५५ अर्बमा देश बेच्न सकिँदैन : देवेन्द्र पौडेल

अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को चर्चा गर्नु पहिले इण्डो–प्यासिफिक रणनीति बुझ्न आवश्यक छ। इण्डो–प्यासिफिक (आइपिएस) लाई अमेरिकाले बेल्ट एण्ड रोड इनिसेटिभ (बिआरआइ) को प्रभावलाई रोक्न बनाइएको रणनीति हो ।

बिआरआई विश्व मानव हितका लागि चीनले जल, स्थल र हवाई तीनै ठाउँबाट मानव सम्बन्ध स्थापित गर्नेे उदेश्यले बनाएको एक बृहत सञ्जाल हो। यो मानव जातिको भावनासँग सम्बन्धित रहेको छ।

यही प्रायद्वीपको प्रभावलाई रोक्ने मनसायले २०१७ अमेरिकाल इण्डो–प्यासिफिक रणनीति विकसित गर्‍यो। बिआरआइको डकुमेन्ट हेर्ने हो भने अमेरिकाले बिआरआइलाई प्रष्ट रुपमा ‘रिभिजनिष्ट’ भनेको छ।

उसले उत्तर कोरिया, चाइना र सिरियालाई ‘रिभिजनिष्ट’ हो भनेको छ। हामी मार्क्सवादीले यसलाई संशोधनवाद भन्थ्यौं। तर उनीहरुले ‘रिएक्सनरी’ भन्दोरहेछ। यस अर्थ बिआरआइको काउन्टरमा आइपिएस आएको प्रष्ट हुन्छ। एमसीसी उनीहरुले छुट्टै आर्थिक कारोबार हो भनेका छन्। आर्थिक मात्र कार्यक्रम हो भने लिन हुन्छ।

इन्डोप्यासेफिक रणनीतिअन्तर्गत आएको कार्यक्रमलाई आर्थिक प्रलोभनमा फस्यो भने नेपालको राष्ट्रियता धरापमा पर्छ। यो कुनै हालतमा स्वीकार्न हुँदैन। आर्थिक सहयोग त जोसँग पनि लिन सकिन्छ।

विश्व बैंक, एशियाली विकास बैंकबाट पनि हामीले लिइरहेका छौं। हाम्रो भनाइ के हो भने सम्झौता गर्दैगर्दा अमेरिकाले शर्त राख्नु भएन। बिनाशर्त अमेरिकाले प्रशारण लाइन, यहाँको भौतिक पूर्वाधार विकासका लागि पैसा दिन्छ भने हामीले स्वीकार्न सक्छौं।

आर्थिक सहयोग लिनै हुँदैन भनेर हामीले भनेका छैनौं। तर, शर्त राखेर देशको सार्वभौमिकतालाई ५५ अर्ब रुपैयाँमा लिलामी गर्न सकिँदैन।

त्यसकारण सरकारले एकपटक स्वंय अमेरिकी अधिकारीसँग भेटेर यस विषयमा प्रष्ट हुन जरुरी छ। प्रष्ट रुपमा सरकारले एमसीसी छुट्टै कार्यक्रम भए कार्यान्वयन गर्ने नभए कार्यान्वयन गर्न नसकिने धारणा राख्नुपर्छ।

हामी बिआरआइको सदस्य राष्ट्र भएको नाताले बिआरआइलाई रोक्ने हिसाबले ल्याएको कार्यक्रमलाई स्वीकार्न सकिन्न। हामी इण्डो–प्यासिफिक रणनीतिको सदस्य बन्न सक्दैनौं। बिआरआइको प्रायदिपलाई रोक्ने हिसाबले आएको रणनीतिमा हामी सहभागी हुन सक्दैनौं।

भर्खरै प्रकाशित

चर्चित पत्रकार अजयबाबु शिवाकोटी प्रवल जनसेवाश्रीबाट सम्मानित

काठमाडौं । हाम्राकुरा डट कमका प्रधानसम्पादक अजयबाबु शिवाकोटीलाई सरकारले प्रवल जनसेवा श्री मानपदवीबाट सम्मानित गर्ने भएको छ । संविधान दिवसको अवसरमा सरकारले शिवाकोटीलाई प्रवल जनसेवा…

गायिका विष्णु माझीलाई ‘प्रसिद्ध प्रबल जनसेवाश्री पदक’

काठमाण्डाै । अहिले निकै चर्चामा रहेकी लोक दोहोरी गायिका विष्णु माझीले प्रसिद्ध प्रबल जनसेवाश्री पदक पाउने हुनु भएको छ । संविधान दिवसका अवसरमा गायिका विष्णु…

कृष्णाले खराब बुहारी भित्र्याएसँगै समस्या सुरु भो

गोबिन्दा र कृष्णा अभिषेकको परिवारबीचको खटपटले अब सीमा नाघिसकेको छ । अब गोबिन्दाकी श्रीमती सुनिताले कृष्णा अभिषेककी श्रीमती कश्मीरा शाहमाथि निशाना साँधेकी छिन् । उनले…

मनसुन कमजोर बनेसँगै चिसो बढ्यो

काठमाण्डाै – केही दिनयता बिहान र बेलुका चिसो अलिअलि बढ्न थालेको छ । दिउँसो मलिनो घाम लाग्ने र बिहान बेलुका पातलो कुहिरो लाग्ने गरेकाले चिसो…

परिमार्जन नभएसम्म एमसीसी पारित हुँदैन: प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले परिमार्जन बिना एमसीसी सम्झौता पास गर्न नसकिने बताएका छन् । एमसीसीबारे दलैपिच्छे फरक फरक धारणा आइरहेका बेला प्रचण्डले…