अमेरिकी सैन्य अड्डामा मिसाइल प्रहार पश्चात डोनाल्ड ट्रम्पले गरे इरान विरुद्ध यस्तो घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका इरानसँगको थप तनावको पक्षमा नरहेको संकेत गरेका छन् । ट्रम्पले इरानमाथि थप सैन्य कार बाहीको घोषणा गर्ने अनुमान भइरहेको बेला अहिले इरान पछि हटेको र याे सबै पक्षका लागि राम्रो र संसारका लागि झनै राम्रो भएको बताएका हुन् ।

गएराती इरानले इराकमा रहेका दुई अमेरिकी सैन्य शिविरमा २२ मिसाइल प्र हार गरेपछि मंगलबार राष्ट्रका नाममा गरेको सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरान यतिबेला गलेको र थप तनाव नचाहेको जस्तो देखिएको बताए ।

गत शुक्रबार अमेरिकी ड्रोन आ क्रमणमा परेर सैनिक कमान्डर कासिम सुलेमानी मारिएको थियो । जवाफमा इरानले मंगलबार राति इराकस्थित दुई अमेरिकी सैन्य अखडामा दर्जनभन्दा बढी मिसाइल ह म ला गरेपछि द्व न्द्व चर्किएको थियो । यो तनावपछि राष्ट्रपति ट्रम्पको यो पहिलो आधिकारिक सम्बोधन हो ।

राष्ट्रपति ट्रम्पले इरानमाथि थप सैन्य कार बाहीको घोषणा गर्ने अनुमान भइरहेको बेला उनले सम्बोधनमा भनेका छन्,‘अमेरिकी सेना सबैखाले परिस्थितीसँग जुँध्न तयार छ तर इरान यु द्धको मानसिकता छाडेको जस्तो देखिएको छ ।’

राष्ट्रपति ट्रम्पले इरानसँग अहिले देखिएको समस्याको शान्तिपूर्ण समाधानका लागि आफू तयार रहेको बताए । तर, इरानलाई आणविक हति यार विकास गर्न कुनै पनि हालतमा नदिने बताए । उनले भने, ‘म राष्ट्रपति भएसम्म इरानलाई कुनै पनि हालतमा पनि आणविक हतियार राख्ने अनुमति दिइने छैन ।’

इरानले गरेको आक्र म णमा अमेरिकाका कुनैपनि सैनिकको हता हत नभएको उनले बताए । ‘अमेरिकी सैनिक अड्डामा केही सामान्य क्षति भयो। तर कोही हताहत भएनन्,’ उनले भने। आफूले चाहेको खण्डमा इरानलाई समाप्त गर्ने क्षमता भएको बताउँदै अमेरिकी राष्ट्रपतिले आफूले सो गर्न नचाहेको र अहिलेको समस्या समाप्त गर्न चाहेको बताएका छन् ।

ट्रम्पले गत साता अमेरिकी कार बाहीका क्रममा मा रिए  का इरानी सैन्य कमाण्डर सुलेमानी ‘विश्वकै शीर्ष आ तंककारी’ भएको बताएका छन् । उनले भने, ‘उनले आतं ककारी सेनालाई तालिम दिने र यु द्धमा पठाउने काम गर्थे । उनले हजारौं अमेरिकी सेनाको ह  त्या गरेको र घाइते पारेका थिए । यससँगै उनले सडक छेउमा बम राख्‍ने कामसमेत गर्थे ।’ इरानी सैनिक कमान्डर सुलेमानीलाई पहिले नै मा रिनुपर्ने पनि उनले बताए।

सम्बोधनमा उनले अमेरिकालाई मध्यपूर्वको तेल आवश्यक नभएको पनि तर्क गरे । अमेरिका अहिले इन्धन र ग्यास उत्पादनमा विश्वकै नम्बर १ उत्पादक रहेको बताउँदै इरानविरुद्धको यो कारवाही तेलका लागि नभएको जिकिरसमेत गरे ।

उनले इरानी जनतालाई सन्देश दिँदैहरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भावको कामना समेत गरे । भने, ‘इरानी जनता र नेताहरु तपाईंहरुको भविष्य छ, राम्रो भविष्य छ र त्यो तपाईंले पाउनुपर्छ । हरेक घरमा समृद्धि र संसारका राष्ट्रहरुसँग सद्भाव होस् भन्‍ने चाहन्छौं ।’

भर्खरै प्रकाशित

बाख्रा खोरमा रातभरी बाघ, दशैंलाई पालिएका ७ खसीसहित २१ बाख्रा…

११ असोज, काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका–५ सन्तोषी टोलमा व्यवसायीक फर्ममा पसेर बाघले २१ बाख्रा मा’रेको छ । व्यवसायी चन्द्रकान्त पौडेलको फर्ममा आइतबार राति १०…

पाकिस्तानमा नेपाली टोलीलाई क्रिकेट खेलाउन पहल गर्छु : शाहिद अफ्रिदी

काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा…

दशैं नजिकिदै गर्दा चीनबाट नेपालमाथि नाकाबन्दीको जस्तै व्यवहार, नाकामा चीनको…

काठमाडौं, १० असोज । दशैं नजिकिदै गर्दा चीनसँगको मुख्य नाकाहरुमा चीनले अवरोध सृजना गरेको छ । चीनबाट आयातमा अवरोध यथावत् छ । निर्यात झन् ठप्प…

कुलमानको पुनरागमनले पनि समाधान भएन विद्युतको समस्या, समस्या उस्तै

ऊर्जाको सम्भावनाका लागि कर्णाली धनी प्रदेश मानिन्छ । तर, यो प्रदेशमा अहिलेसम्म विद्युत उत्पादन क्षमता ३ मेगावाटमात्रै छ । उत्पादन क्षमता बढाउनु त परको कुरा…

गुल्मीमा गोकर्ण विष्टसँग रामकुमारी झाक्रीको चुनावी प्रतिस्पर्धा हुने

नेकपा एकीकृत समाजवादी पार्टीकी सचिव रामकुमारी झाक्रीले आगामी निर्वाचनमा गुल्मीबाट प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार हुने घोषणा गरेकी छन् । झाक्री गुल्मी क्षेत्र नम्बर २ बाट…