नगरिएका वा अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकको अंशभाग भएमा स्थानीय तहले आफ्नो स्वामित्वमा ल्याई निजको हकहितका लागि परिचालन गर्नेछ’, माथि भनिएको छ, ‘यस दफामा अन्यत्र जुनसुकै लेखिएको भएता पनि स्थानीय तहले ज्येष्ठ नागरिककको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेको वा पालनपोषण तथा हेरचाह गर्ने अन्य हकवाला वा नातेदार नभई अलपत्र अवस्थामा रहेका ज्येष्ठ नागरिकलाई हेरचाह केन्द्रमा राखी पालनपोषण तथा हेरचाह गर्ने व्यवस्था मिलाउनु पर्नेछ।’

अनिवार्य १० प्रतिशत रकम जम्मा गर्नुपर्ने प्रावधान भने विधयेकबाट हटाइएको छ। तर, जेष्ठ नागरिकको दैनिकीमा समस्या देखिएमा आवश्यक हुने रकम सन्तानबाट लिई स्थानीय तहले जेष्ठ नागरिकको हेरचाहका गर्ने प्रावधान विधेयकमा राखिएको छ।

विधेयकमा जेष्ठ नागरिकका सन्तान अथवा हकवालाको आर्थिक आम्दानी वा हैसियत अनुसार निश्चित रकम मासिक रुपमा जेष्ठ नागरिकको खातामा जम्मा गराउन सक्ने प्रावधान भने विधेयक राखिएको छ। तर, यो प्रावधान बाध्यकारी भने छैन।

अर्कोतर्फ आमाबुवाले पालनपोषण नगरेका सन्तान भने ती आमाबुवालाई पाल्न बाध्यकारी नहुने प्रावधानसमेत विधेयकमा छ। दफा ४ को उपदफा १३ मा यो प्रावधान राखिएको छ।

‘जुनसुकै कारणले सन्तानलाई पालनपोषण, हेरचाह, शिक्षा प्रदान नगरिएका वा उचित अभिभावकत्व नदिइएका, घर परिवारबाट निकालागरी खान पाउन नदिइ हुर्केका सन्तानलाई ज्येष्ठ नागरिक बाबुआमालाई पालनपोषण गर्न, गराउन स्थानीय तहले बाध्य पर्न सक्ने छैन’, उक्त प्रावधानमा भनिएको छ।

भर्खरै प्रकाशित

कालो धन ल्याउन दिँदैनौं, यसले विपत्ति ल्याउँछ : ओली

१२ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले बजेटमार्फत कालोधनलाई सेतो बनाउन खोजेको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रमुख सञ्चार माध्यमका…

पाकिस्तान फर्किएपछि अफ्रिदीले भने– ‘नेपालमा रहँदा घरजस्तै महसुस भयाे’

काठमाण्डाै – एभरेस्ट प्रिमियर लिग ईपीएल खेल्न नेपाल आएका पाकिस्तान क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदी पाकिस्तान फर्किसकेका छन् । पाकिस्तान फर्किएपछि सामाजिक सञ्जालमा ट्वीट गर्दै…

माओवादी नेता पुनलाई उपचार गर्न बैंकक लगिने

१२ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्तलाई उपचारका लागि थाइल्याण्डको बैंकक लगिने भएको छ । उनलाई बुधबार बिहान बैंकक लगिने पारिवारिक…

ल्यान्डिङ गियरमा समस्या देखिएको बुद्ध एयरले जहाज उड्यो, जाँच गर्दा…

काठमाडौँ । ल्यान्डिङ गियरमा समस्या देखिएपछि सोमबार विराटनगर अवतरण नगरी काठमाडौं फर्केको बुद्ध एयरले एटीआर ‘अल्फा नोभेम्बर इन्डिया’ जहाज प्राविधिकहरुले जाँचेपछि उडाउन सुरु गरेको छ…

अमेरिकाले रुसी हतियार खरिद नगर्नू भनेपछि टर्कीको जवाफः आन्तरिक मामिलामा…

अमेरिकाले टर्कीलाई स्पष्ट रुपमा रुसबाट कुनै पनि हतियार खरिद नगर्न भनेपछि टर्की अमेरिकासँग रुष्ट भएको छ। हालै टर्कीका राष्ट्रपति रेसेप ताइप एर्दोआनले आफ्नो देशलाई अर्को…